November 30, 2020, Monday

नेपाल मुद्रण उद्योग संघको पन्ध्रौ साधारण सभामा महासचिव अजयबादे श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन

मुद्रण उद्योग व्यवसायीहरु, नेपालको मुद्रण उद्योगीहरुको सबैभन्दा जेठो एकमात्र छाता संगठन नेपाल मुद्रण उद्योग संघको पन्ध्रौ साधारण सभामा कार्यकारिणी समितिको तर्फबाट यो वार्षिक प्रतिवेदन पेश गरेको छु । संघको विगत एक वर्षको क्रियाकलापलाई समेटेर तयार गरिएको यो प्रतिवेदन पन्ध्रौ साधारण सभामा पेश गर्ने अवसर मलाई प्राप्त भएकोमा नेपाल मुद्रण संघका अध्यक्ष, पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

नेपाल मुद्रण उद्योग संघको यो वार्षिक प्रतिवेदन अहिलेको कार्यसमितिको नेतृत्वले गत वर्ष २०७५ बैशाख २८ गते आफ्नो जिम्मेवारी सम्हाले देखिको हो । संगठनको सुदृढीकरण र संस्थागत जिम्मेवारीः तत्कालिन श्री ५ को सरकार, जिल्ला प्रशासन कार्यालयबाट संघसंस्था दर्ता ऐन २०३४ अनुसार दर्ता नं. ४ मा दर्ता भएको यस नेपाल मुद्रण उद्योग संघ प्रत्येक आर्थिक वर्षमा नविकरण गर्नु पर्नेमा विविध कारणले ७ वर्षदेखि नविकरण समेत नभएको र नेपाल सरकारको नविकरण नगरिएका संघसंस्था खारेजीमा पर्ने सूचना प्राप्त हुनासाथ तत्काल लामो समयदेखिको लेखा परिक्षण गराई ठूलो जरिवाना रकम सहित बुझाई यस कार्यकारिणि समितिले यस संघलाई खारेजी हुनबाट बचाई जिल्ला प्रशासन कार्यालयबाट नविकरण कार्यनै हाम्रो लागि निकै जटिल हुन पुग्यो ।

त्यसैगरी, २०७२ बैशाख १२ गते आएको महाविनाशकारी भुकम्पले यस संघको भवन पनि क्षतविक्षतको अवस्थामा पुगेको थियो । यस कार्यकारिणि समितिले २०७५ जेष्ठ ११ गतेको आफ्नो दोस्रो बैठकबाट नै संघको भवनको पूर्ण रुपमा जिर्णोद्धार तथा रंग–रोगन समेत गर्न विज्ञको समूहलाई जिम्मेदारी दिने निर्णय गरि तद्अनुसार ०७५ भाद्र २७ गते संघको भवन पूर्ण रुपमा जिर्णोद्धार गरि आवश्यकता अनुसार रंगरोगन समेत गरिएको जानकारी गराउन चाहन्छु ।

जिर्ण अवस्थामा रहेको भवन भित्र रहेका संघको सम्पूर्ण कुर्सीहरु मर्मत गरिनुका साथै अन्य जिन्सी सामानहरु तथा टेबुल, दराज लगायतको नयाँ व्यवस्था समेत हालको कार्यकारिणि समितिले गरिरहेको कुरा अवगत गराउँदछु । नेपाल मुद्रण उद्योग संघको गतिविधिलाई अगाडि बढाउने क्रममा आजभन्दा ठिक वर्ष दिन अगाडि अर्थात् २०७५ असोज ४ गते यस संघका पूर्व अध्यक्षज्यूहरु लगायत आजीवन सदस्यहरुको भेला आयोजना गरि शुभकामना आदान–प्रदान गरिएको थियो ।

यस संघको ४०औं वार्षिकोत्सवमा संघको भावी योजनाका साथै मुद्रण व्यवसायीहरुका आपसी समन्वय सहयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको र उक्त आयोजनामा विभिन्न वक्ताहरुले मुद्रण उद्योगलाई सक्षम बनाउनु पर्नेमा जोड दिइएको थियो ।

त्यसैगरी, ने.मु.उ. महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रमः मिति २०७५ मंसिर १ गते सम्पन्न ने.मु.उ. महासंघको तेस्रो महामअधिवेशन तथा निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना र बधाई कार्यक्रम संघको भवनमा नै यस संघको आजीवन सदस्यहरुको भेलाबाट सम्पन्न गरिएको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा क्षेत्रमा समय सापेक्ष विकसित मुलुकहरुमा भएका विकास र परिवर्तनबाट मुद्रण क्षेत्र पनि अछुतो छैन । ई–मिडिया, ईन्टरनेट, डिजिटलाईजेशन, नो पेपर कन्सेप्ट आदिले गर्दा नेपालमा मात्र होईन विश्वमा नै मुद्रण व्यवसायको प्रारम्भिक स्वरुपमा आमुल परिवर्तन हुन पुगेको छ ।

यसका लागि ने.मे.उ. महासंघसँग समन्वय गरि २०७५ पौष २० गते एलिस् पार्टि प्यालेस, गैरिधारा, काठमाडौंमा IPAMA (Indian Printing, Pakaging and Allied Machinery Manufacturers Association) को /रोड सो (ROAD SHOW) कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा ifpama का अध्यक्ष श्री एस. दयाकर रेड्डीज्यूले विश्वमा भएका र हुनसक्ने मुद्रणको परिवर्तित स्वरुपको विश्लेषण गर्दै भारतमा हुने उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यवसायीहरुलाई आव्हान गरिएको थियो ।

चौधौं PRINT PACK INDIA, भारतस्थित ग्रेटर नोएडामा MFEBO 1-6, 2019 मा भाग लिन यस संघबाट अध्यक्षको नेतृत्वमा टोली नै पुगेका थिए भने उक्त समारोहको उद्घाटन यस संघका अध्यक्षद्धारा समेत गरिएको थियो । यसरी पहिलो पटक अन्तर्राष्ट्रिय क्षेत्रमा अतिथिको रुपमा पहिलो पटक उद्घाटन गर्ने अवसर समेत संघका वर्तमान अध्यक्षलाई प्राप्त भएको थियो ।

त्यस्तै विदेशी प्रकाशन र विदेशमा छपाई भई आउने पुस्तकमा १०% भन्सारको व्यवस्थाःस्थापनाकालदेखि नै मुद्रण व्यवसायीहरुको मागको निरन्तरतालाई यस वर्षको कार्यकारिणि समितिको पहलमा केही मात्रामा राहत मिलेको छ । विदेशबाट छापी आएका पुस्तकमा भन्सार महसुल लगाउनुपर्ने जोडदार माग यस संघका कार्यकारिणि समितिले गरेकोमा २०७६÷०७७ को बजेटमा सो माग बमोजिम १०% भन्सार लगाईने भएपछि मुद्रण व्यवसायीहरु अब स्वदेशी छपाई स्वदेशमै हुन सक्नेमा आश्वस्त भएका थिए ।

दुई दशक भित्र दुई पटक सरकारको निर्णयलाई फिर्ता गराईएको र यस पटक पनि राजनीतिक दलका केही प्रतिनिधि र पुस्तक प्रकाशक संस्थाले यसमा दुविधा श्रृजना गराई चर्को विरोधसम्म गर्न लागेकाले ने.मु.उ. महासंघ, मसलन्द उद्योग संघ र पेपर मर्चेन्ट समेतको सहयोगमा सरकारी निर्णय (बजेट) को स्वागत गदै देशका प्रमुख दैनिक पत्रिकाहरुमा विज्ञप्ति जारी गरि होटल हार्दिक, बागबजार, काठमाडौंमा सामुहिक पत्रकार सम्मेलन गरि यस निर्णय माथि रचिएका भ्रम निवारण गर्ने कार्य समेत यस कार्यकारिणि समितिले गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघसँगको समन्वयन र सहभागिताः नेपाली.उद्योगी व्यवसायहरुको वस्तुगत तर्फबाट ने.उ.वा. महासंघको सदस्य हो । MFRNCCIf को वस्तुगत संघको हैसियतले यस संघले MFNCCIF मा दरिलो उपस्थिति जनाई रहेको छ । यस क्षेत्रका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गरी सरकार समक्ष पुयाउने कार्य भईरहेको छ । MFNCCIF को ५३औं वार्षिक साधारण सभामा यस संघका अध्यक्ष र म स्वयमले भाग लिएका थियों । उक्त कार्यक्रममा यस संघबाट बजेट, निर्माण, भ्याट, प्यान र सामाजिक सुरक्षा सम्बन्धमा राय सुझाव समेत पेश गरिएको छ ।

संघको दैनिक गतिविधि अनुरुप क्यालेण्डर प्रकाशन गरी ने.मु.उ संघले यस पटक विज्ञापनको नाममा रकम संकलन नगर्ने निर्णय गरि संघको गतिविधिलाई प्राथमिकतामा राखी २०७६ सालको संघको स्पाईरल वाण्डिङ्ग सहित क्यालेण्डर प्रकाशन गरि निशुल्क वितरण गरेको छ ।

नयाँ युगको प्रविधि अनुसार नेपाल मुद्रण सञ्चालन गर्न मुद्रण क्षेत्रमा भईरहेको र भविष्यमा हुन सक्ने परिवर्तन बारेमा सचेत र सजग गराउन ने.मु.उ.संघको यस कार्यकारिणि समिति सदैव जुटिरहेको छ । All India Federation of MASTER Printers का cWoIf Mr. Raveendra Puri / PAMES का CwoIf Mr. Kamal Chopra समेतलाई विशेष आमन्त्रण गरि भोजन गृह, डिल्लीबजार, काठमाडौंमा आजीवन सदस्यहरुको भेला गराई मुद्रणको विगत, वर्तमान र भविष्यसम्म भन्ने विषयमा अध्यक्षहरुद्वारा कार्यपत्र प्रस्तुत गरेका थियो ।

तसर्थः यस कार्यकारिणि समितिले आफ्ना व्यवसायीहरुका हकहितमा सदैव सजग र सक्रिय रहँदै आइरहेको छ । हालैमात्र पाठ्यक्रम विकास केन्द्रद्वारा दशकौंदेखि चलनचल्तीमा रहेको पुस्कको साईज १८८२४ से.मी. लाई ब्द्ध साईज बनाएकोमा यस संघका सदस्यहरु, यससँग सम्बन्धित उद्योग व्यवसायी र महासंघसँग समन्वय गरी यसको प्रभावका बारेमा छलफल गरी उचित निर्णय लिईनेछ ।

त्यसैले संघसंस्थाहरु फुटेर होईन जुटेर समान उद्देश्य राख्ने दुई अलगअलग संस्था ने.मु.उ. संघ र ने.मु.उ.महासंघ दुई गुट एकजुट भई मुद्रण व्यवसायीहरुका हकहितमा लाग्नुपर्ने माग अनुसार विभिन्न चरणमा दुवै पक्षद्वारा एकिकरणका लागि वार्ता समेत अघि बढाई सकेका छौं । यसै सन्दर्भमा संघकै भवनमा २०७६ असाढ ४ गते सम्पूर्ण आजीवन सदस्यज्यूहरुको भेला गराई ने.मु.उ महासंघसँग एकताका सम्भावना विषयमा खुल्ला विचार राख्न छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

संघप्रति सदस्यज्यूहरुको संलग्नता र चासो कम देखाएकोले संघको गतिविधि सञ्चालन कसका लागि भन्ने गम्भिर प्रश्न खडा भएकोले संघको भावी कार्ययोजना कसरी बनाउने भन्ने विषयमा वर्तमान कार्यसमितिलाई अन्योल रहेकोले यस सभाले मार्ग निर्देश गर्नेछ भन्ने आशा लिएको छ ।यो कार्यकारिणि समिति समग्रमा संघको मर्यादा, अस्तित्व, उद्देश्य र आकांक्षालाई उच्च बनाउन सक्रिय रहीरहेको छ ।

अन्तमा, आजबाट ४१ वर्ष पहिले समस्त मुद्रण व्यवसायीहरुको हकहित संरक्षण हेतु दुई कोठा बहालमा लिई सञ्चालन गरिएको संघ आजको मितिसम्म आउँदा आफ्नै भवनमा अर्बौको लगानीमा रहेका सयौं सदस्यज्यूहरुले मलजल गरि संगठित भई मुद्रणको प्रत्येक आरोह अवरोहमा एकजुट भई रहनु भएका यस मुद्रण संघका अग्रजहरु प्रति हार्दिक नमन जाहेर गर्न चाहन्छु साथै व्यवसायीका हकहितमा अहोरात्र खटि यस संघको उत्तरोत्तर प्रगति र उन्नतीमा साथ दिनु हुने, सुझाव र रायसल्लाह प्रदान गर्नुहुने, स्वदेशी तथा विदेशी संस्था, शुभचिन्तक, आजीवन सदस्यज्यूहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

सम्बन्धित समाचार

अमेरिका र भारतमा प्रतिबन्ध टिकटक अकाउन्ट प्रधानमन्त्री ओलीले खोले
अमेरिका र भारतमा प्रतिबन्ध टिकटक अकाउन्ट प्रधानमन्त्री ओलीले खोले
  • २०७६ आश्विन १३, ०८: ०८: ३३

नयाँ विकल्प, काठमाडौं – मित्रराष्ट्र भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले भने एकाउन्ट...

कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
  • २०७६ आश्विन १३, ०८: ०८: ३३

तीनपाटन गाउँपालिकालाई कोरोनाले कत्तिको पिरोलो त ?कोरोनाले नेपाललाई मात्रै नभएर विश्वलाई नै प्रताडित बनाएको छ । त्यसमा तीनपाट गाउँपालिका अछुतो रहने...

भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
  • २०७६ आश्विन १३, ०८: ०८: ३३

नयाँ विकल्प चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ । सोमबार महानगरपालिकाको वडा...

भर्खरै

TOP