बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा हुने कमिसन, भ्रष्टाचार र सेवाग्राहीलाई दुःख दिने प्रबृत्तिको अन्त्य गर्न बारम्बार अनुगमन गर्न थालेपछि पर्षाको जिल्लाको मालपोत कार्यालयमा चार दर्जन कर्मचारीको भागाभाग भएको छ ।
लेखनदासमार्फत दैनिक हजारौं नजराना बुझ्दै आएका मालपोतका कर्मचारीमाथि अख्तियारको नजर परेपछि ५२ कर्मचारीको दरबन्दी रहेको जिल्ला मालपोत कार्यालय पर्सामा हाल चार जना मात्र कर्मचारी छन् । ‘एक मालपोत अधिकृत र चार जना अधिकृतको दरबन्दी रहेको मालपोत कार्यालय पर्सामा पहिले सरुवा हुँदा कर्मचारीहरु खसी र बोका काटेर भोज गर्दथे तर अहिले अख्तियारको डरले कोही जाँदैनन’, समाजवादी पार्टीका सांसद प्रदीप यादवले बताए ।
सांसद यादवले दैनिक हजारौं जनता मालपोतमा काम नहुँदा त्यसै फर्कने गरेको र सांसदमाथि पनि आक्रोस बढ्न थालेको भन्दै तत्काल कर्मचारीको व्यवस्था हुनुपर्ने भनेर संसदमा आवाज उठाउँदा पनि सुनुवाई नभएको बताए ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...