November 24, 2020, Tuesday

जिल्ला बारमा नेकपा पत्तासाफ, सबै पदमा डेमोक्र्याट

काठमाडौं । कानुन व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसन अन्तरगतको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको चुनावमा लोकतन्त्रबादी कानून व्यवसायीहरुले बर्चश्व कायम गरेका छन् ।

असार १४ गते भएको निर्वाचनमा जगदीश घिमिरेको प्यानलले कम्युनिष्ट कानुन व्यवसायीहरुको प्यानललाई आठदेखि एक हजार मत अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो । घिमिरेले एक हजार तीन मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी कुमार प्रसाद आचार्यले एक सय १० मत ल्याएका थिए ।

काठमाडौ जिल्ला बारको उपाध्यक्षमा सुवोध बाबु चिलुवाल, सचिवमा दमनबहादुर चन्द र कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित भएका छन् । त्यस्तै, अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजकुमार अधिकारी, जयबहादुर भुजेल, विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, बीरेन्द्र पाठक, बासुदेव रिजाल, डा. शिवकुमार यादव र दीपेन्द्र अधिकारी सदस्यमा निर्वाचित भएका छन् । अन्जना अर्याल लगायतले सर्बसम्मतले जिल्ला बारको सदस्यमा निर्वाचित भएकी थिइन ।

सम्बन्धित समाचार

शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
  • २०७६ असार १५, ११: ५६: ३२

झापा–शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि...

तुलसीपुर दाङबाट सात जुवाडे पक्राउ
तुलसीपुर दाङबाट सात जुवाडे पक्राउ
  • २०७६ असार १५, ११: ५६: ३२

तुलसीपुर–दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा...

महोत्तरीमा हराएकी बालिकाको शव फेला
महोत्तरीमा हराएकी बालिकाको शव फेला
  • २०७६ असार १५, ११: ५६: ३२

महोत्तरी–महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव...

भर्खरै

TOP