November 28, 2020, Saturday

क्याप्टेन दधिरामको अन्तरमनको “आकाश यात्रा” लोकार्पण

क्याप्टेन दधिराम निरौलाको पुस्तक आकाश यात्रा आजदेखि बजारमा आएको छ । पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य, निरौला पत्नी विना लगायतले गगरेको थिए ।

कार्यक्रममा प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो विमोचन गरेको बताए । ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ ।’
क्याप्टेन कोश कुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुन्छन् । त्यो कुरा क्याप्टेन निरौलाले यस पुस्तकमा लेखेकोले पुस्तक रोमाञ्चक रहेको बताए ।

प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालले नेपालमा मानवजीवनको दस्तावेज बनाउन आफूहरुले सुरु गरेकोले पूर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताए । ‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ । त्यो काम दधिराम निरौलाले गरेकोमा खुशी लागेको छ ।’

क्याप्टेन पत्नी विना निरौलाले पाइलटको जीवन आकाशमा हुने पत्नीको जीवन धर्तीमा हुने हुनाले सधँै लागेको डरको पनि यो पुस्तक दस्तावेज भएको बताए । पाइलटको जीवन परिवारको लागि एकदमै कम हुँदाको असन्तुष्टि भए पनि किताब बन्दा खुसी लागेको छ ।

लेखक दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ । तपाईँ किताब लेख्नुस् भन्ने पूर्व गभर्नर गणेश बहादुर थापाको भाइले प्रेरित गरेर र घोस्ट राइटिङ नेपालले करबल गरेर जीवनको पुस्तक बनाएको बताए । आफ्नो बेलाको पाइलटको दुख संघर्षको साथै आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा संघर्ष र अनुभूति राखिएको हो ।

कार्यक्रममा प्रोफेसर निरौला, लेखक नातिना सारांशा र … ले र हवाई क्षेत्रका रोशन श्रेष्ठ लगायतले पुस्तक र लेखकको बारेमा प्रकाश पारेका थिए ।

पुस्तकको एउटा रोचक अंशः
छैठौ “इन्द्रियले काम गरेका धेरै उदाहरण छन् । अर्को एउटा घटना सम्झन्छु, जतिबेला म शानेवानिमै कार्यरत थिएँ । अमेरिकाको युनाइटेड एयरलाइन्समा त्यसबेला बोइङ ७२७ को कमाण्ड टेनिङ चलिरहेको थियो । मेरै ब्याचका अभिन्न मित्र क्याप्टेन प्रमोदराज पाण्डे र म कमाण्ड टेनिङका लागि अमेरिका गएका थियौ ।”

तालिम सकिएपछि ‘चेक राइड’ गर्नुपर्ने भयो । जसले तालिम दियो उसैले चेक गर्दैनथ्यो । चेक गर्ने अर्कै व्यक्ति हुन्थे । मेरा मित्र क्याप्टेन प्रमोदराज पाण्डेको स्मरण शक्ति मेराभन्दा तगडा थियो । उनलाई पाकिस्तानमा पढ्दादेखि नै ‘फोटोग्राफिक मेमोरी भएको विद्यार्थी’ भनेर गुरुहरु नै भन्नुहुन्थ्यो । कक्षामा पढाएको एक एक कुरा उनलाई कन्ठै हुन्थ्यो ।

चेक गर्नुअघि एक घण्टासम्म मौखिक परीक्षा लिइन्छ । मौखिक परीक्षामा अनेक प्रश्नहरु सोधिन्थ्यो । प्रमोदले ती प्रश्नहरुको फटाफट उत्तर दिए । म चाहिँ कतिपय प्रश्नमा अड्किइरहेको हुन्थे “प्रमोदले जवाफ दिएपछि मात्र म पनि सोही जवाफ दिन्थे ।”

करिब ४५ मिनटपछि एक्जामिनरले क्याप्टेन प्रमोद र अर्का फ्लाइट इन्जियनरलाई बिदा दिए । मसँग चाहिँ प्रश्न सोधिरहे । मेरो त सातो पुत्लो उड्यो । एक्लै प्रश्नहरुको जवाफ दिनुपर्दा झन् नर्भस भएँ । नर्भस भएपछि झन् प्रश्नको ठिक ठिक उत्तर दिन नसक्ने भएँ । अब यिनले मलाई फेल गर्ने भए भन्ने लाग्यो ।

सायद यही दबाबका कारण हुनसक्छ, म कसरी त्यो अप्ठ्यारो अवस्थाबाट उम्कने भनेर सोच्न थाले । “मेरो छैठौ” इन्द्रियले काम गर्न थालेछ क्यार । हरेक प्रश्नको मैले ठिक ठिक उत्तर दिएँ । पन्ध्र मिनटसम्म उनले प्रश्न सोधिरहे, मैले सही जवाफ दिइरहे” अनि उनले ‘ल ठिक छ’ भनेर मलाई मौखिक परीक्षामा पास गरिदिए । अनि हामी फ्लाइङमा ग¥यौ” ।

क्याप्टेन प्रमोद र फ्लाइट इन्जिनियरलाई म फेल भएँ भन्ने लागिरहेको रहेछ । मुसुमुसु हाँसिरहेका थिए । ‘एक्जामिनरले कत्तिको हाराभारा पारे त ?’ प्रमोदले सोधे ।

‘जतिसुकै अत्याउन खोजे पनि मैले सबै प्रश्नको उत्तर भनिदिएँ’, मैले भने । “समूहगत रुपमा सोधेको भए सायद मलाई ती प्रश्नहरुको उत्तर आउँदैनथ्यो । एक्लै भएका बेला आफँैले सामना गर्नुपरेपछि मेरो छैठौ” इन्द्रियले काम ग¥यो । प्रमोद मलाई भन्थे, ‘टेक्निकल ज्ञानमा तिमी मलाई भेट्न सक्दैनौ, तर फ्लाइङमा म तिमीलाई भेट्दिनँ ।’

मैले जहाज उडाउँदा पनि छैठौ “इन्द्रियले करामत गरेको छ । एक पटक बोइङ ७५७ मा काठमाडौंबाट ढाका हुँदै हङकङ गइरहेका थियौ ।” नेपालको विमानस्थल तिनताक राति दस बजे नै बन्द हुन्थ्यो । हङकङको विमानस्थल चाहिँ विहान ६ बजेपछि मात्र खुल्थ्यो । हामीले काठमाडौंबाट विमान हङकङको एयरपोर्ट खुल्ने मौका पारेर उडाउनुपथ्र्यो ।

यसैले मैले राति १० बजे काठमाडौंबाट जहाजलाई ढाका अवतरण गराएँ । केहीबेर कुरेपछि हङकङ विमानस्थल खुल्ने समय पारेर ढाकाबाट टेकअफ गरे । “त्यसबेलाको रुट भनेको ढाका, चिटागाउँ, म्यान्मार, कुन्मिङ र ग्वान्जाउ हुँदै हङकङसम्म थियो । हामी चिटागाउँ र म्यान्मार हुँदै चीनको कुन्मिङतिर लाग्यौ”, मौसम एक्कासी खराब भयो ।

हामीले खराब मौसमबाट बचाउँदै जहाजलाई अघि बढाइरहेका थियौ । “जति अगाडि बढयो, मौसम उति खराब । हङकङ जान नसके या त फिलिपिन्सको मनिला या ग्वान्जाउमा अवतरण गर्नुपर्ने हुन्थ्यो । हामीले त्यतिबेलासम्म विकल्प सोचेका थिएनौ”, विस्तारै पार गर्दै गएपछि हङकङ पुगिहालिन्छ नि भनेर हामी अघि बढिरहेकै थियौ ।

ग्वान्जाउ पुग्दा मौसम झन् खराब रहेछ । चट्याङसहित भारी वर्षा भइरहेको रहेछ । जहाज हल्लाइरहेको थियो । यात्रुहरु पनि आत्तिन थालिसकेका थिए । कसो कसो ग्वान्जाउ छिचोलेर हङकङको टावरसँग सम्पर्क गरियो । त्यहाँ त झन आँधी र तुफान (Thundertsorm) नै चलिरहेको रहेछ । बाहिरबाट आँखाले हेर्दा आकाशमा चारैतिर घना बादल र बिजुली चम्किएको मात्र देखिन्थ्यो ।

हङकङको कन्ट्रोलभित्र प्रवेश गरेपछि के थाहा भो भने हामीभन्दा पहिलेका चार–पाँच वटा जहाजहरु पनि खराब मौसमका कारण अवतरण गर्न नसकि हङकङको आकाशमै चक्कर लगाइरहेका रहेछन् । धन्न, अत्याधुनिक वेदर राडारले हामीलाई कुन उचाइ र कुन दिशामा उड्ने भनेर संकेत गरिरहेको थियो । मौसमको अवस्थाबारे जानकारी दिइरहेको थियो । हामी चक्कर लगाइरहेका थियौ ।”

हङकङको वेदर कहिले सुधार हुन्छ भन्ने ठेगान थिएन । कहाँ जाने, कता जाने भन्ने भयो । ग्वान्जाउतिर जाउँ, उताको वेदर पनि उस्तै खराब थियो, हङकङमा अवतरण गर्न सकिने अवस्था भएन । मलाई लाग्यो, आज चाहिँ बाँच्ने सम्भावना रहेन । क्लियर एरियामा घुम्नसमेत कहिलेसम्म पाइन्थ्यो र ? मेरो त सातोपुत्लो गयो । मैले मनमनै प्रार्थना गरे, ‘हे भगवान््, यत्रा यात्रु छन्, उनीहरु सबैलाई कुनै हालतमा सुरक्षित अवतरण गराइदेऊ ।’

यात्रु क्याबिनमा छटपटी र हल्लीखल्ली मच्चिन थालिसकेको थियो । करिब बीस मिनेट हङकङकै आकाशमा कावा खाएपछि टावरबाट के खबर आयो भने एउटा जहाजले आँधी र तुफान (Thundertsorm) छिचोलेरै अवतरण गरेछ । पाइलटले बताएअनुसार त्यो त्जगलमभचकतयचm मा चट्याङसहितको गर्जन (Turbulence) खासै धेरै रहेनछ ।

अवतरण गर्दा खासै समस्या नपर्ने खबर पाइलटले दिए । टावरले मलाई ‘अवतरण गर्ने हो कि हैन ?’ भनेर सोध्यो । मैले ‘ओके’ भने । टावरको मार्गनिर्देशन अनुसार आँधी तुफानभित्र जहाज घुसाएर अवतरण गर्न थालियो । अहो, आँधी तुफान कस्तो भीषण भने गड्याङ र गुडुङ आवाजसँगै बिजुली लगातार चिम्कएको देखिन्थ्यो ।

विन्डसिल्डमै आएर चट्याङ परेको हो कि भन्ने भान हुन्थ्यो । बिजुली चम्किदा आँखा नै तिरीमिरी हुन्थ्यो । हामी भगवान्् र राडारको भरमा थियौ । “भगवान्् र राडारले जता लैजान्छन्, त्यतै जान्छौ” भन्ने मानसिकतामा अघि बढिरहेका थियौ ।

बोइङ ७५७ मा अटो पाइलट सिस्टम अत्यन्तै भरपर्दो हुन्छ । सबै कुरा सेट गरेपछि अटो पाइलटले ठिक–ठिक ठाउँमा लैजान्छ । हामी प्रविधिको यही लाभ लिँदै झर्दै गयौ । अन्ततः हङकङको रन वे देखियो र हामीले सुरक्षित अवतरण ग¥यौ ।

अवतरण हुनासाथ यात्रुहरुले परर ताली बजाउन थाले । ककपिटको ढोका बन्द भए पनि भित्रसम्म यात्रुले बजाएको तालीको आवाज मेरो कानसम्म गुञ्जीएको थियो । आखिर, यात्रुहरुले पनि झ्यालबाट मौसमको खराबी देखिरहेका थिए । उनीहरुले अब मरिने भैयो भन्ने ठानेका थिए ।
आँधी तुफानसहितको बादलमा त्यसरी जहाज हाल्नु भनेको बडो जोखिमपूर्ण हुन्थ्यो ।

के हुन्थ्यो भन्नै सकिँदैनथ्यो । पहिलो जहाजले नहुलेको भए हामी त्यसरी बादलभित्र प्रवेश नै गर्दैनथ्यौ । पहिलो जहाजका पाइलटले आँट गरेकै हुन् । उनले (Thunderstorm) छिचोलेर त्यति साह्रो हल्लाउँदैन भनेपछि बल्ल हामीलाई पनि आँट आएको थियो ।

जसले तालिम दियो उसैले चेक गर्दैनथ्यो । चेक गर्ने अर्कै व्यक्ति हुन्थे । मेरा मित्र क्याप्टेन प्रमोदराज पाण्डेको स्मरण शक्ति मेराभन्दा तगडा थियो । उनलाई पाकिस्तानमा पढ्दादेखि नै ‘फोटोग्राफिक मेमोरी भएको विद्यार्थी’ भनेर गुरुहरु नै भन्नुहुन्थ्यो । कक्षामा पढाएको एक एक कुरा उनलाई कन्ठै हुन्थ्यो ।

चेक गर्नुअघि एक घण्टासम्म मौखिक परीक्षा लिइन्छ । मौखिक परीक्षामा अनेक प्रश्नहरु सोधिन्थ्यो । प्रमोदले ती प्रश्नहरुको फटाफट उत्तर दिए । म चाहिँ कतिपय प्रश्नमा अड्किइरहेको हुन्थे “प्रमोदले जवाफ दिएपछि मात्र म पनि सोही जवाफ दिन्थे ।”

करिब ४५ मिनटपछि एक्जामिनरले क्याप्टेन प्रमोद र अर्का फ्लाइट इन्जियनरलाई बिदा दिए । मसँग चाहिँ प्रश्न सोधिरहे । मेरो त सातो पुत्लो उड्यो । एक्लै प्रश्नहरुको जवाफ दिनुपर्दा झन् नर्भस भएँ । नर्भस भएपछि झन् प्रश्नको ठिक ठिक उत्तर दिन नसक्ने भएँ । अब यिनले मलाई फेल गर्ने भए भन्ने लाग्यो ।

सायद यही दबाबका कारण हुनसक्छ, म कसरी त्यो अप्ठ्यारो अवस्थाबाट उम्कने भनेर सोच्न थाले । “मेरो छैठौ” इन्द्रियले काम गर्न थालेछ क्यार । हरेक प्रश्नको मैले ठिक ठिक उत्तर दिएँ । पन्ध्र मिनटसम्म उनले प्रश्न सोधिरहे, मैले सही जवाफ दिइरहे” अनि उनले ‘ल ठिक छ’ भनेर मलाई मौखिक परीक्षामा पास गरिदिए ।

अनि हामी फ्लाइङमा ग¥यौ” । क्याप्टेन प्रमोद र फ्लाइट इन्जिनियरलाई म फेल भएँ भन्ने लागिरहेको रहेछ । मुसुमुसु हाँसिरहेका थिए । ‘एक्जामिनरले कत्तिको हाराभारा पारे त ?’ प्रमोदले सोधे ।

‘जतिसुकै अत्याउन खोजे पनि मैले सबै प्रश्नको उत्तर भनिदिएँ’, मैले भने । “समूहगत रुपमा सोधेको भए सायद मलाई ती प्रश्नहरुको उत्तर आउँदैनथ्यो । एक्लै भएका बेला आफँैले सामना गर्नुपरेपछि मेरो छैठौ” इन्द्रियले काम ग¥यो । प्रमोद मलाई भन्थे, ‘टेक्निकल ज्ञानमा तिमी मलाई भेट्न सक्दैनौ, तर फ्लाइङमा म तिमीलाई भेट्दिनँ ।’

मैले जहाज उडाउँदा पनि छैठौ “इन्द्रियले करामत गरेको छ । एक पटक बोइङ ७५७ मा काठमाडौंबाट ढाका हुँदै हङकङ गइरहेका थियौ ।” नेपालको विमानस्थल तिनताक राति दस बजे नै बन्द हुन्थ्यो । हङकङको विमानस्थल चाहिँ विहान ६ बजेपछि मात्र खुल्थ्यो । हामीले काठमाडौंबाट विमान हङकङको एयरपोर्ट खुल्ने मौका पारेर उडाउनुपथ्र्यो ।

यसैले मैले राति १० बजे काठमाडौंबाट जहाजलाई ढाका अवतरण गराएँ । केहीबेर कुरेपछि हङकङ विमानस्थल खुल्ने समय पारेर ढाकाबाट टेकअफ गरे । “त्यसबेलाको रुट भनेको ढाका, चिटागाउँ, म्यान्मार, कुन्मिङ र ग्वान्जाउ हुँदै हङकङसम्म थियो । हामी चिटागाउँ र म्यान्मार हुँदै चीनको कुन्मिङतिर लाग्यौ”, मौसम एक्कासी खराब भयो ।

हामीले खराब मौसमबाट बचाउँदै जहाजलाई अघि बढाइरहेका थियौ । “जति अगाडि बढयो, मौसम उति खराब । हङकङ जान नसके या त फिलिपिन्सको मनिला या ग्वान्जाउमा अवतरण गर्नुपर्ने हुन्थ्यो । हामीले त्यतिबेलासम्म विकल्प सोचेका थिएनौ”, विस्तारै पार गर्दै गएपछि हङकङ पुगिहालिन्छ नि भनेर हामी अघि बढिरहेकै थियौ ।

ग्वान्जाउ पुग्दा मौसम झन् खराब रहेछ । चट्याङसहित भारी वर्षा भइरहेको रहेछ । जहाज हल्लाइरहेको थियो । यात्रुहरु पनि आत्तिन थालिसकेका थिए । कसो कसो ग्वान्जाउ छिचोलेर हङकङको टावरसँग सम्पर्क गरियो । त्यहाँ त झन आँधी र तुफान (Thunderstorm) नै चलिरहेको रहेछ । बाहिरबाट आँखाले हेर्दा आकाशमा चारैतिर घना बादल र बिजुली चम्किएको मात्र देखिन्थ्यो ।

हङकङको कन्ट्रोलभित्र प्रवेश गरेपछि के थाहा भो भने हामीभन्दा पहिलेका चार–पाँच वटा जहाजहरु पनि खराब मौसमका कारण अवतरण गर्न नसकि हङकङको आकाशमै चक्कर लगाइरहेका रहेछन् । धन्न, अत्याधुनिक वेदर राडारले हामीलाई कुन उचाइ र कुन दिशामा उड्ने भनेर संकेत गरिरहेको थियो । मौसमको अवस्थाबारे जानकारी दिइरहेको थियो । हामी चक्कर लगाइरहेका थियौ ।”

हङकङको वेदर कहिले सुधार हुन्छ भन्ने ठेगान थिएन । कहाँ जाने, कता जाने भन्ने भयो । ग्वान्जाउतिर जाउँ, उताको वेदर पनि उस्तै खराब थियो, हङकङमा अवतरण गर्न सकिने अवस्था भएन । मलाई लाग्यो, आज चाहिँ बाँच्ने सम्भावना रहेन । क्लियर एरियामा घुम्नसमेत कहिलेसम्म पाइन्थ्यो र ? मेरो त सातोपुत्लो गयो । मैले मनमनै प्रार्थना गरे, ‘हे भगवान््, यत्रा यात्रु छन्, उनीहरु सबैलाई कुनै हालतमा सुरक्षित अवतरण गराइदेऊ ।’

यात्रु क्याबिनमा छटपटी र हल्लीखल्ली मच्चिन थालिसकेको थियो । करिब बीस मिनेट हङकङकै आकाशमा कावा खाएपछि टावरबाट के खबर आयो भने एउटा जहाजले आँधी र तुफान (Thunderstorm) छिचोलेरै अवतरण गरेछ । पाइलटले बताएअनुसार त्यो (Thunderstorm) मा चट्याङसहितको गर्जन (Turbulence) खासै धेरै रहेनछ ।

अवतरण गर्दा खासै समस्या नपर्ने खबर पाइलटले दिए । टावरले मलाई ‘अवतरण गर्ने हो कि हैन ?’ भनेर सोध्यो । मैले ‘ओके’ भने । टावरको मार्गनिर्देशन अनुसार आँधी तुफानभित्र जहाज घुसाएर अवतरण गर्न थालियो । अहो, आँधी तुफान कस्तो भीषण भने गड्याङ र गुडुङ आवाजसँगै बिजुली लगातार चिम्कएको देखिन्थ्यो । विन्डसिल्डमै आएर चट्याङ परेको हो कि भन्ने भान हुन्थ्यो । बिजुली चम्किदा आँखा नै तिरीमिरी हुन्थ्यो ।

हामी भगवान्् र राडारको भरमा थियौ । “भगवान्् र राडारले जता लैजान्छन्, त्यतै जान्छौ” भन्ने मानसिकतामा अघि बढिरहेका थियौ । बोइङ ७५७ मा अटो पाइलट सिस्टम अत्यन्तै भरपर्दो हुन्छ । सबै कुरा सेट गरेपछि अटो पाइलटले ठिक–ठिक ठाउँमा लैजान्छ । हामी प्रविधिको यही लाभ लिँदै झर्दै गयौ । अन्ततः हङकङको रन वे देखियो र हामीले सुरक्षित अवतरण ग¥यौ ।

अवतरण हुनासाथ यात्रुहरुले परर ताली बजाउन थाले । ककपिटको ढोका बन्द भए पनि भित्रसम्म यात्रुले बजाएको तालीको आवाज मेरो कानसम्म गुञ्जीएको थियो । आखिर, यात्रुहरुले पनि झ्यालबाट मौसमको खराबी देखिरहेका थिए । उनीहरुले अब मरिने भैयो भन्ने ठानेका थिए ।
आँधी तुफानसहितको बादलमा त्यसरी जहाज हाल्नु भनेको बडो जोखिमपूर्ण हुन्थ्यो ।

के हुन्थ्यो भन्नै सकिँदैनथ्यो । पहिलो जहाजले नहुलेको भए हामी त्यसरी बादलभित्र प्रवेश नै गर्दैनथ्यौ । पहिलो जहाजका पाइलटले आँट गरेकै हुन् । उनले त्जगलमभचकतयचm छिचोलेर त्यति साह्रो हल्लाउँदैन भनेपछि बल्ल हामीलाई पनि आँट आएको थियो ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ भाद्र २, ०६: ५०: ०५

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ भाद्र २, ०६: ५०: ०५

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा
भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा
  • २०७६ भाद्र २, ०६: ५०: ०५

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा विगत...

भर्खरै

TOP