November 24, 2020, Tuesday

कांग्रेसका १२ सय नेता र कार्यकर्तालाई कारबाही

तीन सयको क्रियाशील सदस्यता खारेज

काठमाडौं । नेपाली कांग्रेसले २०७४ सालको बैशाख, असार र असोजमा भएकोस्थानीय निर्वाचन तथा मंसिरमा भएको प्रदेश र संसदीय निर्वाचनमा अन्तरघात गर्ने र पार्टीको अनुशासन उल्लंघन गर्ने एक हजार दुई सय नेता र कार्यकर्तालाई कारवाहीको तयारी गरेको छ ।

आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, विद्रोही उम्मेदवारको समर्थक र प्रस्तावक तथा आधिकारिक उम्मेदवारको विपक्षमा लागेका पार्टीका नेता तथा कार्यकर्ता करिव १२ सय जना माथि कांग्रेसले अनुशासनको कारबाही गर्न लागेको हो । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, उनीहरुको समर्थक र प्रस्तावक बसेका दुई सय ९८ क्रियाशील सदस्यको नाम अभिलेखबाट हटाउन केन्द्रीय अनुशासन समितिले यसअघि नै निर्णय गरिसकेको छ ।

पार्टीको विधानमा त्यस्ता क्रियाशील सदस्य पाँच बर्षसम्म पार्टीको क्रियाशील सदस्यताबाट स्वतः हट्ने व्यवस्था छ । अनुशासन समितिले ४९ जिल्लाबाट पार्टीका केन्द्रीय सदस्यदेखि क्रियाशील सदस्यविरुद्ध परेको अनुशासन उलंघनका उजुरीमाथि छानबिन गरिरहेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिमा निर्वाचनमा अनुशासन उलंघन गरेको आरोपमा समितिकै दुई सदस्यहरु देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरसहित एक हजार दुई सयविरुद्ध उजुरी परेको छ । कँडेल नवलपरासी पश्चिम क्षेत्र नम्वर २ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन भने राठौर बर्दियामा क्रियाशिल सदस्यता लिएका समानुपातिकतर्फबाट सांसद भएका हुन् ।

अनुशासनको उलंघन गरेको आरोप सार्वजनिक रुपमा लागेका दुवै सदस्यलाई पार्टी सभापति शेरबहादुर देउवाले जानी जानि अनुशासन समितिको सदस्यमा प्रस्ताव गर्दा संस्थापनइत्तरका र पक्षका नेताहरुले असन्तुष्टी जनाएका थिए । पार्टीको हितविपरीत र आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र अतहर कमाल मुसलमान, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री पुष्कर ओझा, डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लविरुद्ध पनि उजुरी परेको छ ।

अनुशासनको कारबाहीको लागि उजुरी परेका एक हजार दुई सय क्रियाशील सदस्यलाई यसै साता अनुशासन समितिले पत्राचार गर्ने भएको छ । समितिले ३५ दिन भित्र लिखित स्पस्टीकरण दिन भन्दै सबैलाई पत्राचार गर्न लागेको अनुशासन समिति सदस्य उमाकान्त चौधरी बताउँछन् । उनले ४९ जिल्लाका एक हजार दुई सय जनालाई नै पत्राचार गर्न लागिएको जनाए ।

यसअघि सभापति शेरबहादुर देउवाले गठन गरेको अनुशासन समितिका संयोजक रमेश रिजालले स्थानीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेवारविरुद्ध लाग्ने एक सय ५४ जनालाई स्पष्टिकरणका लागि पत्राचार गरेका थिए । त्यसमध्ये जम्मा २४ जनाले मात्र लिखित जवाफ दिएका थिए । स्पष्टिकरण सोधिएका एक सय ३० जनाले लिखित जवाफ नपठाएकाले उनीहरुलाई सफाइको मौका दिन पुनः पत्राचार गरिने भएको छ ।

समितिमा अनुशासन उलंघनका उजुरी अझै आइरहेका छन् । पार्टी संस्थापन पक्षकै मानिएका संयोजक रिजालले सभापति देउवासँग असन्तुष्टी जनाउँदै संयोजकबाट राजिनामा दिएका थिए । तर, सभापति देउवाले उनले दिएको राजिनामा स्वीकृत भए वा नभएको केही नजनाइ केन्द्रीय सदस्य भिष्मराज आङदम्वेको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेका थिए ।

समितिको सचिवालयले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईंले दिएको उजुरी भने लिन मानेको छैन । सभापति देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई अनुशासनको कारबाही जसरी गर्न दबाब दिइरहेको स्रोतले बतायो । यता वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा समानान्तर संगठन खोलेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न दवाव दिएका छन् ।

जोशीले पौडेलविरुद्ध प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिए पनि निर्वाचन आयोगले उनको उम्मेदवारी रद्ध गरेको थियो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको चैत ४, २०७५ को बैठकले भीष्मराज आङ्दम्वेको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको थियो । समितिलाई सर्वसम्मतमा निर्णय गर्ने म्याण्डेड दिइएको छ ।

तर सभापतिले बिधान अनुसार पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने वा त्यस्तो स्वतन्त्र वा विद्रोही उम्मेदवारको प्रस्तावक वा समर्थक बस्ने पार्टीको क्रियाशिल सदस्यको सदस्यता स्वत पाँच बर्षसम्म खारेज हुने व्यवस्था भए पनि विज्ञप्ती निकाल्दै कारबाहीमा परेकाको नामावली सार्वजनिक गर्दै आएका थिए ।

उनले पार्टी विधान अनुसार स्वत पाँच बर्ष कारबाहीमा परेकाको नामावली तीन महिना लगाएर किस्तावन्दीमा सार्वजनिक गरेपछि समितिकै दुई सदस्यहरु देवेन्द्रराज कँडेल र उमाकान्त चौधरी रुष्ट बनेका छन् ।

वक तथा आधिकारिक उम्मेदवारको विपक्षमा लागेका पार्टीका नेता तथा कार्यकर्ता करिव १२ सय जना माथि कांग्रेसले अनुशासनको कारबाही गर्न लागेको हो । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, उनीहरुको समर्थक र प्रस्तावक बसेका दुई सय ९८ क्रियाशील सदस्यको नाम अभिलेखबाट हटाउन केन्द्रीय अनुशासन समितिले यसअघि नै निर्णय गरिसकेको छ ।

पार्टीको विधानमा त्यस्ता क्रियाशील सदस्य पाँच बर्षसम्म पार्टीको क्रियाशील सदस्यताबाट स्वतः हट्ने व्यवस्था छ । अनुशासन समितिले ४९ जिल्लाबाट पार्टीका केन्द्रीय सदस्यदेखि क्रियाशील सदस्यविरुद्ध परेको अनुशासन उलंघनका उजुरीमाथि छानबिन गरिरहेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिमा निर्वाचनमा अनुशासन उलंघन गरेको आरोपमा समितिकै दुई सदस्यहरु देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरसहित एक हजार दुई सयविरुद्ध उजुरी परेको छ । कँडेल नवलपरासी पश्चिम क्षेत्र नम्वर २ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन भने राठौर बर्दियामा क्रियाशिल सदस्यता लिएका समानुपातिकतर्फबाट सांसद भएका हुन् ।

अनुशासनको उलंघन गरेको आरोप सार्वजनिक रुपमा लागेका दुवै सदस्यलाई पार्टी सभापति शेरबहादुर देउवाले जानी जानि अनुशासन समितिको सदस्यमा प्रस्ताव गर्दा संस्थापनइत्तरका र पक्षका नेताहरुले असन्तुष्टी जनाएका थिए । पार्टीको हितविपरीत र आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र अतहर कमाल मुसलमान, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री पुष्कर ओझा, डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लविरुद्ध पनि उजुरी परेको छ ।

अनुशासनको कारबाहीको लागि उजुरी परेका एक हजार दुई सय क्रियाशील सदस्यलाई यसै साता अनुशासन समितिले पत्राचार गर्ने भएको छ । समितिले ३५ दिन भित्र लिखित स्पस्टीकरण दिन भन्दै सबैलाई पत्राचार गर्न लागेको अनुशासन समिति सदस्य उमाकान्त चौधरी बताउँछन् । उनले ४९ जिल्लाका एक हजार दुई सय जनालाई नै पत्राचार गर्न लागिएको जनाए ।

यसअघि सभापति शेरबहादुर देउवाले गठन गरेको अनुशासन समितिका संयोजक रमेश रिजालले स्थानीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेवारविरुद्ध लाग्ने एक सय ५४ जनालाई स्पष्टिकरणका लागि पत्राचार गरेका थिए । त्यसमध्ये जम्मा २४ जनाले मात्र लिखित जवाफ दिएका थिए । स्पष्टिकरण सोधिएका एक सय ३० जनाले लिखित जवाफ नपठाएकाले उनीहरुलाई सफाइको मौका दिन पुनः पत्राचार गरिने भएको छ ।

समितिमा अनुशासन उलंघनका उजुरी अझै आइरहेका छन् । पार्टी संस्थापन पक्षकै मानिएका संयोजक रिजालले सभापति देउवासँग असन्तुष्टी जनाउँदै संयोजकबाट राजिनामा दिएका थिए । तर, सभापति देउवाले उनले दिएको राजिनामा स्वीकृत भए वा नभएको केही नजनाइ केन्द्रीय सदस्य भिष्मराज आङदम्वेको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेका थिए ।

समितिको सचिवालयले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईंले दिएको उजुरी भने लिन मानेको छैन । सभापति देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई अनुशासनको कारबाही जसरी गर्न दबाब दिइरहेको स्रोतले बतायो । यता वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा समानान्तर संगठन खोलेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न दवाव दिएका छन् ।

जोशीले पौडेलविरुद्ध प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिए पनि निर्वाचन आयोगले उनको उम्मेदवारी रद्ध गरेको थियो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको चैत ४, २०७५ को बैठकले भीष्मराज आङ्दम्वेको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको थियो । समितिलाई सर्वसम्मतमा निर्णय गर्ने म्याण्डेड दिइएको छ ।

तर सभापतिले बिधान अनुसार पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने वा त्यस्तो स्वतन्त्र वा विद्रोही उम्मेदवारको प्रस्तावक वा समर्थक बस्ने पार्टीको क्रियाशिल सदस्यको सदस्यता स्वत पाँच बर्षसम्म खारेज हुने व्यवस्था भए पनि विज्ञप्ती निकाल्दै कारबाहीमा परेकाको नामावली सार्वजनिक गर्दै आएका थिए । उनले पार्टी विधान अनुसार स्वत पाँच बर्ष कारबाहीमा परेकाको नामावली तीन महिना लगाएर किस्तावन्दीमा सार्वजनिक गरेपछि समितिकै दुई सदस्यहरु देवेन्द्रराज कँडेल र उमाकान्त चौधरी रुष्ट बनेका छन् ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे

  • २०७६ भाद्र २, ०७: २०: १८

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७६ भाद्र २, ०७: २०: १८

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७६ भाद्र २, ०७: २०: १८

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP