November 26, 2020, Thursday

प्रमुख प्रतिपक्षी दलको अन्तरद्वन्द्व

लोकतान्त्रिक शासन पद्धति अनुसार राज्य सञ्चालन गर्ने कुनैपनि मुलुकमा पक्ष र विपक्षी दलको भुमिका उल्लेखनीय हुन्छ । बहुदलीय शासन पद्धति अनुसार बहुमत प्राप्त दलले सरकार चलाउँछ भने त्यसभन्दा पछिको प्राप्त जनताको मताधिकार अनुसार प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारले गरेको राम्रा कामको प्रसंशा र नराम्रा कामको प्रश्न उठाउने जिम्मा प्रतिपक्षी दललाई हुन्छ । अहिले हाम्रो देश नेपालमा नेकपा पार्टीले सरकार हाकिरहेको छ भने पुरानो लोकतान्त्रिक पार्टी काँग्रेस प्रमुख प्रतिपक्षी दलको भुमिकामा रहेको छ ।

प्रमुख प्रतिपक्षी दलको भुमिकामा रहेको काँग्रेसको इतिहास हेर्ने हो भने लोकतान्त्रिक परिपार्टीको मूल्य–मान्यता सबैभन्दा बढी काँग्रेसले नै अनुशरण गरेको देखिन्छ । पार्टी स्थापना कालदेखि २०७४ सालको आम निर्वाचनसम्म बहुदलीय प्रतिस्पर्धालाई आत्मसात् गर्दै आएको काँग्रेस आन्तरिक व्यवस्थापनका कारण निर्वाचनमा नराम्ररी हार खाँदा पनि चेतेको देखिदैन ।

सँधै आन्तरिक द्धन्द्धलाई व्यवस्थापन गर्न नसकेका कारण पार्टीभित्रको रणनीति छताछुल्ल पार्दै महासमिति बैठकपछि पटक–पटक बसेको केन्द्रीय समितिको बैठक पनि विवाद रहित हुन सकेन । यस पटक असार २२ गतेदेखि १४ बुँदे एजेण्डामा छलफल गर्न बसेको केन्द्रीय समिति महिना दिनसम्म दुई ओटा विषयमा पनि टुङ्गोमा पुग्न सकेको छैन ।

विधानअनुसार खुल्ला छलफल गर्नका लागि बनाइएको केन्द्रीय समितिलाई समेत काँग्रेसभित्रको गुट–उपगुटले छायाँमा पार्दै आएको छ । गुट–उपगुटका कारण मात्र नभई केन्द्रीय समितिका नेताहरु कुन नेता नजिक हुँदा आफ्नो पद सुरक्षित हुन्छ भनेर लाग्दा नै काँग्रेसभित्रको आन्तरिक समस्या बढ्दो छ ।

लोकतन्त्रको शासन प्रणालीमा प्रमुख प्रतिपक्षी दलको भुमिकामा बसेको पार्टीको अवस्था यस्तो हुनुहुँदैन । असार २२ गतेदेखि आन्तरिक व्यवस्थापनलाई मजबुत बनाउन भनेर बोलाइएको बैठक आजका दिनसम्म एउटा निर्णयमा पनि नपुग्नु नेताहरुको पद लोलुपता र सँधै पार्टीभित्र पदासिन भइरहने रणनीति मात्र हो भन्ने बुझिन्छ । नेपालको ठुला दलहरुको ठुला नेताहरुमा देखिएको पदको एकलकाटे प्रवृतिका कारण लाखौं युवाहरुमा राजनीतिक चाख घट्दो छ ।

यही कारणले पनि युवा शक्तिहरु विदेश पलायन हुन बाध्य छन् । राजनीतिक आस्था जगाउने भन्दा पनि पार्टीभित्र आफ्नो गुट बलियो पार्ने रणनीतिहरु बढ्दै जाँदा राजनीतिमा युवाहरुको आकर्षण घट्दै छ । अहिले सत्तारुढ दलमा पनि गुट–उपगुटको जरो बलियो बन्दै गएको छ भने काँग्रेसभित्र झनै मौलाइसकेको छ । यसो हुँदा लोकतन्त्रको संस्थागत विकास भन्दा जगमानै धमिरा लाग्ने सम्भावनाहरु बढ्दै गएका छन् । त्यसैले ठुला दलका ठुला नेताहरुले आफु केन्द्रीत भन्दा पनि लोकतन्त्र बलियो बनाउन प्रमुख भुमिका खेल्नु अहिलेको आवश्यकता हो ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७६ श्रावण २०, ०६: ५४: ३४

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७६ श्रावण २०, ०६: ५४: ३४

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७६ श्रावण २०, ०६: ५४: ३४

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP