November 25, 2020, Wednesday

बजेटबिरुद्ध नबोल्न किन सांसद थर्काउँछन बस्नेत ?

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट बिरुद्ध नबोल्न सत्तापक्षकै एक सांसदले सबै सांसदलाई थर्काउने गरेका छन् । ति सांसदले सत्ता पक्षकै अन्य सांसदलाई बजेटबिरुद्ध नबोल्न दबाब मात्रै दिने होइन, होच्याउने र थर्काउने समेत गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा हाल विभिन्न मन्त्रालयलाई विनियोजन गरिएको बजेटमाथिको छलफलमा भाग लिने विपक्षी र सत्तारुढ सांसदहरुले बजेट पूर्वाग्रही भएको प्रभावशाली नेता र सरकारका मन्त्रीको जिल्ला र निर्वाचन क्षेत्रमा मात्र बढी बजेट छुट्याएको भन्दै विरोध गर्ने गरेका छन् । यसरी बजेटको बिरोध गर्नु भनेको आफ्नो कुण्ठा मात्र पोख्नु हो भन्दै भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित नेकपाका सांसद महेस बस्नेतले यसरी सांसदहरुलाई थर्काउने गरेका छन् । तर सांसद बस्नेतलाई सभामुखले कुनै लगाम लगाउन सकेका छैनन् ।

यि सांसदलाई लगाम नलगाउँदा संसदमा हंगामा मच्चिने गरेको छ भने कतिपय सांसदलाई मानमर्दन गर्ने हिसावले बोल्ने गरेका छन् । सदनमा कुनै एक सांसदले अर्को सांसदबाट व्यक्त भएका बिचारमाथि लान्छना लगाउने वा बोल्न नहुने भनि दबाब वा निर्देशन दिन मिल्दैन । तर प्रतिनिधिसभाको बैठकको शुरुदेखि अन्त्यसम्म बस्ने गरेका बस्नेत हरेक दिन बिराएर बोल्ने गर्छन । उनले बोल्दा सत्तारुढ दलभित्रकै असन्तुष्ट सांसद, विपक्षी कांग्रेस र नेमकिपाका सांसद प्रेम सुवालमाथि लाञ्छना र आरोप लगाउने गर्छन ।

संसदमा बोल्दा सांसदले आफ्ना भनाई सभामुखमार्फ विधेयक, प्रस्ताव वा सरकारको काम कारबाहीको बिषयमा बोल्नु पर्छ । यदी कुनै सांसदको भनाई प्रतिनिधिसभा संचालन सम्वन्धी नियमावलीविपरित रहेछ भने नियमापत्ति गर्न पर्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र भनेर चिनिएका तत्कालिन नेकपा एमालेको भातृ संस्था युवा संघ नेपालका अध्यक्ष बस्नेतको उदण्ड प्रस्तुती र शैलीबाट विपक्ष दलका सांसदहरु आजित भएका छन् ।

सांसद बस्नेतले आफ्नै संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मादेखि सांसद सुदन किराँतीलाई समेत सरकारबिरुद्ध कुण्ठा नपोख्न सम्झाए । विहीबार संसद बैठकमा समेत उनले सत्ता पक्षकै सांसदलाई साथीहरु भन्दै संवोधन गरेर बजेटलाई कुण्ठा प्रकट गर्ने माध्यम नबनाउन चेतावनी दिए । उनले बजेटको सैद्धान्तिक कुराहरु सत्तापक्षका सांसदहरुले नबुझेको भनी पण्डित्यायीँ पनि छाँट्न भ्याए ।

‘हामी संघीय लोकतान्त्रिक मुलुकमा छौं । संघीयताको कुरा गर्दा पैसा छाप्ने, सेना परिचालन गर्ने र परराष्ट्रबाहेक सबै प्रदेशलाई भन्ने हामी माननीयहरु आज मेरो टोल, गाउँ र निर्वाचनमा कहाँ कहाँ बजेट परेन भनेर कराउने ?,’ बस्नेतले विहीबार सांसदलाई यस्तै भनेर विरोधमा नबाोल्न दबाब दिएका थिए । उनले प्रधानमन्त्रीको गृह जिल्ला झापा र निर्वाचन क्षेत्रमा धेरै बजेट पर्यो भनेर गुनासो नगर्न सुझाव दिए ।

विगतमा पनि पहुँचमा रहेका व्यक्तिले बजेट लाने प्रचनलकै निरन्तरता अहिले भएको भन्दै बस्नेतले बजेट कुनै जिल्लामा बढी भयो भनेर बेकारको कुण्ठा मात्रै नपोख्न सुझाव दिए । सरकारको आलोचना गर्नु भनेको आमालाई गाली गर्नु जस्तै भएको बस्नेतको टिप्पणी थियो ।

विपक्षी नेपाली कांग्रेसका सांसदबिरुद्ध बिष बमन गरेका बस्नेतले ‘रोस्ट्रम घेर्ने ? प्रधानमन्त्रीलाई बोल्न नदिने ? सरकारले ल्याएको प्रस्तावलाई राम्रोसँग सुन्न नदिने अनि सरकारको बिरोध मात्र गर्ने भनी हप्काएका थिए ।

बस्नेतले मिडियाले के भन्यो, के लेख्यो, सडकमा के भयो ? फेस बुकमा के आयो भनेर सदनमा कुरा गरेर लोक हँसाउने काम नगर्न विपक्षी दललाई सुझाव दिए । उनले विपक्षी दल कांग्रेसलाई नीति, कार्यक्रम र सिद्धान्त सकिएपछि भिरबाट लड्न आँटेको जस्तै भीरमा जे भेट्यो त्यही कांग्रेसले समाउने गरेको आरोप लगाए ।

बस्नेतले प्रधानमन्त्रीले पानीजहाज चलाउने भनेर समृद्धिका कुरा गर्दा खोइ पानीजहाज भन्दै फेसवुकमा हाल्ने टौवंगीकारहरुको एजेण्डा बोकेर कांग्रेसले अराजकता बढाएको आरोप लगाए । बस्नेतको जवाफमा शुक्रबार कांग्रेसकी सांसद लक्ष्मी परियारले भने सरकारले घोषणा गरे बमोजिमको पानीजहाज चढ्न नपाएपछि जनताले कागजको पानीजहाज बनाएर फेसवुकमा हाल्नु स्वभाविक भएको बताइन् ।

बस्नेतले बोलेपछि पनि नेकपाकै सांसद गजेन्द्रबहादुर महतले हरेक मन्त्रालय जाँदा म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने देख्न पाए पनि सबैभन्दा बढी चिन्ता जनतामा भ्रष्टाचारकै रहेको बताए । उनले भने, ‘भ्रष्टाचार व्याप्त भएकोले अरुलाई भनेर के गर्नु प्रधानमन्त्रीलाई भन्न पाएको भए मन शान्त हुने थियो ।’ उनले नेपाल वायु सेना निगम डुबेको टुलुटुलु हेरेर बस्न नहुने सुझाव दिँदै ठूला जहाज ल्याउने नाममा सबै कमिसनकै खेल मात्र भएको ठोकुवा गरे ।

बस्नेतले बोल्नुअघि सांसद जनार्दन शर्माले रुकुममा छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामै लैजान वा नभए भौतिकपूर्वाधार मन्त्रीको जिल्ला धनुषामा लैजान प्रस्ताव गरेका थिए । नेकपाकै सांसद सुदन किराँतीले भौतिक पूर्वाधार मन्त्तालयले भोजपुरमा एउटा मात्र योजना पारेको भन्दै सो मन्त्रालयले छुट्याएको बजेटको किताव मन्त्री रघुबीर महासेठलाई फिर्ता दिने निर्णय सुनाएका थिए ।

त्यस्तै, सहरी विकास मन्त्रालयले कैलालीको निर्वाचन क्षेत्र २ मा कुनै बजेट नपारेको भन्दै नेकपाक सांसद झपट रावलले मौनधारण गरेका थिए ।

सम्बन्धित समाचार

सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु
सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु
  • २०७६ असार १२, ०७: १३: १०

नयाँ विकल्प सुर्खेत – भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ।सुर्खेतकाे चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर...

रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे
रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे
  • २०७६ असार १२, ०७: १३: १०

नयाँ विकल्प उदयपूर – कोभिड–१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको...

बागलुङको शान्ति माध्यामिक विद्यालयमा भूकम्प मापनयन्त्र जडान
बागलुङको शान्ति माध्यामिक विद्यालयमा भूकम्प मापनयन्त्र जडान
  • २०७६ असार १२, ०७: १३: १०

नयाँ विकल्प बाग्लुङ- विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ । बागलुङको...

भर्खरै

TOP