November 23, 2020, Monday

जातिय संगठनलाई भ्रातृ संस्था बनाउँदै कांग्रेस

काठमाडौं । समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि लड्दै आएको लोकतान्त्रिक दलको पहिचान बनाएको नेपाली कांग्रेसले जातिय संगठनलाई प्राथमिकता दिएको छ । कांग्रेसले देशब्यापी रुपमा राष्ट्रिय जागरण अभियान २४ भदौदेखि ७ असोजसम्म संचालन गरिरहेको बेला पार्टी शीर्ष नेता र भातृ संस्थाको बिधानलाई एकरुपता दिने उदेश्यले एनपी साउद नेतृत्वको समितिले बिधान निर्माणको गृहकार्य गरिरहेको छ ।

समितिले विगत चार बर्षदेखि भ्रातृ संस्था र शुभेच्छुक संस्थाको रुपमा काम गर्न पाउँ भनि निवदेन दिएका १९ संस्थाको छानबिन र अध्ययन गरिरहेको छ । निवेदन दिएका संस्थाहरु मध्ये कतिपयका एउटै प्रकृतिको रहेका छन भने कतिपय जातिय संस्था छन् ।

नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा हाल नेपाल तामाङ संघ र नेपाल मगर संघ भ्रातृ संगठनको रुपमा र नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवा खल क्रियाशिल छन् । कांग्रेसले नयाँ दर्ताको लागि निवेदन दिएका नेपाल थारु संघ, नेपाल राष्ट्रिय धिमाल संघ, नेपाल तमु गुरुङ संघ जस्ता जातिय संस्थालाई भ्रातृ संगठनको रुपमा र नेपाल, नेपाल आदिवासी क्षेत्री महासंघले शुभेच्छुक संस्थाको रुपमा कांग्रेस केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा इलामका बिमल गुरुङको नेतृत्वमा लोकतान्त्रिक सांसद स्वकिय सचिव संघले पनि दर्ताको लागि निवेदन दिएको छ । नेपाल थारु संघको नाममा दुई वटा संस्थाले निवेदन दिएका छन् भने पर्यटन व्यवसायी संघको नाममा दुइ वटा संस्थाले निवेदन दिएका छन् । कांग्रेसमा १३ भातृ संस्था छन भने ३९ वटा शुभेच्छुक संस्था छन् ।

पार्टीले शुभेच्छुक संस्थाको रुपमा १७ वटा संस्थालाई मान्यता दिएको छ । त्यसवोहक नेपाल ट्रेड युनियन कांग्रेस मातहत २५ संगठीत संस्था छन् । नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियनलाई भने पार्टीले र नेपाल ट्रेड युनियन कांग्रेस दुवैले शुभेच्छुक संस्थाको रुपमा मान्यता दिएका छन् ।
पार्टीको अस्तित्वमा रहेका भातृ संस्थाको बिधानमा एकरुपता ल्याउन, समान प्रकृतिका संगठनलाई एकीकृत गर्न र संगठनको संरचना तथा औचित्यको विषयमा अध्ययन गर्न पार्टील समिति निर्माण गरेको थियो ।

कांग्रेसका कतिपय भ्रातृ संस्थाको नाममा एकरुपता समेत छैन । कुनै संगठनले नामको अघि राष्ट्रिय राख्ने, कतिपयले राष्ट्रिय राख्ने, कुनैले प्रजातान्त्रिक र कसैले लोकतान्त्रिक राख्ने गरेका छन् । दर्ता भइसकेका केही जातिय संस्थाको कारण कतिपयलेस अन्य जातिय संस्थालाई भ्रातृ संस्थाको रुपमा दर्ता गर्न खोजेपछि समिति सदस्यबीच एक मत भएको छैन् ।

भ्रातृ संस्थाको विधानमा एक रुपता कायम गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का पदाधिकारीले भ्रातृ संस्थाको विधान अध्ययन गरिरहेका छन् । नेविसंघका सबै तहका संगठनको कार्यकाल २ बर्ष भए पनि महिला संघ र तरुण दलमा भने तीन बर्ष कायम गरिएको छ । १५ बर्षदेखि महाधिवेशन गर्न नसकेका संगठनलाई पार्टीले महाधिवेशनको लागि पत्राचार समेत गरेको छैन तर नेविसंघको कार्यकाल तीन बर्ष नपुग्दै गत माघ २८ गते विघटन गरिएको थियो ।

भ्रातृ संस्थाका लागि निवेदन दिनेहरु
नेपाल थारु संघको नाममा दुई वटा संस्था, नेपाल राष्ट्रिय धिमाल संघ, नेपाल लोकतान्त्रिक निर्माण संघ, नेपाल तमु गुरुङ संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल इसाई संघ रहेका छन् ।

शुभेच्छुक संस्थाको लागि निवेदन दिनेहरु
नेपाल लोकतान्त्रि पर्यटन व्यवसायी संघ, राष्ट्रिय पर्यटन व्यवसायी संघ, लोकतान्त्रिक होटल व्यवसायि संघ, नेपाल लोकतान्त्रिक व्यापार संघ, लोकतान्त्रिक गैरसरकारी संघ, स्थानीत तह कर्मचारी युनियन, भाषा साहित्य संघ नेपाल, नेपाल आदिवासी क्षेत्री महासंघ, नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपाल, लोकतान्त्रिक सांसद स्वकिय सचिव संघ र नेपालको अपरेटिभ संघ तथा लोकतान्त्रिक छापामाध्यममा राष्ट्रिय सञ्जाल रहेका छन् ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ आश्विन १२, १२: १५: २२

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ आश्विन १२, १२: १५: २२

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ आश्विन १२, १२: १५: २२

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP