November 24, 2020, Tuesday

दर्जन एजेण्डाले निकास नपाउँदै दोश्रो चरणको जागरण अभियान

भातृ संस्थाको विधान र गठनमा अड्कियो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारीका लागि सहयोग पुग्ने उदेश्यले असार २२ गते केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये धेरैले अझै निकास पाएको छैनन् ।

पार्टी संस्थापन पक्ष र संस्थापनइत्तर पक्षका नेताबीच महाधिवेशनका लागि एकले अर्कोलाई कमजोर देखाउने होडबाजी चलिरहेको बेला महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका १४ एजेण्डामध्ये दुई वटा एजेण्डाले निकास पाएका छन् । पार्टीको बिधान बमोजिम संघीय संरचनामा पार्टीको संगठन निर्माण गर्न निर्देशीका तयार भएको छ ।

जस अनुसार भदौ २० गतेसम्म सबै स्थानीय टोल, गाउँ र नगरपालिकाका वडा, गाउँ र नगर इकाई, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति र प्रतिनिधिसभा क्षेत्रीय समिति गठन गरिसक्नु पर्ने सहमति भएको छ । त्यस्तै, राष्ट्रिय जानगरण अभियानको पहिलो चरणको कार्यक्रमको प्रतिवेदन महामन्त्री खड्काले पेश गरिसकेका छन् ।

१२ वटा एजेण्डाले भने अझै निकास पाएका छैनन् । झण्डै दुई बर्षअघि नेपाली कांग्रृेसमा एकीककरण गरेको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका सबै कार्यकर्तालाई पार्टीमा समाहित गर्न र जिम्मेवारी दिइएको छैन ।

गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका कार्यकर्ताको समायोजन र व्यवस्थाको प्रतिवेदन तयार गर्न उपसभपाति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएको थियो । तर सो समितिले गच्छदारको तत्कालिन फोरम लोकतान्त्रिकको संगठन कहाँ र कसले कुन जिम्मेवारी पाएका थिए ? महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको रेकर्ड समेत फेला परेको छैन् । निधिले दिएको प्रतिवेदन नै अधुरो रहेको टिप्पणी पार्टी भित्रैबाट आउन थालेको छ ।

गच्छदार नेतृत्वको पार्टी एकीकरणको लागि प्रतिवेदन अपुरो निर्माण गरी विधान विपरित गठन भएको नीति अनुसन्धान तथा प्रशिक्षण विभागको कार्यक्रम लिएर सात प्रदेशमा गएका थिए । पार्टी महाधिवेशन प्रतिनिधिलाई सन्देश दिने वा प्रशिक्षण दिने कुनै एजेण्डा, योजना र रणनीति नै नभए प्रशिक्षण कार्यक्रम लिएर प्रदेशमा जाँदा नेतृत्वमा रहेका नेताहरुले कार्यकर्ताबाट आलोचना खेप्नु परिरहेको छ ।

पार्टी केन्द्रीय कार्य समितिमा पेश भएका एजेण्डालाई अलपत्र छोडेर पार्टीका पदाधिकारी र शीर्ष नेता नै कहिले प्रशिक्षण त कहिले भेला भन्दै देश र विदेशको सयरमा निस्कने गरेका छन् । महामन्त्री खड्काले पेश गरेको एजेण्डालाई संवोधन गर्न यतिवेला पार्टी सभापति शेरबहादुर देउवलो भातृ संस्थाको विधानलाई संघीय संरचनाअनुसार बनाउन र निर्धारित समयमाम महाधिवेशन गर्न र गराउन तथा पूर्णता दिने उदेश्यले केन्द्रीय कार्य समितिमा छलफल अघि बढाएका छन् ।

कार्यकर्तामा उत्साह, जाँगर जगाउन र क्रियाशिल बनाउन भन्दै कांग्रेसले गत बैशाख २५ गतेदेखि जेठ २५ गतेदेखि पहिलो चरणको राष्ट्रिय जागरण अभियाना संचालन गरेको थियो । दोश्रो चरणको जागरण अभियान भदौ २५ गतेदेखि गर्ने घोषणा कांग्रेसले गरेको छ । दोश्रो चरणको जागरण अभियानअघि नै स्थानीय तहका पार्टीका सबै संरचनाले पूर्णता पाईसक्ने, भातृ संस्थाले पूर्णता पाउने र भातृ संस्थाको विधान संघीय संरचना बमोजिम बनाउने घोषणा गरेको थियो ।

पार्टी विधान अनुसार संक्रमणकालिन सांगठानिक संरचना गठनको विषयमा झण्डै एक महिना केन्द्रीय कार्यसमिति बैठकको छलफलपछि निर्देशीका बनाएर ति संरचना बनाउने सहमति भएको थियो । तर, पार्टीको केन्द्रीय निर्वाचन समितिलाई त्यस्तो अधिकार दिने कि पार्टी केन्द्रीय कार्य समितिले प्रतिनिधि खटाउने भन्ने बिषयमा झमेला हुँदा प्रतिनिधि खटाउनमै ढिलाइ भएको थियो । पार्टी केन्द्रीय कार्यसमितिले अन्ततः निर्वाचन समितिलाई नै जिम्मेवारी दिएको थियो ।

समितिले सबै जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा जिम्मेवारी डेमोक्रेटिक लयर्स एसोसिएसनलाई दिएको छ । एसोसिएसनले जिल्ला पदाधिकारीमध्येबाट प्रतिनिधि तोक्ने भएको छ । पाँच दिन भित्रै टोल, वडा, पालिकास्तरको गठन घोषणा सम्भव हुने देखिँदैन । निर्णय गर्न ढिलाइ गर्ने पार्टी नेतृत्वले निर्णय कार्यान्वयनमा समेत ढिलाइ गरेपछि पार्टी कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

केन्द्रीय कार्यसमितिको विहिबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन प्रस्ताव प्रस्तुत गरेका थिए ।

कांग्रेसका अधिकांस भातृ तथा शुभेच्छुक संस्थाको विधान संघीय संरचना बमोजिम नभएको भन्दै गुनासो आइरहेको बेला यो एजेण्डाले प्रवेश पाएको हो । समयावधि सकिँदा पनि महाधिवेशन गर्न नसकेका भातृ संस्थालाई भंग गरी महाधिवशेन आयोजक समिति बनाउने तयारी गर्न अधिकांस केन्द्रीय सदस्यले सुझाव पनि दिएका छन् ।

नेपाल महिला संघ र नेपाल तरुण दलवाहेक सबै भातृ संस्थाहरुको म्याद सकिएको छ । भातृ संस्थाको रुपमा स्थापित नेपाल दलित संघको अध्यक्ष समेत रहेका मिनबहादुर विश्वकर्माले समेत दलित संघको महाधिवेशन गराएका छैनन् ।

महिला संघको कार्यकाल यही भदौमा सकिँदैछ भने नेपाल तरुण दलका मंसिरमा ३ बर्षे कार्यकाल सकिँदैछ । कांग्रेसमा किसान संघ र आदिवासी, जनजाति महासंघको महाधिवेशन नभएको १५ बर्ष भइसकेको छ ।

नेपाल विद्यार्थी संघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै पार्टीले ७ महिनाअघि नै भंग गरीसकेको छ । तरुण दलवाहेक सबै भातृ संस्थाको समयावधि समाप्त भइसकेको छ । महामन्त्री खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाले मान्यता पाउन केही संस्थाहरुले दिएको निवेदनको विषयमा निर्णय गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधान बमोजिम निर्धारित समयमा महाधिवेशन नगरेका सबै भातृ संस्थाहरुको अवस्था शुन्यमा पुगेको दाबी गरे । उनले निर्धारित समयमा महाधिवेशन नगर्ने सबैजसो भातृ संस्थाको महाधिवेशनको तयारी गर्न माग गरेका थिए । उनले एउटै प्रकृतिका भातृ संस्थाको कार्यसमिति सदस्यको सख्या, कार्यकाल, संरचना र पदाधिकारीको संख्या फरक भएको र त्यसमा एकरुपता हुनुपर्छ भनेर माग राखेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष घिमिरेले भातृ संस्थाहरुको प्रस्तावना अपुरो, अस्पस्ट र पार्टी विधान अनुकूलको नभएको भन्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको पूर्ण संरचना घोषणा गर्न माग गरेका छन् ।

नेपाल दलित संघका अध्यक्ष मिनबहादुर विश्वकर्माले भने आफू दलित संघको महाधिवेशन गर्न तयार भए पनि १३औं महाधिवेसन र महासमिति बैठकले प्रभावित भएको दाबी गर्दै आएका छन् । उनले उनले १३औं महाधिवेसनअघि नै ५० जिल्लाको अधिवेशन भए पनि नेताहरुले अन्य जिल्लाको अधिवेशन रोक्न दबाव दिएको आरोप लगाए ।

दिलेन्द्रप्रसाद बढुले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि भ्रष्टाचारका घटनामा बृद्धि भएको, शान्तिसुरक्षाको अवस्था कमजोर भएको र राज्यका हरेक अंगमा हस्तक्षेप बढाउँदा समेत प्रतिपक्षी दलको हैसियतले कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गर्दै आएका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा कांग्रेसले खेलेको भूमिको चर्चा गरेको थिए ।

कांग्रेस बैठकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं २ को वडा सदस्य पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित वडा सदस्य लक्ष्मी मेहताले पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असार १७ गते दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेकपामा प्रवेश गरेकी वडा सदस्य मेहतालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचित वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

नेपाल महिला संघ र नेपाल तरुण दलवाहेक सबै भातृ संस्थाहरुको म्याद सकिएको छ । भातृ संस्थाको रुपमा स्थापित नेपाल दलित संघको अध्यक्ष समेत रहेका मिनबहादुर विश्वकर्माले समेत दलित संघको महाधिवेशन गराएका छैनन् । महिला संघको कार्यकाल यही भदौमा सकिँदैछ भने नेपाल तरुण दलका मंसिरमा ३ बर्षे कार्यकाल सकिँदैछ । कांग्रेसमा किसान संघ र आदिवासी, जनजाति महासंघको महाधिवेशन नभएको १५ बर्ष भइसकेको छ ।

नेपाल विद्यार्थी संघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै पार्टीले ७ महिनाअघि नै भंग गरीसकेको छ । तरुण दलवाहेक सबै भातृ संस्थाको समयावधि समाप्त भइसकेको छ । महामन्त्री खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाले मान्यता पाउन केही संस्थाहरुले दिएको निवेदनको विषयमा निर्णय गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधान बमोजिम निर्धारित समयमा महाधिवेशन नगरेका सबै भातृ संस्थाहरुको अवस्था शुन्यमा पुगेको दाबी गरे । उनले निर्धारित समयमा महाधिवेशन नगर्ने सबैजसो भातृ संस्थाको महाधिवेशनको तयारी गर्न माग गरेका थिए ।

उनले एउटै प्रकृतिका भातृ संस्थाको कार्यसमिति सदस्यको सख्या, कार्यकाल, संरचना र पदाधिकारीको संख्या फरक भएको र त्यसमा एकरुपता हुनुपर्छ भनेर माग राखेका थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष घिमिरेले भातृ संस्थाहरुको प्रस्तावना अपुरो, अस्पस्ट र पार्टी विधान अनुकूलको नभएको भन्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको पूर्ण संरचना घोषणा गर्न माग गरेका छन् ।

नेपाल दलित संघका अध्यक्ष मिनबहादुर विश्वकर्माले भने आफू दलित संघको महाधिवेशन गर्न तयार भए पनि १३औं महाधिवेसन र महासमिति बैठकले प्रभावित भएको दाबी गर्दै आएका छन् । उनले उनले १३औं महाधिवेसनअघि नै ५० जिल्लाको अधिवेशन भए पनि नेताहरुले अन्य जिल्लाको अधिवेशन रोक्न दबाव दिएको आरोप लगाए ।

दिलेन्द्रप्रसाद बढुले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि भ्रष्टाचारका घटनामा बृद्धि भएको, शान्तिसुरक्षाको अवस्था कमजोर भएको र राज्यका हरेक अंगमा हस्तक्षेप बढाउँदा समेत प्रतिपक्षी दलको हैसियतले कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गर्दै आएका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा कांग्रेसले खेलेको भूमिको चर्चा गरेको थिए ।

कांग्रेस बैठकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं २ को वडा सदस्य पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित वडा सदस्य लक्ष्मी मेहताले पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असार १७ गते दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेकपामा प्रवेश गरेकी वडा सदस्य मेहतालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचित वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ भाद्र १७, ०७: ४८: ३५

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ भाद्र १७, ०७: ४८: ३५

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ भाद्र १७, ०७: ४८: ३५

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP