November 26, 2020, Thursday

केन्द्रीय समिति स्थगित गरेर अबैधानिक, प्रतिष्ठानको प्रशिक्षणमा देउवा

काठमाडौं । नेपाली कांग्रेसको २२ असारदेखि चालु रहेको केन्द्रीय कार्यसमितिको बैठक दुई सातासम्म स्थगित गरी पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेता यतिवेला विधानको दफा ३६ को प्रावधानविपरित गठन भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबारदेखि महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

२२ असारमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डामा छलफल गर्न एजेण्डा पेश गरेका थिए । तर ति एजेण्डामध्ये संक्रमणकालिन अवस्थामा संगठन निर्माण गर्ने निर्देशीका पारित गर्नुभन्दा अरु कुनै पनि एजेण्डाले निकास पाएका छैनन् ।

पार्टीको नियमावलीलाई केन्द्रीय कार्य समितिका सदस्यको सुझावलाई समेट्ने गरी पारित गर्ने निर्णय गरेपनि नियमावली यतिवेला अलपत्र परेको छ । नियमावली मस्यौदा समितिलाई सुझाव समेत समेटेर सहमतिको आधारमा अन्तिम प्रस्ताव ल्याउने म्याण्डेड दिइएको छ ।

तर, नियमावली मस्यौदाका संयोजक रमेश लेखकले सुझावलाई समेटेर नियमावलीलाई टुंग्याउने जिम्मेवारीलाई प्राथमिकतामा नराखेपछि अलपत्र नियमावली अघि बढ्न सकेको छैन ।

प्रतिष्ठानको प्रमुखको हैसियतले उपसभापति निधिले २९ चैत २०७५ मा ३८ र त्यसपछि ८ जना महाधिवेशन प्रतिनिधिलाई प्रतिष्ठानको सदस्यमा मनोनित गरेका थिए । त्यही प्रतिष्ठान यतिवेला केन्द्रीय कार्यसमितिका एजेण्डालाई अलपत्र पारेर प्रशिक्षणको नाममा आमसभा गर्दै हिंडेको छ ।

पार्टी महामन्त्री डा. शशांक कोइराला पारिवारिक भ्रमणको क्रममा बैंककमा रहेको र प्रवक्ता विश्वप्रकाश शर्मा विदेश भएको मौकामा प्रतिष्ठानका प्रमुख उपसभपाति निधिले शुक्रबारदेखि दुई दिनको लागि भन्दै गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिलाई पोखरामा प्रशिक्षण आयोजना गरेको छ ।

पार्टीको अघिल्लो विधान कार्यान्वयन हुँदै एक बर्षअघि निधिले बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई प्रतिष्ठानको सदस्य सचिवमा मनोनित गरेका थिए । अघिल्लो बिधान बमोजिम गठन भएको प्रतिष्ठानमा २२ सदस्यीय रहने प्रावधान छ ।

निधिले पार्टीको अहिलेको विधानको दफा ३६ को उपदफा १ को ‘ग’ अनुसार भन्दै ३८ महाधिवेशन प्रतिनिधिको मनोनयन पहिलो चरणमा र पछि आठ जनाको नियुक्ति गरे । तर, सो दफामा प्रतिष्ठानको प्रमुखले सभापतिसँगको परामर्शमा प्रदेश कार्य समितिका सभपातिले तोकेका प्रदेश उपसभापति नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

पार्टीले विधान अनुसार कुनै पनि प्रदेश कार्य समिति गठन गरेको छैन । सात प्रदेशबाट प्रतिनिधित्व गर्ने उपसभापति को हो भन्ने स्पष्ट नहुँदै प्रमुख निधिले ४६ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरिसकेका छन् । विधानमा ५१ सदस्यीय प्रतिष्ठान गठन गर्न सक्ने व्यवस्था छ । तर निधिले अब ७ प्रदेशका ७ उपसभापतिलाई सदस्यमा राखेमा २ जनाको लागि सिट नै खाली हुँदैन । प्रशिक्षण प्रतिष्ठानले जिल्लाहरुमा समेत प्रशिक्षण कार्यक्रम आयोजना गर्दा सम्बन्धित जिल्ला कार्यसमितिसँग सल्लाह नगरी कार्यक्रम राख्दै आएको छ । जुन विधान विपरितको कार्य हो ।

निधिले कोपनहेगनमा जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिको लागि आयोजना गरेको प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आलोचना गरिसकेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा नेता डा. मिनेन्द्र रिजालले समेत प्रतिष्ठानले जिल्लासँग समन्वय नगरी जथाभावी प्रशिक्षणको नाममा कार्यक्रम आयोजना गरिएको भन्दै आलोचना गरेका थिए । उनले उपसभपाति निधिलाई जिल्लासँग समन्वय नगरी समानान्तर ढंगले संगठन चलाउन खोजेको भन्दै आलोचना गरेका थिए ।

विधानको दफा ३६ को उपदफा १ ‘च’ ले प्रदेश तथा जिल्लामा तोकिए बमोजिमको कार्य संचालन गर्नुपर्ने भनेको छ भने सोही उपदफाको ‘छ’ मा प्रतिष्ठानको कार्यक्षेत्र, कार्ययोजना, सचिवालयसम्वन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने भनिएको छ ।

प्रतिष्ठानले जिल्ला र प्रदेशमा के के कार्यक्रम गर्ने भनेर निर्देशिका तयार गरिसकेको छैन भने भने सचिवालयसम्वन्धी कामको अनुमोदन केन्द्रीय कार्यसमिति बैठकमा समेत पेश भएको छैन ।

प्रतिष्ठानको ४ साउनमा बसेको बैठकले ७ प्रदेशका १२ स्थानमा १६ साउनदेखि महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको थियो । प्रतिष्ठानले यसअघि डेनमार्कको कोपनहेगनमा समेत असारमा यस्तै प्रशिक्षणको आयोजना गरेको थियो ।

साउन ३१ देखि भदौ ६ सम्म पहिलो चरणमा ३ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय बमोजिम शुक्रबार र शनिबार पोखरामा गण्डकी प्रदेशका, २ र ३ भदौमा भैरहवामा पाँच नम्वर प्रदेशका ५ र ६ भदौमा वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्ने निर्णय गरिसकेको छ ।

प्रशिक्षणमा कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतसँग सम्पर्क र संवाद जस्ता विषयहरु राखिएका छन् । प्रशिक्षणमा सहभागीहरु सबैले यातायात तथा आवासको व्यवस्था आफैले गर्नुपर्ने निर्देशन दिइएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक स्थगित गर्न लगाएर प्रतिष्ठानका प्रमुख निधिले सभापति शेरबहादुर देउवालाई समेत प्रभावमा पारेको भन्दै उनको निवासमा समेत आलोचना हुन थालेको छ ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७६ भाद्र ३, १०: २२: ५७

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७६ भाद्र ३, १०: २२: ५७

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७६ भाद्र ३, १०: २२: ५७

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP