November 29, 2020, Sunday

गौहत्याको घटना भयो झन गम्भिर

राप्रपाका मेयर र समाजवादीका मन्त्रीमाथि शंकै शंका, गृहले बनायो छानबिन समिति

काठमाडौं । आफूलाई कट्टर हिन्दुबादी र राजसंस्थाबादी राजनीतिक दल दाबी गर्ने कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयरको भूमिका बिबादस्पद र शंकास्पद रहेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका केही वडासमेत आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भन्दै संघीय सरकारका शहरी विकास मन्त्री इस्तियाक राई मुसलमानले किसानलाई निशुल्क गाई बितरण गर्ने भनी घोषणा गरेको एक साता नवित्दै नगरका गाईलाई सुर्खेत पु¥याएर भीरबाट लडाएर मारे पछि मन्त्रीमाथि पनि शंका उब्जिएको छ ।

मन्त्री राईले नेपालगञ्जका छाडा चौपाया विशेष गरी गाइ, गोरुका कारण सार्वजनिक यातायातमा समस्या भएको भन्दै व्यवस्थापन गर्नु पर्ने माग गर्दै आएका थिए । छाडा चौपायाको नाममा नेपालगञ्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा राखेका गाईलाई दैलेख पठाउने भनी ट्रकमा त्यसतर्फ लैजाँदै गर्दा सुर्खेतको व्युरेनी जंगलको भिरबाट खसाएर मारेपछि आशंका बढेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको श्रीस्थानमा लैजाने भन्दै ८ वटा ट्रकमा लोड गरिएका ३७० वटा गाई गोरुलाई विहिबार सुर्खेतको बीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा भिरबाट लडाएर मारेको र घाइते बनाएको अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार कटकुवामा १६ वटा र धुलियाविटको व्युरेनी जंगलमा आठ वटा गरी २४ वटा गाई मृत फेला परेका थिए ।

घाईतेमध्ये थप आठ वटा गाई मृत फेला परेका छन् । दैलेख लैजाने भनी लोड गरिएका ति गाईलाई सुर्खेतको जंगलको भीरबाट खसालेको अभियोगमा सुर्खेत प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइ सकेको छ । भीरबाट खसालेका गाइ गोरुमध्ये १ सय ३० भन्दा बढी गाई घाइते छन् । मरेका चौपायामा ४ गोरु र १२ गाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले ८ ट्रकमध्ये पाँचवटा ट्रक बबईबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले लेखेको चिठी देखाएर नै गाडी ल्याइएको छ । बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका आठ वटा ट्रक सुर्खेतको सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको थियो ।

गृहले बनायो छानविन समिति
सुर्खेतमा भएको गौहत्याको घटनाप्रति गम्मीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्रालयले चार सदस्यय छानबिन टोली गठन गरेको छ । शनिबार मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन भएको समितिलाई १५ दिन भित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

समितिमा नेपाल प्रहरीका प्रतिनिधि पनि रहने छन् । समितिलाई १५ दिनभित्रमा गाईगोरुको ओसारपसार, अस्वाभाविक मृत्यु तथा घाइते भएको सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी घटनामा कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता रहेको भन्ने विषयमा छानबिन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ ।

गृह मन्त्रालयले गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने पनि जनाएको छ । घटनाका दोषीलाई कुनै किसिमको उन्मुक्ति नदिइने मन्त्रालयले जनाएको छ । स्थानीयका अनुसार बिहीबार राति ट्रकमा ल्याइएका गाईगोरुलाई भीरबाट खसालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा प्रयोग भएका पाँचवटा ट्रक र ट्रक चालकलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जनाएको छ । ट्रक चालकबाट प्राप्त पत्रमा नेपालगञ्ज उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयले नेपालगञ्ज कान्जिहाउसमा रहेका ३७० वटा गाइगोरु र बाच्छाबाच्छी नगर प्रहरीको कमाण्डमा दैलेखको श्रीस्थान लैजाने उल्लेख गरिएको थियो । तर, दैलेखका स्थानीय तहले यसबारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताएपछि गृह मन्त्रालयले घटनाका बारेमा छानबिन गर्न लागि गृहमन्त्रालयले समिति गठन गरेको हो ।

यता नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखस्थित भैरवी गाउँपालिका वडा नं १ श्रीस्थानको नामै तोकेर नेपालगन्जबाट ३७० गाई पाल्नका लागि लगिएको भन्ने समाचार भ्रमपूर्ण प्रचार भन्दै खण्डन गरेका छन् । उनले श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव थापा, वडा नं. १ का वडाध्यक्ष काशीराम कार्की, गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढा, जिल्ला समन्वय समितिका सदस्य सर्बराज महतारा कसैलाई पनि यसबारेमा केही जानकारी नदिएको बताएका छन् ।

श्रीस्थानमा त्यति गाई पाल्ने त कुरै छाडौं, बॉध्ने ठाउँ पनि छैन भन्दै दैलखका स्थायीवासिन्दा रिजालले गाई रातीमा लगेर जबर्जस्ती श्रीस्थानतिर छाड्न लागिएको वा रातीको मौका पारेर भीरबाट लडाएर मार्नकै लागि लगिएको हुन सक्ने ठोकुवा गरेका छन् ।

गौहत्याको सर्बत्र विरोध
वीरेन्द्रनगर नगरपालिकाको कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको घटनलाई लिएर नेपाली कांग्रेसले गम्भिर आपत्ति प्रकट गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले गाई राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहेको भन्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु भनेको जघन्य अपराध भएको जनाएका छन् ।

यस्ता घटना हुनु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय भन्दै खाँडले जारी गरेको विज्ञप्तीमा गौहत्या कार्यप्रति कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ भनेका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई दोहोरीन नदिन नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सुर्खेतको कटकुवा जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत अवस्थामा भेटिएको र केही गाईहरु घाइते अवस्थामा रहेको घटनाले हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईप्रतिको अपमान भन्दै घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश त्यस्तो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसंग जोडदार माग गरेका छन् ।

गौहत्यामा यस्तो छ, कानूनी व्वस्था
फौजदारी संहिताको २०७४को परिच्छेद २७ मा पशुपंक्षीसम्वन्धी कसुरमा गाई गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरेको छ । यदी कसैले गाई गोरु मार्ने गरेमा वा कुनै नियतले चोट पुर्याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र अंगभंग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ । गाई गोरुलाई चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय पनि हुनसक्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७६ भाद्र १७, ०७: ४०: ५९

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७६ भाद्र १७, ०७: ४०: ५९

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७६ भाद्र १७, ०७: ४०: ५९

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP