November 25, 2020, Wednesday

जनताको मौलिक अधिकारको जिम्मेवारी सरकारलाई

काठमाडौँ । संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । यसभन्दा अगाडि खानेपानीमन्त्री बीना मगरले सो प्रस्ताव बैठकमा प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावका सम्बन्धमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री मगरले जनताका मौलिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकारको जिम्मेवारी भएको बताइन् । मन्त्रीले संघीय सरकार आफ्नो अधिकारअन्तर्गत रहेर जिम्मेवार पूरा गर्न दृढ रहेको उल्लेख गर्दै पानीका स्रोत र मुहान संरक्षणमा सबैको सहयोग र भूमिका उत्तिकै महत्वपूर्ण हुने बताईन् ।

बैठकमा ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६’ पारित गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव राखेका थिए । उक्त विषयमा सभामुख कृष्णबहादुर महराले कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए ।

भारतीय नेतृ स्वराजको निधन

काठमाडौं । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ ।

‘नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उनले खेलेको भूमिका र उनीसँग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको बताएको छ ।’

राप्रपा अध्यक्ष कमल थापाले जारी गरेको विज्ञप्तिमा सुष्मा नेपालको असल मित्र र शुभेच्छुक रहेको उल्लेख गरेका छन् । राप्रपाले विज्ञप्तिमा ‘दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु’ साथै ‘शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ भनी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु
भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु
  • २०७६ श्रावण २२, १०: ३२: १२

एजेन्सी नयाँदिल्ली – भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य
काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य
  • २०७६ श्रावण २२, १०: ३२: १२

एजेन्सी, टोकियो- जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै...

भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
  • २०७६ श्रावण २२, १०: ३२: १२

नयाँ विकल्प नयाँदिल्ली – भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी...

भर्खरै

TOP