January 15, 2021, Friday

रहेनन पत्रकार डायल्सन अधिकारी

बुटवल । रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने पत्रकार डायल्सन अधिकारीको सडक दुर्घटनामा परी निधन भएको छ । तिलोत्तमा नगरपालिका ३ का ४२ वर्षीय अधिकारी रेडियो नेपालको रुपन्देही संवाददाताको रुपमा कार्यरत थिए भने लगन मिडिया प्रालिमा आवद्ध थिए ।

नेपाल प्रेस युनियन रुपन्देहीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका अधिकारीको सप्तरीमा भएको सडक दुर्घटनामा परि निधन भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागि लिएर बिराटनगर जाँदै गर्दा वा १६ च २२३५ नम्बरको बोलेरो दुर्घटनामा पत्रकार अधिकारीसहित रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाअध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डे र चालक अशोक भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिए पनि त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । सडक दुर्घटनाको बिषयमा रुपन्देही प्रहरीमा निवेदन दिइएको र त्यसको आधारमा प्रहरीले सप्तरी सदरमुकाम राजविराजमा रहेको सगरमाथा अस्पतालमा अधिकारीको शवको पोष्टमार्टम प्रक्रिया पुरा भएको छ । स्वर्गीय अधिकारीका श्रीमती र दुई सन्तान रहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
  • २०७६ भाद्र २, ०७: ०२: २९

नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको...

भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
  • २०७६ भाद्र २, ०७: ०२: २९

नयाँ विकल्प, काठमाडौं – पार्किन्सन जस्तै रोगले संक्रमित भएपछि थप उपचारका लागि गत पुस २० गत भारतको मुम्बई लगिएकी नेकपा...

आगलागीमा परेकाे गुल्मीकाे बडागाउँ पुनर्निर्माण सकियाे
आगलागीमा परेकाे गुल्मीकाे बडागाउँ पुनर्निर्माण सकियाे
  • २०७६ भाद्र २, ०७: ०२: २९

नयाँ विकल्प गुल्मी- आगलागीबाट क्षति भएको गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा पुनःनिर्माण सम्पन्न भएको छ । २०७३ वैशाख १८ गते...

भर्खरै

TOP