November 24, 2020, Tuesday

कांग्रेसको महाधिवेशन ७७ मा पनि नहुने संकेत

केदार सुवेदी
यो साता

नेपाली कांग्रेसको विधानको दफा ३५ को २ (घ) मा ‘कांग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा १ वर्ष अगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमिति गठन गरिनेछ’ भन्ने उल्लेख छ । विधानअनुसार केन्द्रीय महाधिवेशन अवको ९ महिनापछि गर्नुपर्ने हुन्छ भने स्थानीय संरचनाका अधिवेशन विधानको यो प्रावधान अनुसार आजभन्दा तीन महिना अगावै सक्नुपर्ने थियो ।

केन्द्रीय कार्यसमितिले समय नथप्दासम्म आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने हुन्छ, त्यसका लागि स्थानीय तहको अधिवेशन भइसक्नुपर्ने हो, तर कुनै तहका अधिवेशनकाबारे यति बेलासम्म चासो देखिइएको छै्रन । विधानको यो प्रावधानले आजको मितिबाट गणना गर्ने हो भने ७७ जेठसम्म सम्भव भएन । आउदो पुुससम्म त जागरण अभियाननै छ ।

यो चालुवर्ष कांग्रेसको विधानतः महाधिवेशन वर्ष हो । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि ४ वर्षको हुनेछ भन्ने कुराले त्यही बुझाउछ । असाधारण स्थिति भए केन्द्रीय कार्यसमितिले कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था विधानमा छ । तर, संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा थप ६ महिना थप्न सक्ने प्रावधान छ । केन्द्रीय कार्यसमितिले कति समय बढाउने भन्ने निर्णय गरेको छैन ।

२०७२ फागुनमा सम्पन्न १३ औं अधिवेनको कार्यकाल गएको पाmगुनबाट चारवर्षमा प्रवेश गरेको हो । यो जेठ महिना त्यही चौथो वर्षको तेस्रो महिना हो । यो महिनामा जेजति काम हुनुपर्ने थिए, ती महाधिवेशनलाई केन्द्रित भएर गर्नृृुृ पर्ने थियो तर घोषणाभयो महाधिवेशनसंग असम्वन्धित जागरण आभियान । जागरण आवश्यक थिएन भन्न खोजिएको होइन । तर पहिले केको आवश्यकता थियोभन्ने नै निर्धारण नभएको आवस्था हो यो ।

यही महाधिवेशनको वर्षमा धेरै ठूलो तामझामका साथ सुरु गरिएको यो दलको राष्ट्रिय जागरण अभियानको पहिलो चरण कुनै नयाँ सन्देश दिए विनानै सम्पन्न भयो । जिल्ला स्तरको पहिलो चरणनै यस्तो भयो भने स्वाभाविक छ बाँकी दोस्रो र तेस्रो चरण पनि यो भन्दा झन गुमनाम हुने छन । कम्तीमा जिल्लामा त कार्यक्रम सञ्चालन गर्ने र त्यसको स्वामित्व लिने कमिटि थियो ।

अव यसपछि प्रदेश र स्थानीयमा कुनै संस्थागत संरचना छैनन । त्यस्तो बेला यस्ता कार्यक्रम केन्द्रबाटनै निर्देशित हुनुपर्नेहुन्छ र यस्तो अवस्थामा केन्द्रिय प्रतिनिधि फर्किए सगंै अभियानको अवशेष पनि सकिनेछ । त्यसैकारण होला जहाँतहीबाट पहिले पार्टीका संरचना बनाउन सुझाव आएका थिए तर त्यसको पालना भएन ।

महाधिवेशन टार्ने अभियान
यो अभियान गएको बैशाखमा तय भएको हो महाधिवेशन वर्षको दोस्रो महिनामा । त्यसैभएर होला होला सुरुमै पनि यो अभियानलाई महाधिवेशन टार्ने बहानाको कार्यकमका रुपमा हेरिएको थियो । पहिलो चरणको कार्यक्रमले त्यसलाइ पुष्टीनै ग¥यो । बैशाखदेखि पुससम्मका लागि तयभएको यो कार्यक्रमको पहिलो चरण जेठ २५ मा सम्पन्न भयो ।

यो चरणलेनै देखायो यो केवल कार्यक्रम गरेको भनी संगठन विस्तार, महाधिवेशनका लागि नग िरनहुने काम छल्नका लागि थियो । यो चरणमानै कार्यकर्ताहरुले विधानअनुसारका संरचना खोजे तर नेतृत्वले यो अभियान पछि भन्दै टार्दै आयो फलस्वरुप यो चरणको कार्यक्रमको स्वामित्व लिने कोही पनि फेला परेनन । त्यसले कायक्रमलाई आफै फासफुस बनायो । स्वाभाविक छ दोस्रो चरण पनि यसरीनै वित्ने छ । त्यही बीचमा तेस्रो.चरण आइपर्ने छ ।

तेस्रो चरण सम्पन्न हुँदा तेह्रौं महाधिवेशनको चौथो वर्ष समाप्त हुने छ र त्यसपछिको काम भनेको यो कार्यकाल लम्व्याउनु हुनेछ । चौधौं महाधिवेशन सम्पन्न गरिसकनु पनेृ ।समय भनेको यो वषृको फागुनसम्म मात्र हो । पुस १६ सम्म जागरणको नामले नै समय खाएपछि यो फागुनमा त्यस्तो महाधिवेशन गर्न सम्भव नै हुँदैन । नेतृत्वले चाहेर पनि बाँकी रहेको डेढ महिनामा यस्तोका सम्पन्न गर्न सकिँदैन प्राविधिक रुपले पनि । अकोृ तर्फ विधानले एक वर्षअघिनै गठन गर्नुपर्ने निकायको व्यवस्था गरेको छ  ।

आठ तहका संस्था
समयमै अधिवेशन गर्न नसक्दा कांग्रेसका स्थानीय तहका संरचना तदर्थ मा परिणत भएका अवस्था छ । कांग्रेसले संघीय व्यवस्थाको नयाँ ढाँचाअनुसार पार्टीको संगठनात्मक संरचना पनि बनाउन सकेको छैन । टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचना छन् । बुथ, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश कार्यसमिति गठन हुन सकेको छैन ।

पुराना संरचनाको समायोजन भएको छैन । समायोजन नहुँदा एउटै वडा, गाउँ, नगरपालिका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुईभन्दा बढी अध्यक्ष छन् । स्थानीय तह पुनर्संरचना हुँदा पूरै गाविस प्रायः एउटा वडा बनेको छ । महानगर, उपमहानगर र निर्वाचन क्षेत्र त्यसरी नै समायोजन भएका छन् । पार्टी संरचना भने पुरानै छन् । एउटै समितिमा एकभन्दा बढी अध्यक्ष भएकाले अधिकांश स्थानीय तहका संरचना विवादित छन् । पार्टीको नयाँ विधानअनुसार पुराना संरचनाको म्यादसमेत गुज्रिसकेको छ । नयाँ अधिवेशनको तयारी भएको छैन ।

केन्द्रीय कार्यसमितिले समय नथप्दासम्म आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने हुन्छ, त्यसका लागि स्थानीय तहको अधिवेशन भइसक्नुपर्ने हो, तर पार्टी नेतृत्वलाई अधिवेशनको चासो रहेको देखिएन । स्वाभाविक छ अधिवेशनमा जति ढिलाइ हुन्छ, पार्टीको संगठन त्यत्ति नै धराशायी हुन्छ । सस्थापन पक्षका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको व्यवस्थाअनुसार थप डेढ वर्षको कार्यकाल थप्ने अनौपचारिक सहमति भएको दाबी गरेका छन यो बचिमा ।

त्यसैका आधारमा उनले केन्द्रीय महाधिवेशन सुरु हुनु एक वर्षअघि स्थानीय तहको अधिवेशन हुने बताए । ‘संविधानअनुसार कार्यकाल डेढ वर्ष थप हुने सहमतिका आधारमा अघि बढेका हौं, अन्तरिम व्यवस्थाअनुसार स्थानीय तहको संरचना बनाएपछि अधिवेशन गर्ने तयारी हो,’ लेखकले भने, ‘यसो गर्दा सबै काम विधानअनुसार अघि बढ्छ ।’ लेखको यो भनाइले नै प्रष्टपार्छ कांग्रेसको महाधिवेशन ७७ मा पनि हुने छैन । केन्द्रीय कार्यसमितिले कति समय बढाउने भन्ने निर्णय गरेको छैन । आउदो फागुन देखि केन्द्रिय समिति पनि तदर्थमा परिणत हुनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समयअघि ०७६ फागुनभित्रै केन्द्रीय महाधिवेशन गर्ने गरी अधिवेशनको तालिका बनाउन केन्द्रीय कार्यसमितिमा प्रस्ताव लगेका थिए । ‘पार्टी कमजोर होस हामी कुर्सीमा बसिराखौं भन्ने भावनाले नेतृत्व तह अघि बढेको छ । अधिवेशनको सुरुवातको कामसमेत भएको छैन । उहाँहरू (सभापतिसहितको संस्थापन पक्ष) अधिवेशन अहिल्यै सुरु गर्न चाहनुहुन्न,’ केन्द्रिय सदस्य डा. शेखर ककोइरालाले भने, ‘जागरण अभियानमा जाँदासमेत कार्यकर्ताहरू हामीलाई होइन, तपाईंहरूलाई पहिला जागरण चाहिएको छ भन्छन् । विधान पालना भएन, पार्टी तदर्थवादमा चल्यो भन्छन् । अहिले त स्थानीय तहमा तदर्थवाद होइन, पार्टीका संरचना नै छैन भने पनि हुन्छ ।’

केन्द्रीय कार्यसमितिले अधिवेशनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्नेबाहेक अन्य तयारी अघि बढाएको छैन । समितिलाई केन्द्रीय कार्यसमितिले मतदाताको नामावली उपलब्ध गराइसकेपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढ्छ । त्यसका लागि क्रियाशील सदस्यताको नवीकरण र वितरण अधिवेशनको सुरुवाती चरण हो ।

त्यो सम्म पनि हुन सकेको छैन । सिंगो पार्टी तदर्थवादमा चल्दा पनि केन्द्रीय सदस्यहरू मुखमा ताल्चा लगाएर बसेको कोइरालाको गुनासो छ । ‘भ्रातृ संस्थाहरू वर्षौंदेखि तदर्थवादमै छन् । पार्टीका तल्ला तहका सबै संरचनाको हबिगत त्यस्तै छ । नेविसंघ विघटन भएको चार महिना भयो, तदर्थ समितिसमेत बन्न सकेको छैन, यसले पार्टीको फ्याक्ट्री नै सुकेको छ,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘फ्याक्ट्री बन्द गरेपछि पार्टीको भविष्य कहाँ रहन्छ ?’ वास्तवमानै यतिखेरको कांग्रेसको अवस्था यही हो ।

पार्टीको जागरण अभियान सकिएपछि महाधिवेशनको क्यालेन्डर सार्वजनिक गर्न नेतृत्वलाई दबाब दिने वताएको छ वैशाख २५ मा सुरु भएको पहिलो चरणको एकमहिने जागरण अभियान जेठ २५ मा सकियो । ‘जागरण अभियान सकिएपछि हामी अधिवेशनका लागि नेतृत्वलाई दबाब दिन्छौं, पार्टीको विधानभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउनु हुन्न,’ अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी विधानअनुसार एक वर्षको कार्यकाल बढाए पनि स्थानीय तहको अधिवेशनको प्रक्रिया अब सुरु गर्नुपर्छ । अहिले सुरु गर्न सके ६ महिनामा अधिवेशन गर्न सकिन्छ ।’

गुम्दै अवसर
यस्तो चर्चा चल्दाचल्दै पूर्व घोषित दोे चरणको कार्यक्रम सुरु हुन्छ । यो अभियानकै क्रमकमा खाली भएका संरचनाहरलाई खडागर्न खोजिएको भए त्यो राम्रो अवसर थियो । त्यसैपनि कांग्रेसमाथि संगठनमा केन्द्रीयता हाविरहेको दल मानिन्छ । देश संघीय संरचनामा गएको चार वर्ष बित्दा पनि कांग्रेस पुरानै ढाँचामा छ ।

यो ढाचा फेर्न महासधिवेशनले वाध्य पारेको अवस्था सेमत चुक्दैछ । संविधानले संघीयता स्वीका¥यो तर कांग्रेसले कहिले संघीयता स्वीकार्छ ? आफ्ना संरचना कहिले संघीय प्रणालीअनुरूप बदल्छ ? १६ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको संघीयता कार्यान्वयनका चुनौती विषयक अन्तक्र्रियामा कांग्रेस एक शुभेच्छुक गोकर्ण बन्जाडेले यस्तो प्रश्न गरेका थिए ।

प्रश्न बन्जाडेको मात्रै थिएन, मञ्चमा आसीन सभापति शेरबहादुर देउवालाई नेतृ एवं उनकै पत्नी आरजु राणाले पनि जनतालाई संघीयता बुझाउन नसकेको, पार्टीले नै कार्यान्वयन गर्न अलमल गरेको भन्ने आरोप लगाइन । जवाफ दिने क्रममा देउवाले कांग्रेस संघीयताबाट पछाडि नफर्किने त बताए तर संघीयताअनुरूप पार्टीका संरचना कहिले गठन गर्ने भन्ने खुलाएनन् । यो भनेको ओठे जवाफमात्र हो जसमा कुनै प्राण हुदैन ।

संघीयताअनुसार सात प्रदेश समिति गठन, प्रदेश निर्वाचन क्षेत्रीय समिति, बुथ समिति, क्षेत्रीय समिति २४० बाट १६५ बनाउनुपर्ने सहितका संरचना गठन गर्नुपर्ने छ । संविधान जारी भएपछि १३औँ महाधिवेशन गर्दासमेत कांग्रेसले आफ्ना पार्टी संरचनालाई संघीय संरचनामा बदलेको थिएन । संविधान जारी भएको तीन वर्ष दुई महिनापछि बल्ल महासमिति बैठक गरी गत पुसमा कांग्रेसले आफ्नो संरचनालाई संघीय प्रणालीमा बदल्यो ।

विधानमा यी व्यवस्थालाई अन्तिम रूप दिन १२ फागुनसम्म कुर्नुप¥यो । तर, पनि केन्द्रीय समितिबाट विधान सर्वसम्मत पारित हुन सकेन । विधानका नयाँ व्यवस्था कार्यान्वयन गर्न नसकेर कांग्रेस पुरानै संरचनामा हिँडिरहेको छ, जसको आलोचनामा कांग्रेस नेता मात्र होइन, कार्यकर्ता नै खुल्न थालेका छन ।

जारी राष्ट्रिय जागरण अभियानमा पनि नेता कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई पहिले जागृत हुन आग्रह गरेका थिए । पार्टीका संरचना नबन्दा प्रतिपक्षीका रूपमा सशक्त बन्न नसकिएको, संघीयतामा प्रस्ट नहुँदा राजनीतिक रूपमा पछाडि परिएको गुनासो कार्यकर्ताहरूले गर्दै आएका छन । संघीयता कार्यान्वयनबारेको छलफलमा सहभागीहरूले नेताहरूबाटै भ्रम छर्ने काम भएको आरोप लगाएका थिए ।

‘कांग्रेसका नेता कार्यकर्ता, बुद्धिजिवी जिल्ला जान्छन् तर, संघीयता वा अन्य विषयमा फरक–फरक विचार राख्छन्,’ धनेश्वर नेपालले संघीयताको कार्यान्वयन बारेको छलफलमा भनेका थिए, ‘नेताहरूबाटै यस्तो अन्यौलपूर्ण भनाइ आएपछि युवाले के सिक्लान् ?’
नयाँ संरचना
पहिले पाँच तहका संरचना भएको कांग्रेसमा विधानले प्रदेश समिति, प्रदेश निर्वाचन क्षेत्रीय समित र बुथ समिति गरी तीनवटा तह थपेको थियो । कांग्रेसमा यसअघि ८५ सदस्यीय केन्द्रीय समिति थिए । महासमितिले ६ पदाधिकारी थप्यो । केन्द्रीय सदस्य एक सय ६७ सदस्यीय पुगे । जसमा १४ पदाधिकारी हुनेछन् । कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र क्लस्टरका आधारमा आठ सहमहामन्त्री निर्वा्चित हुनेछन् ।

नयाँ संरचनामा संक्रमणकालीन व्यवस्थालाई टेक्दै तदर्थ समिति बनाएर जाने वा १४औँ महाधिवेशनको कार्यक्रम सुरु गर्ने भन्नेमा कांग्रेसमा समान मत छैन । नयाँ संरचना बनाए पनि बढेको केन्द्रीय समितिको स्वरूपलाई १४औँ महाधिवेशनदेखि मात्रै लागू गर्ने तयारी कांग्रेस नेतृत्वको छ ।

देश संघीय संरचनामा गएपछि वडाको सीमांकन फेरिएको छ । एउटै वडामा तीन–चार अध्यक्ष छन् । एउटै गाउँपालिकामा तीन–चारवटा गाविसका समिति मिसिएका छन । नगरपालिकामा पनि केही गाविस र वडा मर्ज भएका छन । यसरी सात सय ५३ वटै स्थानीय तहको सीमा परिवर्तन भएको, तीन सय ३० क्षेत्रीय समिति बनाउनुपर्ने र सात प्रदेश समिति र क्षेत्रीय समिति निर्वा्चित गर्नुपर्ने छ । त्यस्तै, क्षेत्रीय दुई सय ४० समितिमध्ये काठमाडौंका १५ र एउटा निर्वाचन क्षेत्र रहेका ३० भन्दा बढी जिल्लाबाट घटाएर एक सय ६५ मा क्षेत्रीय समिति पनि बनाउनुपर्ने छ ।

यो पनि संगठनको एउटा आकार नै हो

स्थानीय तहका लागि १३औँ महाधिवेशनका वेला कायम भएका क्रियाशील सदस्यले मतदान गरी नेतृत्व चयन गर्ने गरी विधानले संक्रमणकालीन व्यवस्था गरेको छ । त्यस्तै, तीन सय ३० प्रदेश क्षेत्रीय समितिको नेतृत्वका लागि १३औँ महाधिवेशनका क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित गर्नुपर्ने र सातवटा प्रदेशमा सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरेर सात प्रदेश समिति निर्वाचित गर्नुपर्ने उल्लेख छ । यी सबैकुरा त्यसैमा गएर ठोकिन्छन अर्थात महाधिवेशनमै जोडिनछ जो नेतृत्व गर्ननै चाहँदैन । आजैदेखि थालियोभनेमात्र बल्ल सतहत्तरमा महाधिवेशन हुन सक्तछ । त्यस्तो संकेत देखिएन ।

मा गएपछि वडाको सीमांकन फेरिएको छ । एउटै वडामा तीन–चार अध्यक्ष छन् । एउटै गाउँपालिकामा तीन–चारवटा गाविसका समिति मिसिएका छन । नगरपालिकामा पनि केही गाविस र वडा मर्ज भएका छन । यसरी सात सय ५३ वटै स्थानीय तहको सीमा परिवर्तन भएको, तीन सय ३० क्षेत्रीय समिति बनाउनुपर्ने र सात प्रदेश समिति र क्षेत्रीय समिति निर्वा्चित गर्नुपर्ने छ । त्यस्तै, क्षेत्रीय दुई सय ४० समितिमध्ये काठमाडौंका १५ र एउटा निर्वाचन क्षेत्र रहेका ३० भन्दा बढी जिल्लाबाट घटाएर एक सय ६५ मा क्षेत्रीय समिति पनि बनाउनुपर्ने छ ।

यो पनि संगठनको एउटा आकार नै हो

स्थानीय तहका लागि १३औँ महाधिवेशनका वेला कायम भएका क्रियाशील सदस्यले मतदान गरी नेतृत्व चयन गर्ने गरी विधानले संक्रमणकालीन व्यवस्था गरेको छ । त्यस्तै, तीन सय ३० प्रदेश क्षेत्रीय समितिको नेतृत्वका लागि १३औँ महाधिवेशनका क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित गर्नुपर्ने र सातवटा प्रदेशमा सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरेर सात प्रदेश समिति निर्वाचित गर्नुपर्ने उल्लेख छ । यी सबैकुरा त्यसैमा गएर ठोकिन्छन अर्थात महाधिवेशनमै जोडिनछ जो नेतृत्व गर्ननै चाहँदैन । आजैदेखि थालियोभनेमात्र बल्ल सतहत्तरमा महाधिवेशन हुन सक्तछ । त्यस्तो संकेत देखिएन ।

सम्बन्धित समाचार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ जेष्ठ २७, ०८: ४५: २५

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
  • २०७६ जेष्ठ २७, ०८: ४५: २५

नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको...

अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
  • २०७६ जेष्ठ २७, ०८: ४५: २५

वासिङ्टन–अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका...

भर्खरै

TOP