January 16, 2021, Saturday

ओली एक्ल्याउन देउवा–ठाकुर मोर्चाबन्दी

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकारले संसदीय सर्वोेच्चतालाई कमजोर बनाउँदै लोकतन्त्रमाथि नै खतरा उत्पन्न गराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राष्ट्रिय जनता पार्र्टी (राजपा) नेपालबीच सहकार्य हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राजपा संसदीय दलका नेता महन्थ ठाकुरबीच २१ असारमा बूढानीलकण्ठस्थित देउवा निवासमा भएको करिब दुई घण्टा लामो छलफलमा यस्तो सहमति भएको हो । दुवै नेताबीच भएको सहमतिलाई सहकार्य, गठबन्धन वा लोकतन्त्रका लागि सँगसँगै लड्ने, जे भनेर बुझे पनि प्रारम्भमा संसदमा साझा एजेन्डामा सँगै अघि बढ्ने सहमति भएको कांग्रेसका एक नेताले बताए ।

छलफलमा कांग्रेस सभापति देउवासहित राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे, संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँड र राजपाको तर्फबाट ठाकुरसहित राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा र अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सहभागी थिए । लोकतन्त्र खतरामा पर्दा हामीले त्यको रक्षा गर्नको लागि टुलुटुलु हेरेर बस्न नसकी जनताको आवाजलाई सदनमा पुर्याउन सरकारको लोकतन्त्र विरोधी क्रियाकलापको विपक्षमा जाने विषयमा आधारभूत सहमति भएको राजपा अध्यक्ष मण्डलका संयोजक झाले बताए ।

देउवा र ठाकुरबीचको छलफलले संसदमा सभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्रीले निरीह बनाएकोले संसदबाटै सरकारलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको थियो । उनीहरुले सभामुखले सदन प्रतिपक्षको हो भनेर नबुझी सत्ताधारी दलको इसारामा चलेको पनि निष्कर्ष निकालेका छन् ।

स्रोतका अनुसार दुवै दलका नेताबीच भएको भलाकुसारीले प्रधानमन्त्री ओलीले राज्यका महत्वपूर्ण निकायमा आफ्नो प्रत्यक्ष निगरानी राखेको, संसदलाई आफ्नो इसारामा चलाएको र न्यायालयमा हस्तक्षेप र प्रभाव बढाएको निष्कर्ष निकालेको थियो ।

दुवै नेताबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठनका लागि संयुक्त रुपमा पहल गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार सर्लाहीको ईश्वरपुरमा गैरकानूनी ढुंगा गिटी उत्खननबाट बनेको खाल्डोमा परी बालकको मृत्यु भएको र न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएकालाई प्रहरीले मधेसी भएकै आधारमा एसएलआरबाट गोली हानि सरोजनारायण सिंहको हत्या गरिएको विषयमा संसदीय समिति गठन नगरे अवरोध गर्ने सहमति बनेको थियो ।

दुवै दलका नेताबीच २१ असारको सहमतिअनुसार संसदमा माग राखे पनि सभामुख कृष्णबहादुर महरालाई सर्त पूरा नभए सदन अवरोध गर्ने जानकारी नदिएकोले एक दिन पर्खने आन्तरिक सहमति भएको स्रोतले जनायो । २५ र २६ असारमा बसेको प्रतिनिधिसभाको बैठकमा दुवै दलले रोस्ट्रम घेराउ गरेका थिए ।

यसअघि नै २० असारमा कांग्रेस संसदीय दलको कार्यालयमा प्रमुख सचेतक बालकृष्ण खाँड र राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव, अध्यक्ष मण्डलका संयोजक अनिल झाबीच बिहान १० बजेदेखि करिब २ घण्टा छलफल भएको थियो ।

सोही छलफलबमोजिम खाँड र पाण्डे सभापति देउवालाई सो विषयमा जानकारी दिन २० असार शुक्रबारमा बूढानीलकण्ठ पुगेका थिए । सभापति देउवासँग कुरा गरेपछि राजपा नेताहरुलाई शनिबार साँझ ६ बजे गोप्य भेट गर्ने जानकारी टेलिफोनमार्फत गराइएको थियो ।

पहिलो प्रारम्भिक चरणमा भएको सहमतिअनुसार संसदीय समिति गठन नभएसम्म दुवै दलले सदनको कारबाही अवरुद्ध गर्ने र त्यो प्रक्रियाबाट पनि सरकारले नटेरे बहिष्कारसम्मको रणनीति तय भएको स्रोतको दाबी छ ।

राजपा सांसदसमेत रहेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफूहरुको भेट कांग्रेस नेतासँग बेला बेलामा भएको र एजेन्डा मिलेसम्म छुट्टाछुट्टै वा संयुक्त रुपमा सरकारलाई लोकतन्त्र र संघीयता कार्यान्वयनका लागि दबाब दिने विषयमा छलफल भएको स्वीकारे ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ असार ३१, ०८: ०३: ४७

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ असार ३१, ०८: ०३: ४७

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ असार ३१, ०८: ०३: ४७

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP