May 13, 2021, Thursday

काज मिलाएर श्रीमती भेट्न अमेरिका जानेको यत्रो हर्कत ?

काठमाडौं । श्रीमती भेट्नकै लागि संयुक्त राज्य अमेरिका गएर चार महिना हराएर उल्टै कार्यालयको काजमा रकम असुल्ने हिम्मतदार कर्मचारी अहिले कोही होला भनेर कसैले पत्याउन गाह्रै पर्ला । तर, सुशासन कायम गर्न कोहीसँग सम्झौता नहुने भनेर बारम्बार चेतावनी दिइरहने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको दोश्रो वरियताका सदस्य अर्थात उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको पुत्रले यस्तै हर्कत गरेका छन् ।

कृषि मन्त्रालय अन्तरगतको कृषि अनुसन्धान परिषद् (नार्क) मा बायो टेक्नोलोजिष्टका रुपमा कार्यरत सुजन पोख्रेलले गत माघदेखि जेठ दोश्रो सातासम्म अमेरिकामा श्रीमती भेट्न गएर काज भन्दै बिदा स्वीकृत गराएका छन् । बिराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पसको चिफ हुँदा खुँखार कांग्रेस र हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति हुने भाग्यमानी उपेन्द्र कोइरालाकी छोरीसँग विवाह गरेका सृजन तालिमको लागि भन्दै अमेरिकारबाट फर्किएपछि काज बिदाको व्यवस्था गर्न कार्यालय प्रमुखलाई दबाब दिने गरेका छन् ।

बायो टेक्नोलोजिष्ट पोखरेल गत माघ अर्थात जनवरी २८ देखि मे ३० तारिखसम्म आफूलाई काज बिदा मिलाउन भन्दै कार्यालय प्रमुखको हुर्मत लिने गरेका छन् । नार्कका कायम मुकायम कार्यकारी निर्देशक तेजबहादुर गुरुङलाई सृजन पोखरेलले दिएको दबाबका कारण उनी बेचैन समेत भएका छन् । गत डिसेम्बर ३० देखि जनवरी २८ सम्म अमेरिका गएर काज बिदा स्वीकृत गरेका निर्देशक गुरुङ फेरि सृजनले चार महिनापछि आएर काज बिदाको लागि दबाब दिन थालेपछि तनावमा परेका हुन ।

कुनै पनि प्राविधिक सेवाका कर्मचारीले काज बिदा लिनु पर्दा सम्वन्धित संस्थाबाट प्रस्ताव वा चिठी कार्यालयलाई लेखेको चिठीको आधारमा कार्यालय प्रमुखले छनोट गर्नुपर्छ । तर सृजनलाई न कुनै संस्था वा विश्वविद्यालयले अध्ययनको लागि प्रस्ताव गरेको छ वा पत्राचारनै गर्ने गरेको छ । तर सृजनले अमेरिकामा बस्दै आएका आमोद पोख्रेलले पठाएको इमेलको प्रिन्ट कपि देखाएर काज स्वीकृतिको लागि दबाब दिइरहेका छन् ।

नेपाल फर्किएपछि आफूलाई काज बिदा मिलाइ दिन भन्दै उनले दबाब दिन थालेपछि नार्कका अन्य कर्मचारीले समेत असन्तुष्टी र विरोध जनाएका छन् । तर कामु कार्यकारी निर्देशक गुरुङ भने आफूलाई माथिल्लो निकायबाट बारम्बार दबाब आएकोले काज स्विकृत गर्न बाध्य हुने संकेत सहकर्मीसँग गरेका छन् । उपप्रधानमन्त्री पुत्र सृजनले भने आफू तालिममा गएको भन्दै इमेलको प्रिन्ट कपी बोक्दै हाकिमलाई दबाब दिँदै आएका छन् ।

सम्बन्धित समाचार

एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
  • २०७६ जेष्ठ २८, ०८: ३२: ४७

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास...

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७६ जेष्ठ २८, ०८: ३२: ४७

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
  • २०७६ जेष्ठ २८, ०८: ३२: ४७

नयाँ विकल्प, काठमाडाैं- सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही...

भर्खरै

TOP