November 25, 2020, Wednesday

वरिष्ठ सहसचिव ३५ जना प्रदेश सचिवमा

काठमाडौँ । सरकारले ३५ जना वरिष्ठ सहसचिवलाई प्रदेश सरकारको सचिवमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बुधवारको बैठकले ति वरिष्ठ सहसचिवहरूलाई प्रदेश सरकारको सचिवमा पठाउने निर्णय गरेको हो ।

यसरी पठाइएका सहसचिवहरूले कम्तीमा पनि एक वर्षसम्म त्यही बस्नु पर्नेछ । प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीलाई खटाउँदा सामान्यतया ज्येष्ठमध्येबाट कम्तीमा एक वर्षका लागि खटाउने निर्णय गरिएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले करिब ३५ जना जति वरिष्ठ सहसचिवहरूको सरुवा गर्ने निर्णय भएको जनाए ।

कनिष्ठ सहसचिवसँग अनुभवन कम हुने हुँदा पठाउँदा काम गर्न नसकिएको भन्दै प्रदेश सरकारले गुनासो गर्न थालेपछि काठमाडौँमा मालदार अड्डामा ढलीमली गरेका वरिष्ठ सहसचिवहरु अब प्रदेश जाने भएका हुन् । विभाग र महाशाखा प्रमुख भएर बसेका वरिष्ठ सहसचिवहरु प्रदेशमा जानु पर्ने भएपछि अहिले कर्मचारीहरुमो खैलाबैला मच्चिएको छ ।

उपत्यका बाहिर सहसचिव भएर जानु हुन्न र गए पनि प्रमुख जिल्ला अधिकारी भएर मात्र जाने मानसिकता पालेका कर्मचारीहरु यतिवेला सरकारबिरुद्ध रोइलो पनि गर्न थालेका छन् ।
सरकारको यो निर्णयबाट विगतमा सचिव र मन्त्रीको वरिपरि बसेर सुख सयलमा बस्न पल्केका वरिष्ठ सहसचिवहरुलाई सामान्य प्रशासन मन्त्रालयले कडा जवाफ दिएको । उक्त निर्णयले प्रशासनमा अब निष्पक्षता र निर्भयताका साथ निर्णय गर्ने परिपाटीको सुरुवात हुने आशा गरेर बसेका प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुले गरेका छन् ।

सम्बन्धित समाचार

भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु
भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु
  • २०७६ भाद्र ९, ०६: २६: ४९

एजेन्सी नयाँदिल्ली – भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य
काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य
  • २०७६ भाद्र ९, ०६: २६: ४९

एजेन्सी, टोकियो- जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै...

भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
  • २०७६ भाद्र ९, ०६: २६: ४९

नयाँ विकल्प नयाँदिल्ली – भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी...

भर्खरै

TOP