दुई बर्ष पाँच महिनाअघि मधेश केन्द्रीत ६ दल एकीकरण भइ गठन भएको राजपामा ५ दलका अध्यक्षहरु नै हाल आलोपालो अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन । एक बर्षभित्र महाधिवेशन गर्ने भनेको राजपाले डेढ बर्ष समय गुजारे पनि महाधिवेशनको सुरसार गरेको छैन ।
अन्तिम पटक भन्दै राजपा अध्यक्ष मण्डलले कात्तिकको अन्तिम साता एकीकृत पार्टीको पहिलो महाधिवेशन गर्ने भनेर घोषणा गरेको छ । तर गत वर्ष मंसिरदेखि स्थानीय तहमा सदस्यता वितरण गरी त्यसको विवरण र शुल्क सहित केन्द्रमा बुझाउन आग्रह गरिए पनि कार्यान्वयन भएको छैन ।
राजपामा कतिजनाले सदस्यता लिए भन्ने बारेमा पार्टी केन्द्रीय कार्यालयलाई केही जानकारी छैन । महाधिवेशन गर्न सकस देखिएपछि मधेश केन्द्रीत दलहरु सवैले पार्टी एकीकरणलाई नै हतियार बनाउने गर्छन ।
गत बैशाख २५ देखि ३० गतेसम्म महाधिवेश गर्ने भनेको समाजवादी फोरमले नयाँशक्तिसँग पार्टी एकीकरण गरेको थियो । उसले महाधिवेशनलाई टार्न यसअघि असोक राई नेतृत्वको संघीय समाजवादी नेपालसँग एकीकरण गरेको थियो । राजपासँग आवद्ध ६ दलमध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले मात्र महाधिवेशन गरेको थियो ।
साढे दुई बर्षसम्म पार्टीको महाधिवशेन गर्न नसकेको राजपाले महाधिवेशन टार्नकै लागि पार्टीसँग एकताको नाटक रच्ने गरेको आरोप खेपिरहेको छ । राजपामा १८ सय सदस्यीय केन्द्रीय समिति छ भने समाजवादी पार्टीमा ६ सय सदस्यीय छ ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...