November 24, 2020, Tuesday

उपचारका लागि प्रधानमन्त्री ओली फेरि सिंगापुर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गएको साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा रहेको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरेर ९ दिनमा फर्किएका थिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलासम्बन्धी उपचारको क्रममा आज सिंगापुर प्रस्थान गरेका हुन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिको बारे जनताहरुले सामाजिक सञ्जालमा चासो राखेका कारण निजी चिकित्सकको तर्फबाट पहिलो पटक जानकारी दिएको छ ।

जसअनुसार प्रधानमन्त्री ओलीको मिर्गौलामा एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपायको लागि सिंगापुर जानुपरेको बताइएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले दिएको जानकारी अनुसार, मिर्गौलाको थप परीक्षण गर्ने बताएइको छ ।

प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको उपचार खर्च नेपाल सरकारबाट नलिने र निजी खर्चबाटै उपचार गरिने सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती
नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती
  • २०७६ भाद्र ५, ०९: २५: ३०

दुर्गाप्रसाद गौतम, काठमाडाैं-विश्व मानचित्रमा दुई ठूला मुलुकहरू भारत र चीन विच अवस्थित सानो भूपरिवेष्ठित हाम्रो मुलुक नेपाल यसको विकासक्रम र...

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
  • २०७६ भाद्र ५, ०९: २५: ३०

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान...

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
  • २०७६ भाद्र ५, ०९: २५: ३०

मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित...

भर्खरै

TOP