May 14, 2021, Friday

रहेनन् उद्यमी जबरा

काठमाडौं । ढाडको शल्यक्रिया गरेर अमेरिकामा रहेका प्रभाकर शमशेर जबराको ८४ वर्षको उमेरमा जेठ १७ बिहान ३ बजे अमेरिकाको न्यूयोर्कमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

सोल्टी ग्रुपको चेयरम्यान इमिरेट्स रहेका जबराले सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल लगायत व्यापारिक प्रतिष्ठान सञ्चालन गर्नुका साथै चिया र जलविद्युत्मा पनि लगानी रहेको छ । सम्पन्न राणा घरानाबाट व्यावसायिक क्षेत्रमा आएका प्रभाकर शमशेर पाटा नेपाल च्याप्टरका संस्थापक अध्यक्ष थिए ।

होटल एशोसिएसन अफ नेपाल, नेपाल हेरिटेज फाउण्डेसन, नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र अमेरिकन हिमालयन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष पनि हुन् ।

जबरा राणा परिवारबाट व्यावसायिक क्षेत्रमा आउने पहिलो पुस्ताका उद्यमी हुन् । जबराको अमेरिकामै अन्त्येष्टि गरिने छ । उनका एक छोरा सिद्धार्थ शमशेर एक छोरी माया राणा छन् । छोरा सिद्धार्थ पारिवारिक व्यावसायिक विरासत हाँकिरहेका छन् भने छोरी माया अमेरिकामा बस्दै आएकी छिन् ।

जबराको जन्म २६ नोभेम्बर १९३५ मा सिंहदरबारमा भएको थियो । उनी पहिलो प्रहरी महानिरीक्षक नरशमशेर जबराका छोरा हुन् । प्रभाकर शमशेरका दुई दिदीहरू प्रिन्सेप र हेलेनको राजा महेन्द्रका भाइहरू क्रमशः हिमालय र वसुन्धरासँग विवाह भएको थियो ।

सन् १९६५ मा स्थापना गरेको होटल सोल्टी नेपालको पहिलो पाँचतारे होटल हो । २५ नोभेम्बर १९६६ मा राजा महेन्द्रले उद्घाटन गरेको उक्त होटलले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याएको छ ।

होटल एशोसिएसन अफ नेपालले आफ्ना संस्थापकको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । संघकी अध्यक्ष सृजना राणाले प्रभाकर शमशेरको निधनले देशले ठूला उद्यमी र व्यावसायिक श्रष्टा गुमाएको बताइन् । उहाँको निधनले पर्यटन व्यवसाय र संरक्षण क्षेत्रको टावरिङ पर्सनालिटी गुमेको छ ।

स्वर्गीय प्रभाकर शमशेरले सुविख्यात त्रिशक्ति पट्ट (२००१), प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (सन् १९९६), गौरवमय सुप्रदीप्त वीरेन्द्र प्रजातन्त्र भाष्कर (२००२) लगायत राष्ट्रिय सम्मान प्राप्त गरेका थिए । त्यस्तै, उनले इटलीको विश्व सांस्कृतिक पुरस्कार (सन् १९८५),अफिसर अफ द मस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस इम्पायर (१९८७) लगायत अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार पाएका थिए ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७६ जेष्ठ १७, ०९: ४८: ०२

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७६ जेष्ठ १७, ०९: ४८: ०२

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७६ जेष्ठ १७, ०९: ४८: ०२

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP