November 26, 2020, Thursday

भारतको लोकसभामा कसले कति सिट ल्याए ?

एनडीए गठबन्धनमा रहेका अन्य दलमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड (जेडीयू) ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले २, २ सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक, एक सिट जितेका छन् । त्यसैगरी भाजपा समर्थन रहेका एक स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षी गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस नेतृत्वको यूपीए गठबन्धन कुल ८७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी) ले ५, इन्डियन युनियन मुस्लिम लिगले ३ सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस (एम केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके) ले एक, एक सिटमा जित हासिल गरेका छन् । देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । गत बिहीबार बिहानदेखि मतगणना सुरु भएको थियो ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७६ जेष्ठ १४, ०७: ३०: ०८

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७६ जेष्ठ १४, ०७: ३०: ०८

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७६ जेष्ठ १४, ०७: ३०: ०८

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP