November 24, 2020, Tuesday

प्रकाशमानसहित कांग्रेसका तीन नेता अस्पतालमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित तीन नेताहरू बिरामी भएपछि अस्पताल भर्ना भएका छन । सिंहसहित पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री लिला कोइराला र पूर्वराज्यमन्त्री तप्तबहादुर विष्ट बिरामी भएपछि अस्पताल भर्ना भइ उपचार गराइ रहेका छन् ।
सिंहको नख्खुस्थित मेडिसिटी अस्पतालमा विगत पाँच दिनदेखि उपचार भइरहेको छ ।

डाइविटिजका कारण युरिनमा समेत समस्या भएपछि सिंहको स्वास्थ्य परिक्षण मेडिसिटीमै भइरहेको छ । सिंहको डाइविटिज अझै व्यालेन्समा नआइसकेपछि केही दिन अस्पतालमा चिकित्सककै निगरानीमा उनको उपचार गरिने भएको हो । पार्टी कार्यक्रमको शिलशिलामा देशब्यापी दौडाहामा निश्किएका सिंह धपेडीमा परेको आशंका गरी घरमै आराम गरिरहेका थिए । तर, निवासमै बसेर स्वास्थ्य लाभ हुने नदेखेपछि उनलाई मेडिसिटी लगिएको थियो ।

त्यस्तै, शहिद सरोजप्रसाद कोइरालाकी पत्नी तथा कांग्रेस नेतृ लीला कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उहाँहरुलाई भेट्न नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सासद डा. डिला संग्रौला लगायतलेका नेताले भेटेका छन् ।

कांग्रेसका अर्का नेता विष्टको पनि नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ । यसै साता मात्र नेपालगञ्जबाट काठमाडौं आउनेक्रममा बिष्ट बुद्ध एयरको जहाजमै बहोस भएका थिए । उनलाई हवाई चालकले काठमाडौं नल्याइ भैरहवा विमानस्थलमै अवतरण गराई एम्बुलेन्सको व्यवस्था गर्न लगाइएको थियो । बिष्टलाई भैरहवाको नेसनल अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाडौं नै ल्याइएको थियो ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ श्रावण २८, ०९: ०८: ३७

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ श्रावण २८, ०९: ०८: ३७

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ श्रावण २८, ०९: ०८: ३७

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP