November 25, 2020, Wednesday

हावाहुरी प्रभावितलाई घर हस्तान्तरण

काठमाडौं । जनता आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरू गत बिहिबार पर्साको वीरगञ्जमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनर्निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण पूरा गरेको हो । बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८ सय ६९ घर निर्माण गरेको हो ।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु चार लाख ८४ हजार ८ सय अठासी रुपैयाँ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । आवास बनाउने काममा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।

उक्त क्षेत्रको पुनर्निर्माण, पुनस्र्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माण कार्य स्थगित गर्नुपरेको थियो ।

उक्त कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । यसैगरी कार्यवाहक प्रधानमन्त्री पोखरेलले बाराको चैनपुरमा निर्माण भएका घरहरूको अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार

गहुँबाली छर्ने बेला  सिराहामा युरिया  अभाव किसान चिन्तामा
गहुँबाली छर्ने बेला सिराहामा युरिया अभाव किसान चिन्तामा
  • २०७६ भाद्र १८, १०: ४०: ०४

नयाँ विकल्प, लहान – डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत...

सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु
सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु
  • २०७६ भाद्र १८, १०: ४०: ०४

नयाँ विकल्प सुर्खेत – भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ।सुर्खेतकाे चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर...

रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे
रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे
  • २०७६ भाद्र १८, १०: ४०: ०४

नयाँ विकल्प उदयपूर – कोभिड–१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको...

भर्खरै

TOP