नेपालमा यतिखेर देशैभर डेंगु रोगले ढाकेको छ । राजनीतिक दलहरु आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेका कारण यस्तो महामारीले व्यापकता लिने गरेको छ । चरम राजनीतिकरणका कारण नेपाली जनताले विभिन्न समयमा यस्ताखाले ठुला महामारी भोग्दै आउनु परेको छ ।
तराईमा बाढी–पीडित, पहाडमा पहिरो पीडित र देशैभर अहिले डेंगु रोगले जनतालाई सिकिस्त बनाएको छ । जनताको स्वास्थ्य, बाढी पीडित, पहिरो पीडित, बालबालिका अपहरण र बलात्कार जस्ता जघन्य अपराधहरुमा समेत राजनीतिक दलहरु आफ्ना दलका स्वार्थ लागि मात्र लाग्दै आएका कारण पनि यस्ता संवेदनशील कुराहरुबाट जनता पीडित बन्नु परेको छ ।
यतिखेर लाखौंको हाराहारीमा डेंगु रोगबाट नेपाली जनता पीडित भइसक्दा पनि सरकार, प्रतिपक्षी दल, सिंगो मन्त्रीमण्डलले राष्ट्रिय सहमतिको आधारशिला खडा गर्न सकेको छैन ।
सडक र सदनमा घाटी फुलाई–फुलाई एक आपसमा दोसारोपण गर्दै बसिरहेका छन् भने नेपाली जनता संक्रमणबाट त्रसित भइरहेका छन् ।
यस्तो अवस्थामा न सरकार पक्ष, न प्रतिपक्षले जनतालाई उचित राहत प्रदान गर्न सकेको छ । सरकारले प्रतिपक्षलाई र प्रतिपक्षले सरकारलाई गालीगलौज बाहेक जनतालाई दिनुपर्ने तत्काल राहतको कुनै खाका समेत कोर्न सकेका छैनन् । यस्ता राजनीतिक दलहरुबाट नेपाली जनताले कस्तो अपेक्षा गर्ने ? तराईमा हुरी–बतास आएर गरीब किसानको घरवास विहिन हुन्छ ।
ठुलो धनजनको क्षति हुन्छ । त्यसपछि बाढीले मधेश डुबानमा पार्छ । त्यसमा पनि सोझासाझा जनताकै ज्यान जान्छ, तर यी राजनीतिक दलहरु तत्काल राहतको कुनै योजना नबनाएर राजधानीमा गालीगलौज गरेर बसिरहन्छन् । यस्तो संवेदलनशील मानवीय सेवामा तत्काल जुट्नु पर्ने अवस्थामा समेत सरकार र राजनीतिक दलहरु चुक्दै आएका छन् ।
अहिले पनि विभिन्न ठाउँमा पहिरोले मान्छेको ज्यान र घरवास विहिन भएको अवस्था छ । स्थानीय, प्रदेश र संघीय सरकार बेखबर छ । डेंगु लागेर लाखौंको हाराहारीमा विरामी पुगेका अस्पतालमा पनि सरकारले तत्काल गर्नुपर्ने कार्य गर्न सकिरहेको छैन । यस्ता दैवी प्रकोप नियन्त्रण, दैनिक जनजीवनमा पर्न आएको अति संवेदनशील रोगहरुको संक्रमण फैलिदा समेत नेपाली जनताले समयमा उपचार नपाउनु दुःखद् हो ।
डेंगुको संक्रमण भएको महिनौ दिन भइसक्दा पनि नियन्त्रणमा आउन सकिरहेको छैन । यस्तो अवस्थामा सरकारले तत्काल औषधीमुलो र विरामीलाई अस्पताल भर्ना गराएर उपचार गराउन समेत सकिरहेको छैन ।
डेंगुकै कारण चार जनाको ज्यान गइसकेको छ भने धेरै ठाउँमा डेंगु लागेका विरामीहरुको चाप बढेर अत्याधिक भएको छ । अस्पतालमा बेड नपुगेर एउटै बेडमा तीन–तीन जना बिरामी सुताएर औषधी उपचार गरिरहेका छन् । तर सरकार सुने नसुनेको र देखे नदेखेको गरिरहेको छ भने प्रतिपक्षी दल सदनमा भाषण गरेरै मख्ख परिरहेको छ ।
तसर्थ, राष्ट्रिय विपत्तिमा समेत नेपालका राजनीतिक दलहरु चुक्दै आएकाले कमसेकम यस्ता संवेदनशील कुरामा सबै राजनीतिक दलहरुको साझा धारणा हुन अत्यावश्यक छ ।
नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको...
नयाँ विकल्प, काठमाडौं – पार्किन्सन जस्तै रोगले संक्रमित भएपछि थप उपचारका लागि गत पुस २० गत भारतको मुम्बई लगिएकी नेकपा...
नयाँ विकल्प,काठमाडौं – नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना विना निर्वाचन गराउन खोजेमा मुलुकमा रक्तपात हुने बताएकी...