November 28, 2020, Saturday

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमुलक

नेपाल सरकार र राष्ट्रपतिको लापरवाहीका घटना लज्जाजनक

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिने राजकिय भ्रमण ऐतिहासिक र महत्वपूर्णरुपमा नेपाली जनताले लिएका छन् । शनिवार भारतको भ्रमण गरी नेपाल आएका सी आइतबार नेपालबाट चीन पुगेका थिए ।

चिनियाँ राष्ट्रपतिको भ्रमण २३ वर्षपछि भएकाले पनि यसलाई ऐतिहासिक मानिएको हो । भ्रमणको समयमा नेपाल सरकारसँग राष्ट्रपति सीले राजधानीको टोखादेखि नुवाकोटको छहरेसम्म चार किलोमिटर लामो र रसुवाको वेत्रावतीदेखि स्याफ्रुबेँसीसम्मको करिव २४ किलोमिटर लामो सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न समझदारी पत्रमा हस्ताक्षर लगायतका २० वटा परियोजनाका विषयमा सहमति र सम्झौता भएको छ ।

सीको नेपाल भ्रमणको आलोचना खास कुनै राजनीतिक दल, शक्ति वा समूहबाट भएन तर नेपाल सरकारको तयारी, भूमिका र राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि र क्रियाकलापको सर्बत्र आलोचना र टिप्पणी भए । नेपाली जनताको आस्था र संस्थाको रुपमा राष्ट्रपति भण्डारीको आलोचना हुनुलाई कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुले नमिठो दृष्टान्तको रुपमा लिएका छन् । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने हर्कत विभिन्न ठाउँबाट भइरहँदा राष्ट्रपति भण्डारीमाथि हरेक क्रियाकलापमाथि भएको टिप्पणी र आलोचनाले व्यवस्था र सरकारलाई नै कमजोर बनाउँदै लगेको घटनाबाट भने परिवर्तनका पक्षधर दल र शक्तिले चिन्ता लिन थालेका छन् ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा, बरिष्ठ उपाध्यक्ष प्रधानको प्यानल बलियो
  • २०७६ कार्तिक ३, १२: ५६: ३२

नयाँ बिकल्प, काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।...

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई  राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीलाई राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ कार्तिक ३, १२: ५६: ३२

नयाँ विकल्प, काठमाडाैं-ट्रान्परेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ कार्तिक ३, १२: ५६: ३२

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

भर्खरै

TOP