काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको विदेशस्थित जनसम्पर्क समितिहरु विकृतिको अखडा भएको आरोप लगाएका छन् ।
आफ्नै निवास चण्डोलमा आइतबार केही संचारकर्मीसँग कुराकानी गर्दै सिटौलाले विगतमा संगठनको संरचना र गतिविधि ठिक भए पनि हाल जनसम्पर्क समितिले विकृति र विसंगति मात्र निम्त्याएको बताएका हुन् ।
उनले जनसम्पर्क समिति कांग्रेसका नेताहरुको लागि पनि अखडा जमाउने थलोको रुपमा विकसित भएको बताए । विदेशस्थित जनसम्पर्क समितिले नेपालका नेताहरुलाई कार्यक्रममा बोलाउने र खाने बस्नेको सुविधा दिएर रमाउने चलन भएको टिप्पणी गरे । यसै साता मात्र कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मासहित दुई दर्जन नेताहरु डेनमार्गको कोपनहेगन पुगेका थिए ।
त्यहाँ गएका नेताहरुले तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागी भएर जनसम्पर्क समितिको महासम्मेलन भनी बताएका थिए । एक अर्को प्रसंगमा सिटौलाले प्रधानमन्त्री सुध्रिए मात्र मन्त्रीहरु सुध्रिए जस्तै पार्टी सभापति शेरबहादुर देउवा र पदाधिकारी सुध्रिए मात्र कांग्रेस सुध्रने बताए ।
उनले विगतमा भएका कमजोरीलाई उदाहरण दिँदै सभपाति रत्नाकर बन्ने कि बाल्मिकी बन्ने भनेर रोज्ने बेला आएको बताए । उनले सभापति देउवालाई रत्नाकरबाट बाल्मिकी बन्न पाउने भए पनि बाल्मिकीबाट रत्नाकर बन्ने छुट नभएको बताए ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...