१.नर्वेबाट नेपाल कता हो कता टाढा छ तर मनचाहिँ नेपालमा मात्र फर्किरहने रहेछ । तर यो देशमा देखिएका केही नयाँ र विशेषतायुक्त कुराहरु लेख्नेक्रममा यी कुराहरु मननीय रहेछन् ।
२.नर्वे खुसी अनुसूचकाङ्कमा ३ नंबरमा छ जवकि हाम्रो नेपाल १०० नंबरमा छ । खुसीका लागि पक्कै नै आर्थिक समृद्धि आवश्यक पर्छ । नर्वे पनि हामी जस्तै त होइन, तर असीको दशकसम्म त्यस्तो धनी राष्ट्रको रुपमा रहेन छ । तर तेलको उत्खनन सुरु भएपछि आजको धनी र समृद्ध देशको रुपमा र खुसीको देशको रुपमा देखिएको रहेछ । अहिले खनिज तेल, माछा, आलु, जौ, ओट, घाँस, दूधका परिकारनै मुख्य उत्पादन रहेछन् । तिनको निकासी मुख्य आम्दानीको श्रोत देखिन्छ ।
३.यहाँ करिब २ हजारजति नेपालीहरु हुनुहुँदो रहेछ । गैर आवासीय नेपालीहरुको संघ छ र त्यसको छैठौँ राष्ट्रिय अधिवेशन असार १४ गते ओस्लोमा भएको छ । अहिलेको नारा —एक पटकको नेपाली, सधैँको नेपाली भन्ने कुरामा सबैको धारणा एउटै भएको पाइयो ।
४.हप्तामा शनिवार र आइतवार विदा हुने अरु युरोपीय मुलुक जस्तै नर्वेमा पनि विदा हुँदो रहेछ । सार्वजनिक यातायातको भने साह्रै व्यवस्था राम्रो रहेछ । सामान्यतः विना टिकट कोही पनि यात्रा गर्दा रहेनछन् । भाषाको कारणले कतिपय ठाउँमा कुरा बुझ्न मुस्किल पर्ने रहेछ किनभने अंग्रेजीभन्दा पनि नर्वेजियन भाषाको बढी प्रयोग स्वतः हुने नै भयो । तर पनि अंग्रेजीमा सोध्यो भने विस्तारै भए पनि जानकारी दिने कोसिस गर्दा रहेछन् किनभने यहाँका मानिसहरुमा भलाद्मीपन भने छ । नरम छन् र आफ्नो काममा व्यस्त देखिन्छन् ।
एउटा कुराको भने कमी पाइयो —सार्वजनिक शौचालय । सार्वजनिक शौचालय भने सबैतिर उपलब्ध देखिएन । मानिसहरु चर्चमा, ठूला ठूला मलहरुमा र पार्कहरुमा शौचालय जानुपरेमा त्यहाँ कोडमा रहेका ढोका खोल्न पनि सकिने कुरा भएन, र त्यहाँ लेखिएको फोन गर्नुस् , एउटा एस एम एस आउने छ जसमा २० क्रोनर स्वतः काटिने छ, तत्कालै ५ सेकेन्डमा खोल्नुस् भन्ने भद्र सूचना लेखिएको पाइन्छ । करिब ८लाख जति जनसंख्या भएको ओस्लो सहरमा पर्यटकहरुको आवागमन पनि यही ग्रीष्म ऋतुमा हुने रहेछ किनभने वर्षको करिब ५— ७ महिना त हिउँ नै हिउँले ढाकिने ढाउँ हो नि त ।
अहिलेको ग्रीष्म ऋतु नै यहाँको हरियालीको समय पनि हो, फूल फुलेर समग्र ओस्लोलाई रङ्गीचङ्गी फूलमय बनाउने समय पनि हो र यहाँका मानिसहरुले प्रकृतिबाट भिटामिन डी पाउने खास समय पनि हो । घाम लागेको बेलामा सबै चौरहरुमा मानिसहरु सूर्यस्नान गरिरहेका पाइन्छन् । समुद्रको किनारामा मात्र होइन, हरियाली पार्कहरुमा उम्रिएका घाँसहरुमा पनि सूर्यस्नान गरेका दृश्यहरु स्वाभाविक र सामान्य लाग्छन् ।
५.सार्वजनिक यातायातमा बस, ट्राम, मेट्रो या भूमिगत रेल, रेल, ट्रिक (जसलाई नेपालमा पहिले ट्रलीको रुपमा सूर्य विनायकदेखि त्रिपुरेश्वरसम्म चलाइन्थ्यो)र फेरी (सानो जहाज) करिब २१ घण्टा नै व्यस्त देखिन्छन् । एउटै टिकटले निश्चित समयावधिसम्म काम दिन्छ । यातायातको समयको सूचना प्रत्येक स्टेसनमा दिइएको हुन्छ, यतिबेरमा आइपुग्छ भनेर ।
त्यो बेलामा आइपुग्छ नै । भनिएको छ—यदि हाम्रो साधन समयमै नआएर तपाईलाई कतै जान मुस्किल परेको हो भने ट्याक्सी भाडा ५०० क्रोनर दिइने छ । त्यसका अग्रीम टिकट काटेको र मुस्किल परेको प्रमाणसहित कारण भने खुलाउनु जरुरी छ । यातायात संस्थाले आवेदकलाई तत्कालै ट्याक्सी खर्च उपलब्ध गराउँछ ।
सामान्यतः टिकट नकाट्ने कोही हुँदैनन्, कार्डलाई मेसिनमा सँुघाएर वा मोबाइलमा टिकट काटेको प्रमाण देखाएर सबै चढ्छन् । सूचनामा भनिएको हुँदो रहेछ, यदि कतै टिकट जाँच हुँदा वैध टिकट पाइएन भने दण्ड तिर्नुपर्ने छ । चालकबाहेक कोही पनि सहयोगी देखिएन । विधिको पालना सबैले गरेको पाइयो । सबैजना चेकिङ् या कन्ट्रोल आउँछ र विना टिकट किन हिँडेको भनेर सोध्नेछ भनेर डराएका पाइन्छन् तर सबैलाई लाग्दो हो चेकिङ् आओस् वा नआओस्, सेवा लिने भएपछि किन पैसा नतिर्ने र ?
६.र अन्त्यमा, आजको भिजेल्यान्ड वा भिगेल्यान्ड पार्कको कुरा । गुस्ताफ भिगेल्यान्डका २०० ओटाभन्दा बढी नाङ्गा मानिसहरुका मूर्ति ओस्लोको फ्रोग्नर पार्कमा राखिएका छन् जसलाई अहिले भिगेल्यान्ड वा भिजेल्यान्ड पार्क पनि भनिन थालिएको रहेछ । वास्तवमा गुस्ताफको पारिवारिक नाम अर्कै भए पनि उनी आफैँले आफ्नो पारिवारिक नाममा भिगेल्यान्डलाई थपेका रहेछन् ।
१८६९ मा जन्मिएका गुस्ताफको मृत्यु १९४३मा भएको रहेछ र यो पार्कको संरचना पनि उनले नै कल्पना गरेका रहेछन् । ती विश्व प्रसिद्ध मूर्तिकारको १५०औँ वर्ष मनाउन पनि अहिले व्यवस्था भइरहेको रहेछ । नर्वेका जनता गुस्ताफ भिगेल्यान्डको असाधारण सृजनशीलता र सम सामयिक संसारमा उनको बेजोडको मूर्तिकलाप्रति गर्व गर्ने रहेछन् । र हेरौँ उनको मूर्तिकलाका केही असाधारण नमुनाहरु । क्रमशः..
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...