November 24, 2020, Tuesday

मनोज ठाकुर भारतमा पक्राउ परेपछि महन्थ ठाकुरको निद हराम

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता महन्थ ठाकुरका खास मान्छे भनिएर चिनिएका एक कार्यकर्ता भारतमा बैंक डकैती, चोरी र ठगी काण्डमा पक्राउ परेका छन् । महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नम्बर १ एकरहियाका मनोज ठाकुर पक्राउ परेपछि नेता ठाकुर समेत दुखित भएका छन् । मनोजलाई महन्थ ठाकुरले प्रदेश निर्वाचनका बेला प्रदेश सांसद बनाउन समानुपातिक सूचीमा राखेका थिए ।

पूर्वसांसद केदारनन्दन चौधरीको दवावमा महन्थ ठाकुरले मनोज ठाकुरलाई प्रदेश २ को समानुपातिक सांसदको सूचीमा राखेको त्यस बेला चर्चा भएको थियो । महन्थ ठाकुर र केदारनन्दन चौधरीले मनोज ठाकुरसँग पैसा लिएर समानुपातिकको सूचीमा राखेको आरोप लाग्दै आएको छ । तर, राजपाको भोट कम आएपछि मनोज ठाकुर प्रदेश सांसद बन्न पाएनन् । उनलाई प्रदेश सासद बनाउन राजपाका अर्का नेता अनिलकुमार झाले पनि प्रयास गरेका थिए ।

प्रदेश सांसद बन्न नसकेपछि भारतीय नागरिकहरूसँग मिलेर नेपाल र भारत दुबैतिर मनोज ठाकुरले ठगी धन्दा चलाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मनोज ठाकुरसहितको चार जनाको गिरोहर्लाइ भारतको उत्तर प्रदेश प्रहरीले बैंकमा ठगी र जालसाजी गरेर ऋण लिएको अभियोगमा पक्राउ गरेको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले बुधबार एसटीएफको नोएडा यूनिटले बैकमा जालजासी र चोरी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।

मनोज ठाकुरसहितका चार जनालाई पक्राउ गरेको विषयलाई उत्तर प्रदेश स्पेशल टास्क फोर्स (एसटीएफ) ले ठूलो उपलब्धी भएको जनाएको छ । एसटीएफको नोएडा यूनिटले बैकमा जालजासी गरेर ऋण लिने गिरोहको पर्दाफास गरेको छ । पक्राउ पर्नेमा मनोज ठाकुर, संजय ठाकुर, अनिमेश ठाकुर र अजीत शर्मा छन् । पक्राउ परेका मध्ये अजीत शर्मा मात्रै विहारका हुन् । अरु तीन जना नेपाली मनोज, संजय र अनिमेश ठाकुर दाजुभाई हुन् ।

लामो समयदेखि यो चार जनाको समूह नोएडामा ठगी धन्दामा सक्रिय थियो । यो समूहले पहिला एउटा फर्जी कम्पनी बनाएका थिए । सोही कम्पनीमार्फत उनीहरूले बैंकमा ठगी धन्दा चलाउँदै आएका थिए । यो समूहले आईसी आईसीआई बैंकबाट भारु २ करोड र सिटी बैंकबाट १० लाख भारतीय रुपियाँ ऋण लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

दुई करोड दश लाख भारतीय रुपियाँ ठगी गरेको अभियोगमा ती चार जनाविरुद्ध नोएडा सेक्टर २० को थानामा एफआईआर दर्ता गरिएको छ । यसका अलावा यो चार जनाको गिरोहले दर्जनौं बैंक र फाइनान्स कम्पनीहरूमा पनि नकली दस्तावेजका आधारमा करोडौं भारतीय रुपियाँ ठगी गरेको खुलेको छ ।

भारतीय पुलिसले ती चार जनाको नाममा बैंकमा रहेको खाताको भारु २२ लाख रुपियाँ लाख फ्रीज गरिदिएको छ । यो गिरोहसँग रहेको २२ हजार नगद बरामद भएको छ । यो चार जनाको गिरोहसँग नेपालका केही सक्कली र केही नक्कली दस्तावेजहरू पनि बरामद भएका छन् । बरामद भएका दस्तावेजहरूमा एक थान नेपाली पासपोर्ट, २ वटा नेपाली नागरिकताको प्रमणपत्र र ६० हजार नेपाली रुपियाँ रहेका छन् ।

पक्राउ परेका तीन दाजुभाईको साथबाट प्रहरीले नेपालका ४२ प्यान कार्ड, ८ आधार कार्ड, २४ मतदाता कार्ड, ५६ वटा डेबिट कार्ड, ५६ वटा क्रेडिट कार्ड, २१ वटा बैंकको पास बुक, ४४ वटा चेक बुकसहित विभिन्न सरकारी कार्यालय र विभाग तथा बैंकका १७ वटा नक्कली छापहरू उनीहरुबाट बरामद गरेको छ ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७६ श्रावण २७, ०९: ०६: २७

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७६ श्रावण २७, ०९: ०६: २७

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७६ श्रावण २७, ०९: ०६: २७

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP