November 25, 2020, Wednesday

भिडियो कन्फरेन्स गर्दा गोप्य कुरा भंग हुने खतरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हाल उपचारको लागि सिंगापुर गएका छन् । आज अर्थात् बिहिबार बसेको कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक भिडियोबाट गर्न नहुने भन्दै प्रतिपक्षी दलका सांसदहरूले सदनमा आरोप–प्रत्यारोपका साथै गुनासो समेत व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकको विशेष समयमा प्रतिपक्षी दलका सांसदहरूले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक राखिएको भन्दै चिन्ता व्यक्त गर्नुका साथै सत्तापक्षका सांसदहरूले भने त्यसको बचाउ गरेका छन् ।

नेमकिपाका प्रेम सुवालले, ‘सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गरिएको छ, भोलि दिल्लीबाट भिडियो कन्फरेन्सबाट सञ्चालन भई सार्वभौमिकतामा प्रश्न उठ्यो भने को जिम्मेवार को ?’ भन्दै प्रश्न गरेका थिए । कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेकोमा सुरक्षा चिन्ता व्यक्त गरेका थिए । सभामुख बाहिर जाँदा संसद् पनि त्यसैगरी चलाउने ? भन्दै प्रश्न गरेका थिए ।

प्रतिपक्षी सांसदहरूको विरोधप्रति नेकपाका पदम गिरीले, ‘प्रधानमन्त्रीज्यू उपचारका क्रममा रहेको समयमा, जनताप्रतिको चिन्ता प्रकट गरेका कारण अत्यन्त सान्दर्भिक थियो, स्वागत सम्मान र धन्यवाद दिनेछ भन्ने अपेक्षा थियो, ‘उमेरले जेठो पार्टी कांग्रेस, विचार र व्यवहार हेर्दा बुढ्यौली लागेको छ । नयाँ प्रविधिको शैलीसँग डराउने सोंच र चिन्तनले महारोग देखिएको छ ।’

मन्त्रिपरिषद् बैठक भाइबर या फेसबूकबाट नभई भीपीएनबाट भएकाले तेस्रो पक्षलाई जानकारी नहुने भन्दै जनतामा भ्रमको खेती गर्न नहुने कताए छन् । ‘अब नेपाली कांग्रेसले सूचना आदानप्रदानमा टेलिफोन र इन्टरनेट होइन हुलाकीमार्फत सूचना आदनप्रदान गर्ने कुरा र्गयो भने आश्चर्य हुने छैन भन्दै गिरीले टिप्पणी गरेका थिए ।

गिरीको भनाइप्रति कांग्रेस सांसद सञ्जय गौतमले, ‘प्रतिपक्षी सांसदलाई आरोप लगाउनु बौद्धिक दिवालियापन हो । सांसद गौतमले सरकारको यही गति र मतिले गर्दा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन लागेको भन्दै ‘नेपाली जनताले श्वास फेर्न पनि घुस तिर्नुपर्ने अवस्था समेत आएको भन्दै तर्क गरेका थिए ।

सम्बन्धित समाचार

सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु
सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु
  • २०७६ भाद्र १२, १०: १८: १७

नयाँ विकल्प सुर्खेत – भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ।सुर्खेतकाे चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर...

रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे
रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे
  • २०७६ भाद्र १२, १०: १८: १७

नयाँ विकल्प उदयपूर – कोभिड–१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको...

बागलुङको शान्ति माध्यामिक विद्यालयमा भूकम्प मापनयन्त्र जडान
बागलुङको शान्ति माध्यामिक विद्यालयमा भूकम्प मापनयन्त्र जडान
  • २०७६ भाद्र १२, १०: १८: १७

नयाँ विकल्प बाग्लुङ- विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ । बागलुङको...

भर्खरै

TOP