November 27, 2020, Friday

गौहत्या प्रकरणमा राप्रपालाई नेकपाको संरक्षण

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाद्वारा दैलेख पठाइएका तीन सय ७० मध्ये ३६ गाई सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको घटनाको सर्बत्र आलोचना भइरहँदा जिल्ला समन्वय समिति दैलेखले राता राता नयाँ चिठी सार्वजनिक गरेपछि झन शंकाको घेरामा पर्न थालेको छ ।

सत्तारुढ दल नेकपाका जनप्रतिनिधिले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा देशब्यापी आन्दोलन गरिरहेको र संविधानलाई चुनौति दिइरहेको राप्रपाका नेतालाई बचाउन लागेको घटनालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत गम्भिर षडयन्त्रको रुपमा लिएको छ ।

जिल्ला समन्वय समिति दैलेखले राता रात भदौ ८ गते नेपालगञ्ज उपमहानगर पालिकालाई लेखेको पत्र भन्दै पुरानो मितिमा नयाँ चिठी लेखेको छ । सो चिठीमा ‘स्वच्छ गाई उपलब्ध गराइदिने’ व्यहोरा उल्लेख गरिएको छ ।

गौहत्या घटनामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, कार्यकारी अधिकृत हरि प्याकुरेललगायत कर्मचारी मुछिएका थिए । जिल्ला समन्वय समिति दैलेखले उपमहानगरपालिकालाई लेखेको चिठी सार्वजनिक भएसँगै जिल्ल समन्वय समिति दैलेख पनि उनीहरूको बचाउमा लागेको चर्चा चल्न थालेको छ ।

सत्तारुढ नेकपाको बहुमत रहेको जिल्ला समन्वय समिति दैलेखले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका धवल शम्शेर राणा प्रमुख रहेको नेपालगन्ज उपमहानगरपालिकाको कर्तुतलाई संरक्षण गर्न लागेको घटनालाई रहस्यमय रुपमा हेरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखलाई सम्बोधन गरेर पठाइएको पत्रमा श्रीस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुकालगायत धार्मिक क्षेत्रका साथै नारायण नगरपालिकालगायत स्थानीय तहमा व्यावसायिक गाईपालनका लागि स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराइदिनू भन्ने उल्लेख छ ।

दैलेख जिससले आफूहरुले ति गाई माग गरेको बताए पनि दैलेखका विभिन्न स्थानीय तह र धार्मिक संस्थाले भने विज्ञप्ति नै जारी गरेर आफूहरूले गाई नमगाएको बताएका छन् ।

राप्रपाले गौहत्याको प्रकरणपछि स्वाभिमान यात्रा रोक्यो
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबारदेखि शुरु गर्ने भनिएको तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ । पार्टीका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर जंगबहादुर राणा उपमहानगरकै संलग्नतामा गौहत्य प्रकरणमा मुछिएपछि राप्रपाले सोमबारदेखि बुधवबारसम्म सिन्धुलीबाट काभ्रेपलाञ्चोकसम्म हुने तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको हो ।

बर्षाका कारण स्थगित गरिएको दाबी गरे पनि खास कारण गौहत्यामा पार्टी मुछिएपछि राप्रपाले सार्वजनिक कार्यक्रम हलमा सिमित हुन थालेको छ । राप्रपा प्रवक्ता सुशील कुमार श्रेष्ठले अभियानको संचालनको लागि सबै तयारी पुरा भएको जनाएका थिए ।

दोषीलाई कारवाही नगरे कठोर आन्दोलन गर्ने
विभिन्न धार्मिक संस्थाले भदौ २४ गतेसम्म गौहत्याका दोषीलाई पक्राउ नगरे नेपाल ठप्प पार्ने चेतावनी दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको जंगलको भीरबाट खसालेर सैतिँस गाईको हत्या एवम् ८६ वटा गाई घाईते भएको घटनालाई लिएर ति संस्थाले यस्तो चेतावनी दिएका हुन् ।

विश्व हिन्दु युवा महासंघका महासचिव रोसन जङ्ग बस्नेतले सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएको अवस्थामा गौ–माताको यस प्रकारले हत्या हुनुलाई जघन्य अपराध भएको जनाए ।

राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्वसांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए । उनले भने,‘ नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उनकाअनुसार सिधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट दाबी गरे ।

बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्न आग्रह गर्दै गौ–हत्याको भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेकोले कारबाहीको माग गरे ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भिर आरोप लगाए । उनले भने,‘यो घट्ना नियोजित हो । यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भिर र निश्पक्ष छानबिन हुनुपर्छ ।’

धार्मिक संघ संस्थाहरुले गौ हत्याको विरोधमा भदौ २४ गते नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालययमा ज्ञापनपत्र बुझाउने र मागहरु पूरा नभए दोस्रो चरणका कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् । उनीहरुले नेपाल बन्ददेखि लिएर दशैंको मुखमा तीन तहका सरकार प्रमुखहरुलाई मन्दिर प्रवेशमा निषेध गराउनेसम्मका कार्यक्रम तयर गरेका छन् ।

सम्बन्धित समाचार

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीले राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीले राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ भाद्र २३, ०८: १३: ५५

नयाँ विकल्प,काठमाडाैं-एम्नेष्टि इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित निकास...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ भाद्र २३, ०८: १३: ५५

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)
सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)
  • २०७६ भाद्र २३, ०८: १३: ५५

नयाँ विकल्प काठमाडाैं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको...

भर्खरै

TOP