January 16, 2021, Saturday

भारतबाट आउन थाल्यो पाइपबाट तेल

काठमाडौं । छिमेकी मुलुक भारतबाट अब तेलका ट्यांकरबाट इन्धन आयात गर्नु पर्ने झन्जटबाट नेपाल मुक्त हुने भएको छ । अब भातरको पटनाबाट मोतिहारी हँदै नेपालको अमलेखगञ्जसम्म बिस्तार भएको पेट्रोलियम पदार्थको पाईपलाई बिस्तार र त्यसको सफल परिक्षणबाट अब नेपालमा पाईपबाटै तेल आयात हुने भएको हो ।

नेपाल र भारतबीच तेलको पाईपलाईनबाट इन्धन आयात गर्ने प्रकृया सन १९९५ बाट शुरु भएको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा अन्तरदेशीय पेट्रोलियन पाईपलाईन बिस्तार गर्ने सम्वन्धमा नेपाल भारतबीच समझदारी अर्थात एमओयूमा हस्ताक्षर भएको थियो ।

सो सम्झौता भएको करिव २० बर्षपछि अर्थात सन २०१५ कांग्रेसका प्रधानमन्त्री शुशील कोइराला र तत्कालीन बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाको कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला पाइपलाई निर्माणको प्रतिवद्धता भएको व्यक्त भएको थियो ।

त्यसको केही महिनापछि नै अर्थात अगस्त २०१५ मा नेपाल सरकारका तर्फबाट तत्कालीन राप्रपा नेता एवं वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए ।

त्यही सम्झौताको कार्यान्वयन गर्न शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा २०७४ सालमा दुवै सरकारबीच तीन बर्षभित्रमा सो पेट्रेलियम पाईपालन बिस्तारको कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता भएको १५ महिना अघि अर्थात १५ महिना भित्रै सो ठेक्काको काम सम्पन्न भएको छ ।

भारतको मोतिहारीदेखि भारतको रक्सौलसम्म ३२ दशवलम २५ किलोमिटर र नेपालतर्फ ३७ दशमलव ०५ किलोमिटर लामो पाईप लाईनबाट शुक्रबार नेपालको अमलेखगञ्जमा इन्धन आइपुगेको हो ।

६९ दशमलव २ किलोमिटर लामा यो पाईपलाइनमा १० दशमलव ७५ इन्च व्यास भएका पाईप विछ्याइएको छ । प्रतिघण्टा तीन हजार एक सय किलो लिटर इन्धन नेपालमा आउने क्षमता छ । भारतबाट नेपाल इन्धन ल्याउन सात सय ट्यांकर संचालनमा छन् । अब नेपालमा अमलेखगञ्जमा पाईपलाईन संचालन भए पछि एकै पटकमा २४ वटा ट्यांकरले इन्धन भर्न सक्छन भने दैनिक तीन सय ट्यांकरले इन्धन लोड गर्न सक्छन् ।

इन्धन भण्डारणको लागि नेपाल सरकारले अमलेखगंजमा ४१ लाख किलोलिटरका २ वटा र ३९ लाख किलोलिटरका दुई वटा ट्यांकी निर्माण गरेको छ । भारत सरकारको दुई अर्ब रुपैयाँ र नेपाल सरकारको ७५ करोड रुपैयाँको लागतमा निर्माण भएको यो पाईपलाइन संचालन भएबाट बार्षिक २ अरब भन्दा वढी रकम बचत हुन्छ ।

ढुवानी गर्दा बोर्डरमा हुने दैनिक २०० ट्रक को जाम, प्रदुषण कमहुने साथै ढुवानी समय बचत हुने, तेल चोरी पुर्ण रुपमा नियन्त्रण हुने र इन्धन संकलन केन्द्रबाट पाइपको माध्यमबाट आउने तेलको सुद्दतापनी कायम हुने विश्वास गरिन्छ । नेपालमा दैनिक ५० हजार किलोलिटर पेट्रोल, एक सय ८० हजार किलो लिटर डिजेल र २० हजार किलोलिटर हवाई इन्धन खपत हुने गरेको छ । पाईपलाईन बिस्तारसँगै नेपालले बार्षिक ९० करोड रुपैयाँ बचत गर्ने देखिन्छ ।

बुधबार विहारको मोतिहारीबाट पठाइएको ३१ हजार किलो लिटर डिजेल शुक्रबार बिहान १० बजे अमलेखगञ्ज आईपुग्दा करिव एक हजार किलो लिटर झरेको थियो । वाँकी २ हजार किलो लिटर डिजेल भने पाईपलाईनमै अड्किएर बसेको छ । यसअघि परिक्षणकै लागि भनेर मोतिहारीबाट पठाइएको पठाइएको ६ हजार लिटर पानी सफलतापूर्वक अमलेखगंज आएको थियो ।

हाल पाईपलाईनबाट डिजेल मात्र आएको छ । पेट्रोलको लागि अर्को सम्झौता गर्नु पर्ने देखिन्छ ।
नेपालले गत आर्थिक बर्षको ११ महिनामा एक खर्ब ९७ अर्बको इन्धन आयात गर्ने गरेको छ । नेपाल र भारतका प्रधानमन्त्रीले यो पाईपलाईनको औपचारिक उद्घाटन गरेपछि मात्र व्यवसायिक रुपमा इन्धन भारतबाट नेपाल आउने नेपाल आयल निगमले जनाएको छ ।

यसका लागि नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पत्राचार गरेको छैन् । दुवै देशका प्रधानमन्त्रीको समय लिएपछि मात्र उद्घाटन हुने मिति निर्धारण हुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ श्रावण ६, ०९: १५: १७

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ श्रावण ६, ०९: १५: १७

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ श्रावण ६, ०९: १५: १७

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP