January 15, 2021, Friday

विश्व र नेपालमा नारीबादी आन्दोलनको बिजारोपण

डा. प्रदीप पराजुली

विश्व नारीवादी आन्दोलन
नारीवादी आन्दोलन १८औं शताव्दीवाट प्रारम्भ भएको पाइन्छ जुन नारीवादी आन्दोलनको पहिलो धारको रुपमा मानिन्छ । Mary Woll stonecraft वेलायती महिला हुन जसले महिला अधिकारको वारेमा बोल्न थालिन । उनको कृति Vendication of Rights of Women मा समान अधिकार, समान शिक्षा, नारीहरु कमजोर छैनन जस्ता विषयहरु उठाएको पाइन्छ ।

अमेरिकामा नारीवाद १८३० मादासताविरुद्ध संघर्ष गर्ने क्रममा संगठित समूहबाट पनि भएको पाइन्छ । १८४८ मा th Cady Stanton / Lucreatia Mott ले न्यूयोर्कमा महिलाहरुको सहयोगार्थ आवाज उठाउन आयोजना गरेको सम्मेलनले नारीवादी आन्दोलनलाई टेवा दिएको पाइन्छ । वेलायतमा भएको सामाजिक सुधार र पूर्न जागरणले स्वतन्त्रता र समानताको माग क्रमश वढाउदै गएको पाईन्छ ।

महिलाद्धारा अधिकार प्राप्तिका लागि सर्वप्रथम अमेरिकाको न्यूयोर्क सहरमा कपडा मिलका महिला मजदूरले सन १९०८ मार्च ८ मा सडकमा उत्रिएर विरोध गरे । उन्नाईसौ सताव्दीको सुरुवातमा यूरोपमा औद्योगिकरणको विस्तारसंगै कलकारखानामा महिलाहरुले कामगर्न थालेका थिए । कलकारखानामा काम गर्ने समय दिनमा १५ देखि १६ घण्टासम्म हुन्थ्यो ।

तसर्थ अमानविय तरिकावाट काम लगाइएको विरुद्ध र भोट दिने अधिकारका लागि महिलारुले संघर्ष सुरु गरे । त्यसको दुई वर्षपछि सन १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गरियो ।

१७ वटा देशका करिव १०० जना महिलाले सो सम्मेलनमा भाग लिए र ८ मार्चलाई नारी दिवसका रुपमा मनाउने निर्णय गरे । जसमा विश्वशान्ती, आमा र बालवालिकाको सुरक्षा, काम गर्ने समय दिनको आठ घण्टा हुनुपर्ने आदि विषयहरुका साथै महिलाहरुले आर्थिक सामाजिक राजनैतिक क्षेत्रमा भोग्नु परेका समस्याका वारेमा छलफल गरिएको थियो ।

नारी दिवस पहिलो पटक १९११ माजर्मनी, अष्ट्रिया, डेनमार्क, स्वीजरल्याण्ड र अमेरिकामा मनाइयो र क्रमश सो दिनलाई जुन सुकै सरकारी गैह्रसरकारी महिलासंघ सम्वन्धित सवै संस्थाहरुद्धारा महिलाहरुलाई गरिने भेदभाव र शोषणविरुद्ध समानताका लागि आवाज उठाउने प्रेरणाका रुपमा लिएर विभिन्न कार्यक्रम सहित मनाउन थाले । नेपालमा भने बि.स. २०१३ साल देखि विश्व नारी दिबस मनाउन थालियो ।

१९औं शताव्दीमा फ्रान्समा निरकुश राजतन्त्र धरासायी गरी उदरवादी सरकारको स्थापना भएपश्चात अधिकारहरु पुरुषहरुमा मात्र प्रदत्त गरिए पछि आन्दोलनमा सहभागी महिलाहरुले अधिकारमा भएका भेदभावकाविरुद्धमा आवाज उठाउन थालेको पाईन्छ । जसमा John Stuart, Harriet Taylor का नाम अग्रणी रुपमा आउँछ ।

१९९३ मा Betty Friedon n] The Feminine My stique नामक पुस्तक प्रकाशन गरीन र क्रमश विभिन्न नारीवादका धारहरु प्रारम्भ हुन थाल्यो । विसौं सताव्दीमा आएर नारीहरुले मताधिकार प्राप्त गरे १८९३मा न्यूजील्याण्ड, १९१८ मा वेलायत, १९२० मा अमेरिकामा प्रारम्भ भयो । त्यसपछि नारीवादी आन्दोलन क्रमशः बढ्दै गएको पाइन्छ । यस क्रममा अन्तराष्ट्रिय महिला सम्मेलनहरु हुनथाले । प्रथम अन्तराष्ट्रिय सम्मेलन १९७५ मा मेक्सीकोमा, दोश्रो १९८० मा कोपनहेगन, तेश्रो १९८५ मा नौरोवी र चौथो १९९५ मा बेइजिङमा सम्पन्न भएको छ ।

नेपाली नारीवादी आन्दोलन
सन् १७७७ देखि १७८५ सम्म नेपालको शासनभार राजेन्द्र लक्ष्मीले सञ्चालन गरेको पाइन्छ । त्यसै गरी राज राजेश्वरी, सुवर्ण प्रभाले पनि नेपालको सत्ता सम्हालेको ईतिहासमा पाइन्छ । सन १९१४मा दुर्गादेवी आचार्य दिक्षितले महिला शिक्षाका बारेमा लेखेर आम समूदायमा खुल्ला रुपमा महिलाको अवस्था र त्यसका विरुद्धमा आन्दोलनमा उत्रन आव्हान गरेको पाइन्छ ।

प्रथम महिला पत्रकार मोती देवीले सामाजिक सुधारको नाममा महिलाहरुलाई जागरण गराउने खालका लेखहरु प्रकाशित गरिन् । सन् १९१८ (वि.स. १९७५) मा पहिलो पटक दिव्यादेवी कोइरालाको सक्रियतामा महिला समिति नामक महिला सम्वन्धी संस्थाको सिराहामा स्थापना भयो जुन राणाशासन कालमा बन्द गराइयो ।

योगमाया देवी–कविता, मेलवा देवी–गायन, तलजा शर्मा–गान्धी आश्रम, दुर्गा देवी–शिक्षण पेशा, मोती देवी तुलाधर–लेखनमा संलग्न भएर नारी जागरणमा मद्दत पु¥याएको पाइन्छ । सन १९४५(वि.स.२००२) सालमा शहिद शुक्रराज शास्त्रीकी वहिनी चन्द्रकान्ता मल्लले कन्या स्कुलको स्थापना गरीन् । सन १९४८ (वि.स.२००४) सालमा मंगलादेवी सिंहको अध्यक्षतामा महिला स्वतन्त्रता र समानता प्राप्त गर्ने उद्देश्यले नेपाल महिला संघको स्थापना भयो ।

यसैगरी सोही वर्षमा नेपाली महिलाहरुमा सामाजिक, राजनैतिक चेतना ल्याउने उद्देश्यले जयनगरमा रेवन्त देवी आचार्यको अध्यक्षतामा आदर्श महिला संगठन को स्थापना गरियो । सन् १९५०(वि.स. २००६) सालमा पुण्य प्रभादेवीको अध्यक्षतामा महिला संगठनको स्थापना भयो । २००७ सालको क्रान्तिका लागि यी संघ र संगठनहरुले जागरण ल्याउने कार्य गर्नुका साथै आन्दोलनका क्रममा उल्लेखनिय भूमिका निर्वाह गरेको पाईन्छ ।

सन् १९५२ सालमा महिला संगठन फुटेर कामक्षा देवीको अध्यक्षतामा अखिल नेपाल महिला संघगठन भयो । जुन कम्युनिष्ट पार्टीहरुसँग सामिप्यता राख्दथ्यो । सन १९५२ मा ध्यान देवीको सक्रियतामा आर्यशास्त्री समाजको स्थापना भयो, जसले महिलाहरुलाई पश्चिमी संस्कृतिवाट जोगाउन योगदान ग¥यो । सन १९५८ (वि.स. २०१५) मा नेपाली कांग्रेसको तर्फवाट उम्मेदवार बनेकी द्धारीकादेवी ठकुरानी प्रतिनिधि सभामा विजयीभई उप–मन्त्री पदमा पुगेकी थिइन ।

त्यसैगरी कमला राणालाई माथिल्लो सदन राष्ट्रिय सभामा मनोनित गरि राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गराइएको थियो । सन् १९६०(वि.स.२०१७) मा पार्टीहरुमाथी प्रतिबन्ध लागेपछि महिलाहरुले खोलेका सम्पूर्ण संघ संस्थाहरु बन्द हुनपुगे । त्यसको विरोधमा मंगलादेवी सिंह, शुष्मा कोइराला, लिला कोइराला, शैलजा आचार्य, कुन्दन शर्मा, गौरी राणालगायतका महिलाहरुले कालो झण्डा देखाएर विरोध प्रर्दशन गरे र ३ बर्ष कारावास सजाय भोगेका थिए ।

पञ्चायतकालमा यी संघ संगठनहरुले आन्दोलनलाई भूमिगत रुपमा कायम राखेको पाईन्छ । सन १९८५(वि.स.२०४२) सालमा नेपाली कांग्रेसद्धारा आव्हान गरिएको सत्याग्रहमा कयौ महिलाहरु गिरफ्तार गरिए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा महिला वर्गको उल्लेखनिय सहभागिता रहेको थियो ।

पञ्चायत व्यवस्थाको विरुद्धमा संघर्षरत महिलाहरुमध्ये मंगलादेवी सिंह, शैलजा आचार्य, साहाना प्रधान, लीला कोइराला, शान्ता मानवी, उमा अधिकारी, मिना पाण्डे, अनार बस्नेत, सावित्री भुषाल, शशी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, साधना अधिकारी, हिसिलायमी, पम्फा भूषाल लगायतका महिलारुको उल्लेखनिय भूमिका रहयो । प्रजातन्त्रको पूर्नस्थापना पश्चात महिलाहरुको हकहितमा कयौं सरकारी एंब गैर सरकारी सस्थाहरुको स्थापना भयो । ती सस्थाहरुले बिभिन्न क्षेत्र र स्तरमा महिला हकहितमा आबाज उठाउनुका साथै न्यून मात्रामा मात्र भएपनि सफलता हासिल गरे ।

सम्बन्धित समाचार

राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
  • २०७६ असार १६, ०६: ५४: ५९

नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको...

भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
  • २०७६ असार १६, ०६: ५४: ५९

नयाँ विकल्प, काठमाडौं – पार्किन्सन जस्तै रोगले संक्रमित भएपछि थप उपचारका लागि गत पुस २० गत भारतको मुम्बई लगिएकी नेकपा...

संसद पुनःस्थापना नगरी निर्वाचनमा गए रक्तपात हुन्छ –सुजाता
संसद पुनःस्थापना नगरी निर्वाचनमा गए रक्तपात हुन्छ –सुजाता
  • २०७६ असार १६, ०६: ५४: ५९

नयाँ विकल्प,काठमाडौं – नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना विना निर्वाचन गराउन खोजेमा मुलुकमा रक्तपात हुने बताएकी...

भर्खरै

TOP