June 23, 2021, Wednesday

शेखरले किन दिए कांग्रेस नेतालाई यस्तो दनक …

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू र पार्टी महामन्त्री डा. शशांक कोइरालालाई व्यवसायिक पृष्ठभूमिबाट आएको भन्दै पार्टी भित्रैबाट प्रहार हुन थालेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १३ गतेको बैठकमा निकै कड्किए ।

उनले आफूहरुमाथि एकपछि अर्को गर्दै प्रहार गर्ने र लाञ्छना लगाउने काम भएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले आफू जन्मदा नै परिवारका सबै सदस्य क्रान्तिमा होमिएको र १० बर्षको हुँदा परिवारका सबै सदस्य जेल गएका कारण एक्लै बस्नु परेको घटना केन्द्रीय कार्यसमिति बैठकमा सुनाएका थिए ।

अहिले आफू र महामन्त्री डा. शशांकमाथि व्यवसायिक पृष्ठभूमिबाट आएको र राजनीतिक पृष्ठभूमि र अनुभव नभएको भनेर आलोचना भएको प्रसंग कोट्याउँदै डा. शेखरले आफूहरु क्रान्तिबाटै आएको इतिहास नविर्सन सबै नेतालाई चुनौति दिए ।

५२ बर्षअघि विराटनगर क्याम्पसमा फ्रन्टलाईनमा वसेर काम गर्दा केन्द्रीय कार्यसमितिका कति नेताजी को को कहाँ हुनुहुन्थ्यो ? भनी प्रश्न गर्दा कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा सन्नाटा नै छाएको एक नेताले बताए । उनले आफूहरु विनाव्यवसाय राजनीति गर्नुहुन्न भन्ने मान्यतामा रहेकोले नैतिक राजनीतिलाई बढावा दिन नै व्यवसाय गरेको दाबी गरेका थिए ।

कोइरालाले २०४८ सालको निर्वाचनमा मोरङमा खटिइँदा आफूलाई तत्कालिन एमालेले दिएको यातना समेत स्मरण गरेका थिए । चुनाव प्रचारमा जाँदा मलाई एमालेका कार्यकर्ताले कुटपीट गर्दै चुरोटको ठूटाले पोलेर यातना दिएको र पेश्तोल मुखमा कोचेर फोटो खिचाएको घटना कुन व्यवसाय थियो ? भनी डा. शेखरले प्रश्न गरेका थिए ।

कोइरालाले टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेको कार्यक्रममा लाखौ सर्वसाधरण जनता आउने तर कांग्रेसले आयोजना गरेको कार्यक्रममा कार्यकर्ता मात्र किन आउँछन भनी प्रश्न गरे । उनले जनताको सहयोग र सम्वन्ध पार्टीले पाउन नसक्नुको कारण नखोजे कमजोर हुने चेतावनी दिए । उनले कांग्रेसप्रति जनताको आकर्षण घट्नुको पछि के कारण छ भनेर खोजि नगरीए संगठन कमजोर हुने भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारमा बसेकाहरु अलोकप्रीय भएको बेला कांग्रेसले असन्तुष्ट नागरिकको मन जित्न किन सकेन भनेर चिन्तन गर्ने बेला आएको बताएका थिए ।

सम्बन्धित समाचार

अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
  • २०७६ भाद्र १७, ०७: ३८: १८

नयाँ बिकल्प, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...

कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
  • २०७६ भाद्र १७, ०७: ३८: १८

नयाँ बिकल्प, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल...

सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
  • २०७६ भाद्र १७, ०७: ३८: १८

नयाँ बिकल्प, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेको छ। प्रदेशसभाको अर्को बैठक...

भर्खरै

TOP