December 4, 2020, Friday

संसदमै सरकारसँग गुहार माग्ने को हुन् ?

काठमाडौ । राष्ट्रिय सभाको संसद बैठक दैनिक जसो यतिवेला चलिरहेको छ । भदौ १२ गते विहिबार भने सदन भित्रै ठूलो स्वरमा एउटा आवाज आयो, गुहार.. गुहार.. सरकार भन्दै । यसरी सदनको कारबाही चलिरहँदा गुहार माग्ने माननीय अरु कोही नभएर सत्तारुढ नेकपाका सांसद सांसद रामनारायण बिडारी हुन् ।

अघिल्लो संविधानसभामा तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा मन्त्रिपरिषद्को सिफारिसमा सांसद भएका उनै बिडारीले विहिवार विशेष समय लिएर बोल्दा बोल्दै गुहार मागेपछि सदनमा उपस्थित भएका मन्त्री, सांसद, संसद सचिवालयका कर्मचारीदेखि पत्रकार र दर्शकदीर्घामा रहेका समेत छक्क परे ।

बैठकको अध्यक्षता गरिरहेकी राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल पनि अचम्ममा परिन । थानकोटबाट चित्लाङ जोड्ने सडक निर्माण गर्ने नाममा बन बिनास गर्दै अर्बौंको ठेक्का लगाएर ढुंगा बेच्नेहरु अपराधी भएको भन्दै आक्रोस पोख्न शुरु गरेका सांसद बिडारीले भने ‘सरकारलाई मैले कहाँ भनौं ? गुहार गुहार भनेर त्यहाँका जनता कराई रहेका छन् ।’ सांसद बिडारीले देशभरीका निर्माण कार्यमा अनियमितता गर्दै भ्रष्ट कर्मचारी र अपराधी ठेकेदार मिलेर नेपाल सिध्याउनै लागेको भन्दै आक्रोस पनि पोखे ।

सांसद बिडारीले स्वदेश र विदेशमा रजाईं गर्ने ठेकेदारहरुले देशैभर यस्ता रजाईं धेरै गरेको भन्दै थानकोटदेखि चित्लाङ जाने सकड निर्माणको नाममा जंगल मासेको र रोडा ढुंगा उत्खनन गरेर बेचिरहेको आरोप लगाएका थिए । उनले यस्तो हर्कत गर्दा समेत सरकारका जिम्मेवार कर्मचारी र मन्त्री उदासिन भएको तथा आफूले यत्रो गुनासो गर्दा समेत सदनप्रति मन्त्री जवाफेदेही नभएको आरोप लगाए ।

उनले राष्ट्रिय सभाको नियमावली अनुसार सांसदल उठाएको प्रश्नको मन्त्रीले ७ दिन भित्र जवाफ दिनु पर्ने भए पनि ओली नेतृत्वको सरकारका मन्त्रीहरु वेखवर भएको टिप्पणी गरे ।

कालिमाटी र टेकु जोड्ने विष्णुमतिको पुल करोडौं करोड खर्च गरेर बनाएपछि यस्तो र उस्तो भएन भन्ने उच्चपदस्त कर्मचारीले बनाउन्जेल कर्मचारीले अनुगमन नगरी आँखा चिम्लेर किन बस्नु परेको भन्दै प्रश्न गरे ? कानून व्यवसायी समेत रहेका बिडारी थाहा आन्दोलनका अभियन्ता रुपनारायण विष्टका अनुयायी पनि हुन ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७६ भाद्र १७, ०७: ३१: ४१

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७६ भाद्र १७, ०७: ३१: ४१

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७६ भाद्र १७, ०७: ३१: ४१

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP