काठमाडौं । हालै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको छ । उक्त भ्रमणको क्रममा चीनका राष्ट्रपति सी जिनपिङले नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’
उक्त खबर चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले सोही दिन प्रकाशित गरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सोमबारसम्म चर्चा चलिहरेको छ । सिन्ह्वाका अनुसार सी जिनपिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए ।
शी जिनपिंगको नेपाल भ्रमणले चीन र नेपालबीचको मित्रतालाई अझ गाढा बनाएको छ । भ्रमणका क्रममा दुवै देशबीच कयौँ दुई पक्षीय सम्झौताहरु भएका छन् । नेपालले पनि वन चाइना पोलिसीमा प्रतिबद्धता जनाएको छ ।
सी जिनपिंगलाई बिदाई गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको ट्वीटरमा उल्लेख गरेका थिए । नेपालले चीनको महत्वकांक्षी परियोजना वन बेल्ट वन रोडको पनि समर्थन गरेको छ । सीको भ्रमणका क्रममा चीन र नेपालबीच २० सम्झौतामा हस्ताक्षर भएको थियो ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...