काठमाडौं । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गर्नुभएको छ । उक्त भेटपछि म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीलाई बिदाई गर्नका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्धिपक्षीय भेटवार्तासँगै म्यानमारका स्टेट काउन्सलर आङसान सुकीसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो कात्तिक ६ गते बेलुका साढे ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नयाँ बिकल्प,काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएपनि...
काठमाडौं । काठमाडौं कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले जिल्ला ललितपुर सानेपा स्थित MI सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको...
नयाँ बिकल्प,काठमाडौं । सरकार र विप्लव समूहबीच तीन बुुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा प्रवेस गरेको अर्धभूमिगत दल नेपाल कम्युनिष्ट पार्टी...