January 16, 2021, Saturday

बजेट छलफल नेपालमा छायाँअर्थमन्त्री डेनमार्कमा

उपसभापति र महामन्त्रीसहित २ दर्जन नेता कोपनहेगनमा, ३३ देशको जनसम्पर्क समितिको भेला

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालासहित दुई दर्जन नेता यतिवेला युरोपेली देश डेनमार्कको कोपनहेगन पुगेका छन् ।

देशमा आन्तरिक संगठन लथालिङ र भताभुङ्ग भएको अवस्थामा उपसभापति निधिको डेनमार्क मोह झन बढ्दो छ । तीन साताअघि डेनमार्कको आम निर्वाचनको समयमा कोपनहेगन पुगेका निधि पुन त्यतै लागेका छन् ।

त्यस्तै, संघीय संसदमा संघीय सरकारले पेश गरेको आगामी आर्थिक बर्षको आय व्ययको अनुमानित विवरणसहितको बजेटमाथि संसदमा व्यापक छलफल चलिरहँदा यतिधेरै सांसद र नेतासमेत बिदेश सयरमा निस्कुनुलाई कांग्रेसका अन्य सांसदले निको मानेका छैनन् । कांग्रेसका कार्यकर्ता घरको अवस्था बेबारिसे छोडेर उपसभपाति र महामन्त्री विदेशमा रमाउनुले कांग्रेसका कर्मयोगी, कर्मठ र क्रियाशील कांग्रेसमा निरासा छाएको छ ।

बजेटमाथि गम्भिर छलफल भएको सरकारले ल्याएको सुरक्षा, मिडिया, गुठी, मानवअधिकारजस्ता विधेयकको चर्को आलोचना भइरहँदा शीर्ष नेता नै विदेशी होटलमा बसेर मस्ती मारिरहँदा कांग्रेसका कार्यकर्ताको मन कुडिनु स्वभाविक नै हो । त्यसमा पनि संघीय संसदमा बजेटमाथिको छलफल चलिरहँदा पार्टीको संसदीय दलले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजाल दुई सातादेखि बिदेशमै रुमलिनुलाई सांसदहरुले समेत तीन छक्क परेका छन् ।

उपसभापति निधि त केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक भएर पनि पार्टीले देशभर जागरण अभियान चलाइ रहँदा युरोप भ्रमणमा मस्ती मारिरहेका थिए । कोपनहेगनको मध्यभागमा रहेको होटल रिचमण्डको हलमा शुक्रबार राति ३३ देशका जनसम्पक समितिका पदाधिकारी र पार्टी महाधिवेशन प्रतिनिधिको सहभागी रहेको कांग्रेसको विश्व भेलामा नेपालबाटै ५० जना बढीको आतिथ्यता डेनमार्कस्थित कांग्रेसको जनसम्पर्क समितिले स्वीकार गरेको छ । करिव दुई सय ५० बढी प्रतिनिधि सहभागीलाई कम्तीमा तीन दिनदेखि एक महिनासम्म खान र बस्नको व्यवस्था डेनमार्कस्थित जनसम्पर्क समितिले गरेको छ ।

नेपालबाट गएका धेरै जसो प्रतिनिधिहरु उपसभापति निधिको रोजाईमा परेकाहरु छन् । विश्व सम्मेलनमा गएका कांग्रेसका नेताहरु यतिवेला विहानदेखि साँझसम्मै कोपनहेगनका विभिन्न पर्यटकियस्थलमा फोटो खिचाउन र किनमेलमा भिंड गरिरहेको कोपनहेगनस्थित दुतावासका एक कर्मचारीले बताए । भेलामा भाग लिन छायाँ अर्थमन्त्री डा. मिनेन्द्र रिजालसहितका केही नेता भने अघिल्लो साता नै कोपनहेगन पुगेका छन् ।

कोपनहेगनमा कांग्रेसको विदेशस्थित ३३ देशका नेपाली जनसम्पर्क समितिका पदाधिकारीलाई प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भनिएको छ । प्रशिक्षण कार्यक्रममा बुधबार महामन्त्री डा. कोइरालासहित सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, अनुसासन विभागका संयोजक भिष्मराज आङ्दम्बे, सदस्य धनराज गुरुङ, केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर लगायत गएका थिए । डेनमार्क जाने सूचिमा रहेका केन्द्रीय सदस्य डा. रामशरण महत, गगन थापा र नविन्द्रराज जोशी भने गएनन् ।

कांग्रेसले हालै सम्पन्न गरेको राष्ट्रिय जागरण अभियानमा धेरै नेतालाई आसनग्रहण नगराउने, धेरै वक्ता नबनाउने निर्देशन विपरित यति धेरै नेताहरु विदेश सहर गरिरहेका छन् । नेताहरु डेनमार्ग जाने आउने खर्च र बसोबासको व्यवस्था जनसम्पर्क समितिले बेहोर्ने बताईएको छ । प्रशिक्षण कार्यक्रममा कांग्रेसको विधानको व्यवस्था, महासमितिका राजनीतिक, आर्थिकसहितका प्रस्ताव, विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्र्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने उदेश्य रहेको छ ।

कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्र्कीले गरेको बुझिएको छ । प्रशिक्षणको पहिलो दिन कार्यक्रमको उद्घघाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम हुने भएको छ । डेनमार्क जाने नेताहरूको नाम अपारदर्र्शी ढंगले छनोट गरिएको, पार्टीमा छलफल नभएको र नेताहरूले स्वविवेकमा तय गरेको गुनासो हुन थालेको छ ।

भेलामा ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिका अध्यक्ष र पदाधिकारीलाई नबोलाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टी व्यक्त गरेका थिए । कोपनहेगन जाने टोलीमा केन्द्रीय सदस्य दीपक गिरी, अर्जुनप्रसाद जोशी, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, कांग्रेस सभापति देउवा पत्नी आरजु राणा, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्यहरु राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, निधि निकट पत्रकार रामजी दाहाल, केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा र मुक्ति आचार्य रहेका छन् । यसअघि २२ जेठमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणमा भाग लिन उपसभापति निधि डेनमार्कको राजधानी कोपनहेगन पुगेर नेपाल फर्किएका थिए ।

ेशमा आन्तरिक संगठन लथालिङ र भताभुङ्ग भएको अवस्थामा उपसभापति निधिको डेनमार्क मोह झन बढ्दो छ । तीन साताअघि डेनमार्कको आम निर्वाचनको समयमा कोपनहेगन पुगेका निधि पुन त्यतै लागेका छन् ।

त्यस्तै, संघीय संसदमा संघीय सरकारले पेश गरेको आगामी आर्थिक बर्षको आय व्ययको अनुमानित विवरणसहितको बजेटमाथि संसदमा व्यापक छलफल चलिरहँदा यतिधेरै सांसद र नेतासमेत बिदेश सयरमा निस्कुनुलाई कांग्रेसका अन्य सांसदले निको मानेका छैनन् । कांग्रेसका कार्यकर्ता घरको अवस्था बेबारिसे छोडेर उपसभपाति र महामन्त्री विदेशमा रमाउनुले कांग्रेसका कर्मयोगी, कर्मठ र क्रियाशील कांग्रेसमा निरासा छाएको छ ।

बजेटमाथि गम्भिर छलफल भएको सरकारले ल्याएको सुरक्षा, मिडिया, गुठी, मानवअधिकारजस्ता विधेयकको चर्को आलोचना भइरहँदा शीर्ष नेता नै विदेशी होटलमा बसेर मस्ती मारिरहँदा कांग्रेसका कार्यकर्ताको मन कुडिनु स्वभाविक नै हो । त्यसमा पनि संघीय संसदमा बजेटमाथिको छलफल चलिरहँदा पार्टीको संसदीय दलले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजाल दुई सातादेखि बिदेशमै रुमलिनुलाई सांसदहरुले समेत तीन छक्क परेका छन् ।

उपसभापति निधि त केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक भएर पनि पार्टीले देशभर जागरण अभियान चलाइ रहँदा युरोप भ्रमणमा मस्ती मारिरहेका थिए । कोपनहेगनको मध्यभागमा रहेको होटल रिचमण्डको हलमा शुक्रबार राति ३३ देशका जनसम्पक समितिका पदाधिकारी र पार्टी महाधिवेशन प्रतिनिधिको सहभागी रहेको कांग्रेसको विश्व भेलामा नेपालबाटै ५० जना बढीको आतिथ्यता डेनमार्कस्थित कांग्रेसको जनसम्पर्क समितिले स्वीकार गरेको छ । करिव दुई सय ५० बढी प्रतिनिधि सहभागीलाई कम्तीमा तीन दिनदेखि एक महिनासम्म खान र बस्नको व्यवस्था डेनमार्कस्थित जनसम्पर्क समितिले गरेको छ ।

नेपालबाट गएका धेरै जसो प्रतिनिधिहरु उपसभापति निधिको रोजाईमा परेकाहरु छन् । विश्व सम्मेलनमा गएका कांग्रेसका नेताहरु यतिवेला विहानदेखि साँझसम्मै कोपनहेगनका विभिन्न पर्यटकियस्थलमा फोटो खिचाउन र किनमेलमा भिंड गरिरहेको कोपनहेगनस्थित दुतावासका एक कर्मचारीले बताए । भेलामा भाग लिन छायाँ अर्थमन्त्री डा. मिनेन्द्र रिजालसहितका केही नेता भने अघिल्लो साता नै कोपनहेगन पुगेका छन् ।

कोपनहेगनमा कांग्रेसको विदेशस्थित ३३ देशका नेपाली जनसम्पर्क समितिका पदाधिकारीलाई प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भनिएको छ । प्रशिक्षण कार्यक्रममा बुधबार महामन्त्री डा. कोइरालासहित सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, अनुसासन विभागका संयोजक भिष्मराज आङ्दम्बे, सदस्य धनराज गुरुङ, केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर लगायत गएका थिए । डेनमार्क जाने सूचिमा रहेका केन्द्रीय सदस्य डा. रामशरण महत, गगन थापा र नविन्द्रराज जोशी भने गएनन् ।

कांग्रेसले हालै सम्पन्न गरेको राष्ट्रिय जागरण अभियानमा धेरै नेतालाई आसनग्रहण नगराउने, धेरै वक्ता नबनाउने निर्देशन विपरित यति धेरै नेताहरु विदेश सहर गरिरहेका छन् । नेताहरु डेनमार्ग जाने आउने खर्च र बसोबासको व्यवस्था जनसम्पर्क समितिले बेहोर्ने बताईएको छ । प्रशिक्षण कार्यक्रममा कांग्रेसको विधानको व्यवस्था, महासमितिका राजनीतिक, आर्थिकसहितका प्रस्ताव, विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्र्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने उदेश्य रहेको छ ।

कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्र्कीले गरेको बुझिएको छ । प्रशिक्षणको पहिलो दिन कार्यक्रमको उद्घघाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम हुने भएको छ । डेनमार्क जाने नेताहरूको नाम अपारदर्र्शी ढंगले छनोट गरिएको, पार्टीमा छलफल नभएको र नेताहरूले स्वविवेकमा तय गरेको गुनासो हुन थालेको छ ।
भेलामा ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिका अध्यक्ष र पदाधिकारीलाई नबोलाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टी व्यक्त गरेका थिए ।

कोपनहेगन जाने टोलीमा केन्द्रीय सदस्य दीपक गिरी, अर्जुनप्रसाद जोशी, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, कांग्रेस सभापति देउवा पत्नी आरजु राणा, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्यहरु राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, निधि निकट पत्रकार रामजी दाहाल, केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा र मुक्ति आचार्य रहेका छन् । यसअघि २२ जेठमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणमा भाग लिन उपसभापति निधि डेनमार्कको राजधानी कोपनहेगन पुगेर नेपाल फर्किएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह

  • २०७६ असार ९, ०७: ०९: २८

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ असार ९, ०७: ०९: २८

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ असार ९, ०७: ०९: २८

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP