November 29, 2020, Sunday

नयाँ पत्रिका सुमार्गीले तत्काल नकिन्ने, पत्रकारको छटपटि रोकियो

काठमाडौं । चर्चामा आइरहने व्यपारी अजयराज सुमार्गीले कृष्णज्वाला देवकोटाले संचालन गर्दै आएको नयाँ पत्रिका दैनिक तत्काल नकिन्ने भएका छन् । तीन महिनाअघि सुमार्गीले बिनोदराज ज्ञवलीले संचालन गरेको नागरिक किन्ने बारेमा छलफल भएको थियो ।

तर, पैशामा कुरा नमिलेपछि सुमार्गीले नागरिक नकिन्ने निश्कर्ष निकालेका थिए । बिनोद ज्ञवलीले पहिले नागरिकसहित रिपब्लिका अंग्रेजी दैनिकसहित २ अर्ब मागेका थिए ।

तर, ज्ञवलीले पछि गएर छोरी र श्रीमतीसँगको सल्लाहमा अंग्रेजी दैनिक भने नबेच्ने भनेपछि सुमार्गी सशंकित भएका थिए । सुमार्गीले दुई अर्ब रुपैयाँको डिमान्ड डबल गरेको भन्दै एक अर्बसम्ममा खरिद गर्ने संकेत दिएका थिए । तर ज्ञवालीले २ अर्बभन्दा तल नघट्ने बताएपछि सुमार्गी पछि हटेका थिए ।

एकमहिना अघि मात्र सुमार्गीले इञ्जिनियर इच्छाराज तामाङको स्वामित्वमा रहेको सुन्धारास्थित नागरिक भाडामा बसेको भवनसहित सीटीसी मल एक अर्ब ३० करोडमा खरिद गरेका थिए । उपयुक्त दैनिक प्रिन्ट मिडियाको खोजिमा लागेका सुमार्गीको आँखा सीटीसी मल खरिद गरेको एक महिना नपुग्दै नयाँ पत्रिका दैनिकमा आँखा लगाएका थिए । बिसालनगरस्थित फ्रान्सेली दुतावासको तीनसय रोपनी जग्गा खरिद गरेका सुमार्गीले नेपाल बंगलादेश बैंकलाई आनाको ७८ लाख रुपैयाँका दरले केही रोपनी जग्गा विक्री गरेका थिए ।

नयाँ पत्रिका दैनिक खरिद गर्न सुमार्गीले एक अर्बबाट वार्गेनिङ शुरु गरेका थिए । तर कृष्णज्वाला देवकोटाले तीन अर्बबाट बार्गेनिङ शुरु गरेपछि सुमार्गी फेरि नयाँ पत्रिका किन्ने चक्करबाट पछि हटेका हुन् । दैनिक पत्रिकामा चर्चा र हल्ला गर्न सफल भए पनि विगतको तुलनामा नाफा घट्न थालेको र ओली सरकारले पत्रिकाको आम्दानीमा समेत आय कर लगाउन थालेपछि देवकोटा झस्किएका हुन् ।

अनलाईन मिडियाको बढ्दो प्रभाव, विस्तार र लोकप्रीयताका कारण प्रिन्ट मिडियावको बजार खुम्चँदै गएको रिडिङ गरेका देबकोटाले नयाँ पत्रिका बेचेर झन्जटबाट मुक्त हुन चाहेका थिए । सुमार्गीले प्रस्ताव गरेपछि पक्कै कुरा मिल्ने आशा गरेका देवकोटाले २ अर्बसम्म सुमार्गीले दाम गरे नयाँ पत्रिका बेच्ने सुर कसेका थिए । तर, उनले वाहिर भने ३ अर्ब मूल्य राखेको कुरा बताएका थिए ।

देवकोटाले अनलाईन चलाउनको लागि युवा पत्रकार सिताराम बराललाई सम्पादकमा नियुक्त गरी नयाँ पत्रिका रहेकै भवनको अर्को तला भाडामा लिइसकेका छन् । बरालले अनलाईनको लागि मध्यम खालको जनशक्ति खोजी गर्न थालेका छन् । आगामी असोजसम्ममा त्यो अनलाईन लञ्च गर्ने देवकोटाले योजना बनाएका छन् ।

सुमार्गी आएपछि आफ्नो जागिर के होला भनेर छटपटिएका पत्रकारहरुलाई शान्त गर्न देवकोटाले यसैसाता मात्र दूरसंचार कर सुमार्गीले नतिरेको सम्वन्धी एउटा समाचार पहिलो पेजमै प्रकाशित गरेर सुमार्गीसँगको पत्रिका बेच्ने सम्भावना तत्काल टरेको सन्देश दिएका थिए । नयाँ पत्रिकामा काम गर्ने पत्रकारलाई सुमार्गीले पत्रिका खरिद गरेपछि आफ्नो हैसियत के र कस्तो हुने भन्ने त्रासमा छटपटीमा परेका थिए । छटपटीमा परेर सम्भावित नयाँ साहू र सम्पादकसँग सम्वन्ध बढाउन थालेका केही पत्रकारको प्रयास निरर्थक हुने भएको छ ।

केही पत्रकारले त थाहाखबर डट कमका सम्पादक तीर्थ कोइरालासँग भेटेर चाकडी समेत बजाएका थिए । सुमार्गीले नयाँ पत्रिका किन्नुअघि नै सम्पादक को बन्ने भन्ने बिषयमा सम्पादकहरुबीच लिगलिगे दौड शुरु भएको थियो । अजयराज सुमार्गीले थाहाखबर डट कममा सम्पादक तीर्थ कोइरालालाई सम्पादक बनाउन खोजेका छन् भने उनका केही सहयोगीले कोइरालाको सट्टामा सुधिर शर्मालाई सम्पादक बनाउन सुझाव र दबाब समेत दिएका थिए । सुमार्गीले नयाँ पत्रिका किन्ने बिषयमा छलफल चलिरहेको तर अन्तिम निर्णय भइ नसकेको सुमार्गी निकट एक व्यवसायीले बताए ।

बालुवाटारे अनलाइन विवादमा
प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ भएर ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम संचालन गरी चर्चामा आएका मनोज पाण्डेको नेतृत्वमा नयाँ देखापाटी अनलाइन आउने भएको छ । जनतासँग प्रधानमन्त्री कार्यक्रम निकै बिबादमा परेपछि एक बर्षसम्म चलेर बन्द भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सल्लाह बमोजिम नेकपा महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले पाण्डेलाई सम्पादक बनाएर अनलाईन संचालनमा ल्याउन आर्थिक संकलन समेत गरिसकेका छन् । केही व्यापारी र कारोबारीले त्यसमा लगानी गर्ने आश्वासन दिएपछि पाण्डेसँगकै सल्लाहमा हिमाल खबर पत्रिकाबाट रामेश्वर बोहोरालाई पनि ल्याइएको छ । बोहोरा यतिवेला अक्षर पाटी डट कमको आन्तरिक डिजाइन, जनशक्ति र स्रोतको परिचालन र व्यवस्थापनको योजनामा व्यस्त हुन थालेका छन् ।

प्रधानमन्त्रीको सुझाव र सल्लाह बमोजिमा खोल्न लागिएको अक्षर पाटी डट कमले केही व्यवसायीबाट रकम संकलन गरेको हल्ला वाहिर आएपछि प्रधानमन्त्री ओली निकटका पत्रकार तथा प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले समेत विरोध गरेका छन् । उनले अक्षरपाटी डट कमको नामै नलिइ प्रधानमन्त्रीको नाम लिएर कोही पैशा उठाउन आएमा नदिन सामाजिक संजालमार्फत आग्रह समेत गरेका थिए ।

एक बर्षअघि मात्र नेपाल सयम डटकमको समाचार सम्पादकबाट राजिनामा दिएका उपेन्द्र पोखरेल यसवीचमा तीन मिडिया चहारी सकेका छन् । उनी नेपाल समयबाट हिमाल खबर पत्रिका गएको करिव एक बर्ष नपुग्दै आर्थिक अभियान दैनिकमा डेक्स हेर्दै आएका थिए । यसैसाता मात्र पोखरेल नयाँ पत्रिकामा संलग्न भएका छन् ।

थाहा खबर डटकमका सम्पादक अर्जुन खड्काले त्यहाँबाट राजिनामा दिएर ऋषी धमलाले चलाएको टेलिभिजन प्राईम टाईम गएपछि उनको ठाउँमा तीर्थ कोइरालाले अन्नपूर्णतिर काम गर्ने ज्ञानेन्द्र खड्कालाई लगेका छन् । यता नेपाल समयका सम्पादक विष्णु सुवेदी साउन महिनाबाट बिदा भएर अन्नपूर्ण पोष्टको अनलाईनमा पुगेका छन् । सुवेदीको ठाउँमा नेपाल समयका मालिक विश्वनाथ साहले हिमाल खबरबाट आएका पत्रकार सञ्जिव शर्मा नेपाल समयको सम्पादक बनाएका छन् ।

उता नागरिकबाट भने पत्रकार बिच्किने क्रम रोकिएको छैन् । तीन, चार महिनासम्म पनि तलव दिन छाडेपछि नागरिक दैनिक छोडेर पत्रकारहरु अन्यत्र लागेका हुन् । नागरिकमा यतिवेला पत्रकारको खाँचो पर्न थालेका छ । तर, त्यहाँ कार्यरत पत्रकारहरु दिउँसो अन्य अनलाईनमा काम गरेर मात्र बेलुकी नागरिकको कार्यालय जान थालेको चर्चा छ । यसरी दुईवटा मिडियामा काम गर्नेमा राजधानीका पत्रकारको सख्या धेरै छ । राजधानीमा काम गर्ने अधिकांश पत्रकार दिउँसो अनलाइनमा काम गर्ने गरेकोले कारबाही गर्न भन्दै मिडियाका मालिक महेन्द्र शेरचनले सम्पादक सागर पण्डितलाई भन्न थालेका छन् ।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७६ श्रावण २७, ०९: ३९: ०३

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७६ श्रावण २७, ०९: ३९: ०३

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७६ श्रावण २७, ०९: ३९: ०३

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP