January 16, 2021, Saturday

प्रकाशकीय

हाम्रो यात्रा २६औं बर्षमा

नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मुल्य मान्यताको संरक्षण गर्दै आवाजविहीनको आवाज बनेर आजभन्दा २५ अघि हामीले साप्ताहिक समाचार पत्रको रुपमा शुरु गरेको प्रेस स्वतन्त्रताको अभ्यास आजबाट २६औं बर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा गौरवको अनुभूति भएको छ ।

लोकतान्त्रिक मुल्य मान्यताबाट मात्रै आमनागरिकको हक, अधिकार र कल्याण हुन सक्छ भन्ने मूलभूत मान्यतालाई अघि सार्दै आएको नयाँ विकल्प साप्ताहिकले स्थापनाको समयदेखि हालसम्म आउँदा धेरै संक्रमण, चुनौति, आरोह र अवरोहको सामना गर्नु परेको छ ।

जनताको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न हामीले कुनै पनि खालको अतिवाद र प्रतिक्रियाबादीसँग कहिल्यै सम्झौता गरेनौं ।

साढे दुई दशकको यस अवधिमा नयाँ विकल्प साप्ताहिकले संसदीय संवैधानिक राजतन्त्रात्मक शासन प्रणालीदेखि राजाको प्रतिगामी शासन र शाही शासनको चुनौतिलाई जनताको सुसूचित हुने अधिकारलाई अवसरको रुपमा लिएको थियो । शसस्त्र माओवादीको द्वन्द्वको वेला राज्य र शसस्त्र द्वन्द्वरत पक्षबाट आमनागरिक पीडित हुँदा समेत हामी जनताकै पक्षमा कलम चलायौं ।

राज्य र द्वन्द्वरत पक्षबीचको हिंसाका माझमा हामीले चुनौति र अनेकौं समस्या भोग्नु प¥यो । द्वन्द्वकै समयमा जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरी जननिर्वाचित प्रतिनिधिहरुको संस्था संसद भंग गर्दा तत्कालिन राजाले चालेको प्रतिगमनको कदम होस वा तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा आमसञ्चारका माध्यमले भोग्नु परेको प्रताडना र दमनको डटेर हामीले याथार्थ सूचना प्रवाह गर्न सक्यौं ।

माओवादीको शसस्त्र हिंसाको अन्त्य गरी जनताको अधिकार खोस्ने निरंकुस राजसंस्थालाई सदाको लागि अन्त्य गर्न तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीले अघि सारेको राजनीतिक कार्यदिशाको पक्षमा वकालत ग¥यौं ।

संविधानसभाको निर्वाचनमार्फत जनप्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने, संघीय लोकतान्त्रिक, गणतन्त्रलाई संस्थागत गरी समृद्ध नेपालको परिकल्पनालाई हामीले पत्रिकाको मूल ध्येय र उदेश्य बनाएका छौं । हजारौं छापामाध्यमको भिडमा नयाँ विकल्प साप्ताहिकले आम पाठकमा छाडेको छाप र उनीहरुकै विश्वास तथा भरोसा हाम्रो प्रेरणा बनेको छ ।

लोकतन्त्रका मूलभूत मुल्य मान्यता, कानुनी शासन, वाक स्वतन्त्रता, आवधिक निर्वाचन हाम्रा लक्ष्य हुन् । दिन दुई गुणा, रात चौगुणा सूचना प्रविधिको विकास, विस्तार र अभ्यासले छापा माध्यमलाई चुनौति नदिएको होइन । तर छापा माध्यमको विश्वस्नीयता र हाम्रो निरन्तरताले पाठकको रुची र चाहना परिपूर्ती गर्न हामीले गरेको मिहनतकै कारण हामी सफलताको सिँढी चढ्न सफल भएका छौं ।

तथ्य, सत्य, जनताको अधिकार, कानूनी शासन र लोकतान्त्रिक विचार र सिद्धान्तप्रति प्रतिवद्ध भइ यसका विरुद्ध आउने सबै आश्वासन, प्रस्ताव र आग्रहलाई हामीले कहिल्यै स्वीकार गरेनौं ।

प्रेस स्वतन्त्रता र लोकतान्त्रिक शक्ति र अंगका पक्षमा सत्यपूर्वक सतिसाल झैं उभिने हाम्रो पहिचानलाई निरन्तरता दिँदै जाने हाम्रो लक्ष्य र उदेश्य छ । हामी पाठकको स्वार्थलाई नै पत्रिकाको मुल स्वार्थ मानेका छौं ।

व्यक्तिगत इच्छा, चाहना र स्वार्थलाई तिलाञ्जली दिएर सत्य, न्याय र लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धतालाई निरन्तरता दिने अभियानलाई आगामी दिनमा पाठक, शुभचिन्तक, विज्ञापनदाता र हाम्रो पत्रिकाका सहकर्मीप्रति धन्यवाद दिन चाहन्छु ।

व्यवसायिकताको नाममा पाठकको सुसूचित हुने अधिकारलाई नियन्त्रण गरी विज्ञापनलाई प्राथमिकता दिने र आर्थिक उपार्जनको मार्गमा हाम्रो पाईला अघि बढ्दैन । बरु निमुखा र आवाजविहिनहरुको भावनाको प्रतिनिधित्व गर्दै बैधानिक क्रियाकलाप र सभ्य अनि समृद्ध नेपालको अपेक्षासहित हामी अघि बढेका छौं ।

समाजमा देखिएका विकृति, विसंगती, अन्याय, अत्याचार, अलोकतान्त्रिक हर्कत, प्रेसमाथिको नियन्त्रण गर्ने क्रियाकलाप र भ्रष्टाचारको बिरुद्ध हाम्रो कलम सँधै अघि बढ्ने छ ।

तर हाम्रो अधियान सकारात्मक संस्कार, लोकतान्त्रिक मुल्य मान्यता, विकास र समृद्धि तथा सभ्य समाजका लागि भएका क्रियाकलापको मुखपत्रको पहिचान बनाउन पनि पछि पर्ने छैनांै । विगतमा झै आगामी बर्ष पनि हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकको सहयोग, सद्भाव र समर्थन पाईरहने आशा गर्दै हाम्रो २६औं बर्षमा पनि तपाईहरुको सद्भावको कामना गर्दछौं ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ असार २, ०९: ०१: ३५

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ असार २, ०९: ०१: ३५

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ असार २, ०९: ०१: ३५

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP