December 4, 2020, Friday

दोश्रो चरणको जागरण अभियानमा देशैभर सरकारको कमजोरी खोजिने

तीन सय ३० निर्वाचन क्षेत्रमा यस्ता छन् कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले भदौ २४ गते मंगलबार जननायक वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा पारेर दोश्रो चरणको हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियान शुरु गर्ने भएको छ । त्यसको लागि पार्टीले देशैभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिलाई खटाएको छ ।

जागरण अभियानको प्रथम चरण गत बैशाख २५ देखि जेठ २५ गतेसम्म सम्पन्न भएपछि त्यस चरणमा घोषीत १५ वटा र थप समसामयिक उद्देश्यसहित केन्द्रीय प्रतिनिधि खटाइएको छ । भदौ २४ गतेबाट शुरु हुने दोस्रो चरणको अभियान असोज ७ गते समापन हुनेछ । दोश्रो चरणको अभियानका कार्यक्रमहरु पनि पहिलो चरणमा जस्तै छरितो हुने भएको छ ।

एक मिनेट भित्र आसन ग्रहण, ठूला माला र व्याजरहित मञ्च र सिमित संख्यामा वक्ताको व्यवस्था गरिने भएको छ । यस पटकको अभियान बढी अन्र्तक्रियात्मक अर्थात पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित गरिएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । यो अभियानको अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय सभा हुने जनाइएको छ ।

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरूप १०६ विरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको ‘हिपतम’ जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिने भएको छ ।

यसरी एकै दिन ३४ हजार नौं सय ८० विरूवा रोपेर अभियान शुरु हुने छ । वृक्षारोपणका लागि प्रतिकुल मौसम भएमा उद्घाटनका दिन निश्चित स्थलमा रूख विरूवाको गोडमेल, घेराबाराका गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

अभियानका क्रममा नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका दिदीबहिनी दाजुभाइको धारणा, भावना, उनीहरुको ज्वलन्त प्रश्न, पिडा र अपेक्षा, वर्तमान सरकारसँगको अपेक्षा र अनुभूति सुन्ने र समिक्षा गर्ने कार्यक्रम रहेका छन् ।

यो चरणमा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएमा छलफल र अध्ययन गर्न, बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिवेटी बेचबिखन, छाउपडि लगायत अन्य विसंगतिहरूका विरुद्ध चेतना अभिवृद्धिमा सहभागिता जनाउन पार्टीले परिपत्र नै गरेको छ ।

प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवालाई आकर्षित गर्न युवा केन्द्रीत विशेष संवादको कार्यक्रम आयोजना गर्न नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघ लगायत भातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाहरूको देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचारहरू संकलन गर्ने कार्यक्रम राखिएको छ ।

३३० प्रदेश सभा क्षेत्रमा औसत ३०० युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रममा सम्प्रेषण गरी १ लाख युवासँग संवाद र सम्प्रेषण पन्ध्र दिनको अवधिमा हुने प्रवक्ता शर्माले दाबी गरेका छन् । युवा केन्द्रीत विशेष संवाद प्रदेश सभा क्षेत्र, गाउँ–नगर वा वडा स्तरीय गर्न निर्देशन दिइएको छ ।

अभियानका क्रममा वडा स्तरीय अन्तरक्रिया पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा भावना बुझ्न आन्तरिक कार्यक्रम विषय प्रवेश लगत्तै ‘फ्लोर ओपन’ गरी सहभागिहरूको राय संकलन गरिनेछ ।

वडा संगठनको स्थिति समिक्षा, वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समिक्षा तथा समग्रमा कांग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यहरूबारे वडा स्तरीय विशेष छलफल हुनेछन् ।

यो अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेताहरु अग्रज एवं शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न, द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पिडा र आजको स्थिति बुझ्न आफै जानेछन् ।

जागरण अभियानको प्रथम चरणमा ३१ हजार छ सय ४२ जना नेपाली कांग्रेसमा प्रवेश गरे जस्तै दोस्रो चरणमा यो भन्दा ठूलो संख्या विभिन्न राजनैतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा समाहित हुने देखिएको भन्दै कांग्रेस प्रवक्ता शर्माले नवप्रवेशीलाई उपयुक्त समयमा विशेष प्रशिक्षण प्रबन्ध गरिने जनाएका छन् ।

अभियानामा स्थानीय सरकारको दुई वर्षे समिक्षा पनि गरिनेछ । यसक्रममा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार भई विजयी भएका जनप्रतिनिधि र पार्टीको स्थानीय समितिका बीच विशेष आन्तरिक बैठक आयोजना गरिनेछ ।

त्यसका लागि कांग्रेसको नेतृत्व रहेका तहमा जनभावना अनुरूप अझ प्रभावकारी भूमिका कसरी निभाउने, निर्वाचित साथीबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने र प्रतिपक्ष रहेका तहमा प्रतिपक्षको प्रखर भूमिका कसरी प्रभावकारी बनाउने विषयमा गहिरो विमर्श हुनेछ ।

जागरण अभियानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति, गाउँपालिका–नगरपालिका समिति र वडा समितिहरूलाई भदौ २४ गतेको उद्घाटन समारोह, प्रदेश सभा स्तरीय युवा केन्द्रीत विशेष संवाद, गाउँ –नगर स्तरीय ‘सामाजिक संवाद’ कार्यक्रम, स्थानीय तहमा विजयी र उम्मेदवार साथीहरू तथा पार्टी बीच छलफल,वडा स्तरीय विशेष अन्र्तक्रिया कार्यक्रम, पार्टी प्रवेशका कार्यक्रम र असोज ३ गते संविधान दिवसका कार्यक्रमको लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ । पार्टीले असोज ७ गते जिल्ला स्तरीय प्रदर्शनमा सबै तहको एकीकृत सहभागिताको लागि आव्हान गरेको छ ।

‘हिपतम’ जागरण अभियानका क्रममा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूलाई सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुलाई मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको एक वर्ष पुगेपनि कार्यान्वयन नभएको सम्वन्धमो विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेट मार्फत नेपाल सरकार समक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्नेछन् ।

जिल्ला—काठमाडौँ सम्पर्क समितिका हकमा अभियानको प्रचारका लागि भूमिका निर्वाह गर्न र नियमित रक्तदानलाई निरन्तरता दिन निर्देशन दिइएको छ ।

असोज ३ मा काँग्रेसले यस्तो कार्यक्रम गर्दैछः
जागरण अभियानको अवधिमा पर्ने संविधान दिवसको असोज ३ गते कांग्रेसले नेपालको संविधान निर्माणमा कांग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक कार्यक्रम (अन्तरक्रिया या विचार गोष्ठी) प्रदेश सभा कार्यसमितिको आयोजना गर्ने छ ।

कार्यक्रममा तराई–मधेशमा रहेको असन्तुष्टि र जनजाति, महिला, दलित, थारू आदिका म्ुद्दाहरुको हल संविधानको संशोधनद्वारा नै सम्भव रहेको पार्टीको धारणाका साथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सम्वद्र्धनका पक्षमा सबैमा अपिल गरिने र साँझ सबै गाउँ–नगरका निश्चित चौक बजारमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

जागरण अभियानका ५ मुद्धाहरु बढ्दो महंगीका, वाइड बडी जहाज खरिद प्रकरण साथै अन्य भ्रष्टाचार, बढ्दो महिला हिंसा, बलात्कार र हत्याकाका घटना, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध प्रदर्शन गर्न निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७६ भाद्र २३, ०८: १७: ०३

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७६ भाद्र २३, ०८: १७: ०३

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७६ भाद्र २३, ०८: १७: ०३

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP