November 28, 2020, Saturday

प्रधानमन्त्रीको ट्विट बारम्बार गल्ति

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बारम्बार हुने गल्तिका कारण उनको सचिवालय कति कमजोर रहेछ भन्ने देखाउन थालेको छ । देशको घरेलु मामिला भन्दा पनि कुटनीतिक क्षेत्रमा यस्तो त्रुटीलाई गम्भिर मानिन्छ । प्रधानमन्त्रीको सचिवालयमा जनशक्तिको अभावले यस्तो कमजोरी भएको भने होइन ।

सचिवालयमा धेरै जनशक्ति हुने तर जिम्मेवारी लिने निश्चित व्यक्ति नतोकिँदा यस्तो हुने गरेको बालुवाटार श्रोतले बतायो । बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिने क्रममा एकैपटक दुई वटा गल्ती भएका छन् ।

प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोनसनको थिएन । यतिमात्रै होइन, ट्विटरमा प्रयोग गरिएको भाषामा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजम्सनको हिज्जे नै गल्ति लेखिएको छ । पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि सच्याइएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन् । यिनै विज्ञका कारण यस्ता गल्ती दोहोरिने गरेका छन । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो र लज्जाबोध हुने गरेको बालुवाटारतिर नेताले गुनासो गर्न थालेका छन् ।

यस्तो गल्ति गर्नेलाई प्रधानमन्त्रीले सचेत र कारबाही समेत नगर्दा यस्तो हुने गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रुपमा पत्रकारिताका उपप्रध्यापक डा. कुन्दन अर्याल छन् । उनी प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार बिषयमा अध्यापन गराउँछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले केही समय अघि ट्वीट मार्फत छौंडा छोडेकाहरु भनी आलोचना गर्दा समेत प्रधानमन्त्रीले सचेत नगराउँदा सामाजिक संजालको प्रयोगमा अनुशासन र नैतिकता देखिएको छैन ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ श्रावण १३, १०: ३७: ५३

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ श्रावण १३, १०: ३७: ५३

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ श्रावण १३, १०: ३७: ५३

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

भर्खरै

TOP