August 1, 2021, Sunday

यातायात विभागको निर्णय रोक्ने को ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात ब्यवस्था विभागले गरेका हरेक जसो कार्यक्रम योजना र रणनीतिलाई मन्त्रीले नै भाँजो हालेर असफल बनाउन खोजेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा विहीबार यातायात व्यवस्था विभागले गरेको निर्णयलाई लिन सकिन्छ ।

मन्त्रालयको कार्यभार सम्हालेदेखि नै मन्त्री रघुबीर महासेठका कारण विभागिय प्रमुखहरु पनि आजित भएका छन् । विभागले मन्त्रालयकै स्वीकृतिमा असार १ गतेदेखि उपत्यकामा रात्री सेवा बसहरु सञ्चालमा ल्याउने, काठमाडौं उपत्यकाको रिङरोड र भक्तपुर तथा कीर्तिपुरमा मालवाहक सवारीको आगमनमा रोक लगाउनेदेखि लिएर सार्वजनिक सवारी साधानमा १२ प्रतिशतसम्म भाडा बृद्धि गर्ने निर्णय गरेको थियो ।

विभागले विहीबार दिउँसो बैठक गरेर सोही निर्णय बमोजिम
साँझ यात्रुवाहक सवारी साधानमा भाडा १२ प्रतिशतका दरले बृद्धि गर्ने निर्णय गरेको १० मिनेट नबित्दै फिर्ता भएको छ । मन्त्री महासेठले यस्तो निर्णय कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा निर्णय फिर्ता लिएको जनाएको छ ।

यातायात व्यवसायीहरुले मेसिनरी र पार्टपूर्जामा मुल्य बृद्धि भएको, जनशक्ति महंगो भएको र पेट्रोलिय पदार्थमा मुल्य बृद्धि भएको भन्दै मुल्यबृद्धिको तुलनामा सवारी भाडा पनि बृद्धि गर्न माग गर्दै आएका थिए ।

सम्बन्धित समाचार

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
  • २०७६ असार २, ०९: ०८: ३७

नयाँ विकल्प उदयपुर-जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना...

मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
  • २०७६ असार २, ०९: ०८: ३७

नयाँ विकल्प सिन्धुपाल्चोक- शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे...

मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
  • २०७६ असार २, ०९: ०८: ३७

नयाँ विकल्प सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए...

भर्खरै

TOP