November 24, 2020, Tuesday

कर्मचारीहरु राष्ट्र र समाजप्रति इमान्दार छैनन्, यो नै ठुलो समस्या हो

डा. चन्द्र भण्डारी
नेता, नेपाली काँग्रेस

नेपाली कांग्रेसका नेता तथा कांग्रेस केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी पार्टी भित्र बैद्धिक र खरो स्वभावका नेताको रुपमा चिनिन्छन् । बेथिति, कुसंस्कार, ढिलासुस्तीप्रति असन्तोष ब्यक्त गर्ने भण्डारी पार्टी भित्र सदावहार प्रतिपक्षीको भूमिकामा रहेका छन् ।

चित्त नबुझेको विषयमा पार्टी नेतृत्वदेखि विपक्षी पार्टीका नेता र नीति विरुद्ध खरो उत्रने भण्डारी अखण्ड लुम्विनी अञ्चलको पक्षमा लागेका अभियन्ता पनि हुन् । १५ बर्षको कलिलै उमेरमा विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका भण्डारी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री पनि हुन् ।

युवा नेताको काँधमा पार्टीको जिम्मेवारी आउनु पर्ने पक्षमा वकालत गर्दै आएका भण्डारी आगामी महाधिवेशनमा संस्थापनइत्तरको पक्षबाट उपसभापतिको आकांक्षीको रुपमा समेत देखिएका छन् । पार्टी भित्रको गुट र उपगुट परिवर्तन गरिरहेने र असहमतिको विषयमा तत्काल प्रतिक्रिया र आलोचना गर्ने स्वभाव भएका डा. चन्द्र भण्डारीसँग विशेष संवाददाताले गरेको कुराकानीको सम्पादित अंश

अहिलेको अवस्थामा देशको राजनीतिक गति कसरी अगाडि बढ्ला र देशले विकास र समृद्धिको दिशामा कहिले फड्को मार्ला ?
देशको राजनीतिक गति त नेपालमा विभिन्न देशका राष्ट्र प्रमुखहरु, दोस्रो तहका नेताहरु र नेपालको विकास र समृद्धिका लागि गरिने कामहरुमा नेपालका राजनीतिक दलका नेताहरुका समान दृष्टिकोण र समान योजना आएको देखिन्छ । तपाईले विकास र समृद्धिको कुरा उठाइ रहनु भएको छ । यो राम्रो पक्ष हो । हाम्रो मुख्य समस्या भनेकै योजना बनाउन सक्छौं, हाम्रा दृष्टिकोणहरु राख्न सक्छौं, हामी विश्लेषण गर्न सक्छौं ।

तर त्यसलाई कार्यान्वयन गर्न सक्ने स्ट्रक्चर हामीसँग छैन । हाम्रो कर्मचारीतन्त्रले हामीले गराएको योजनालाई कार्यान्वयन गर्न सक्दैनन् । काम नै गर्न सक्दैनन् । त्यो कार्यान्वयन गर्ने जरा अत्यन्त कम छ । यिनीहरु इमान्दार छैनन् । यिनीहरु राष्ट्रप्रति, समाजप्रति इमान्दार छैनन्, यही नै हाम्रो देशको ठुलो समस्या हो ।

देशको प्रगति र उन्नतिको लागि सत्तापक्ष र प्रतिपक्षबीच एकता, सहकार्य र सहमति होस् भन्ने नेपाली जनताको चाहना हो तर तपाईहरु मिल्न सक्नुहुन्न किन ?
यो कुनै समस्या होइन । चीनको राष्ट्रपति नेपाल भ्रमण आउँदा तपाईले देख्नुभएकै होला । राष्ट्रपति र प्रतिपक्षी नेताहरुको र अरु समस्त नेपालीहरुको भावना देख्नुभयो । कति सम्मान गरे ? कसरी आफ्ना विचारहरु राखे ? न त्यति धेरै फरक नै देखियो ।

केही दिन अघि कम्युनिष्ट पार्टीको चियापानमा बोलेको कुरा तपाई आफै प्रस्तुत गर्नुभयो । हामीसँग कमजोर भनेको मेकानिज्म हो । यो भ्रष्ट छ । राष्ट्रप्रति इमान्दार छैन । त्यसलाई हामीले सच्याउनुप¥यो । त्यो मेकानिज्मको पैसामा राजनीतिक नेताहरु लालायित हुनु भएन । तपाई थानकोटको सडकदेखि लिएर बौद्धको सडक हेर्नुस ।

महाराजगञ्जतिर जाने सडक हेर्नुस, त्यो किन बनेन् ? मेलम्ची खानेपानी किन आएन ? यस्ता कुराहरुलाई तपाईले हेर्न सक्नुहुन्छ । दोस्रो कुरा हामीले तीस वर्ष अगाडि नै सिद्धबाबा सुरुङ्ग, बुटवल, पाल्पा, गुल्मी जाने हामीले बजेटमा ल्याएका थियौं । अहिलेसम्म कार्यान्वयनमा किन भएन ? यि सबै कुराहरुलाई लिएर हेर्दा हामीले क्षमताको अभ्यास, विकास गर्न आवश्यक छ भन्ने कुरा मलाई लाग्छ ।

तर हाम्रो देशमा समयमा काम हुँदैन, जनताको भावना अनुसार नेताले काम गर्दैनन् र अहिले माननीयहरु बिबाद र काण्डमा परेका छन्, यसलाई के भन्नुहुन्छ ?
हाम्रो देशमा संस्थागत रुपमा नै भ्रष्टाचार मौलाउँदै गएको छ । यिनीहरुलाई कारवाही गर्नुप¥यो । कारवाही ठुलाबाट गर्नुप¥यो । जस्तै ः सभामुख काण्ड आयो ।

सभामुखले उत्तिबेला नै पदबाट राजिनामा दिनुपर्ने हो । सभासद्बाट राजीनामा दिनुपर्ने हो, पार्टीको नेताहरुले गर्छन भने उत्तिखेरै थानकोटको सडक र बौद्धको सडक बनाउने कुरामा तुरुन्तै कारवाही गर्नुपर्छ भन्ने निर्णय किन गर्दैनन् ? बिसौं वर्षसम्म सँगै हिँडेको साथीलाई बिदाई गर्न सक्ने ।

हिजो भेट भएको व्यक्ति खर्बौ कमाएको छ र त्यसले देशलाई अस्तव्यस्त बनाएको छ भने त्यसलाई तुरुन्तै कारवाही गर भनेर किन गर्दैनन् ? यहि कुरामा सबैभन्दा ठूलो खोट छ ।

तर प्रधानमन्त्रीले आँखा खोलेर हेरेमा विकास धेरै भएको देख्न सकिने प्रतिक्रिया दिनुभएको छ नि ?
प्रधानमन्त्रीले इच्छाशक्ति राख्नु, विकासको कुरा राख्नु, भारत र चीनसँग सम्बन्ध राख्दा मैले विकास गराउँदै जान्छु भन्नु यि अत्यन्तै राम्रा पक्षहरु हुन् । तर उहाँले के देख्नुपर्छ भने हिजोको योजनाहरुमा जति पैसा जान्थ्यो । अहिले हामीसँग जादैनन् ।

हिजोभन्दा आज नाम परिवर्तन भएको र विकास रेट अत्यन्तै कम भएको छ भन्ने कुरा प्रधानमन्त्रीले बुझ्नुपर्छ । विकास हुन सकेको छैन । नेपाली समाजबाट आफुभन्दा ठुलालाई तपाई किन नभन्ने ? भन्ने कुरामा पनि विवाद छ । त्यस्तै विकासमा पनि आफ्नो समाजको वनावट, आफ्नो भू–वनोट अनुसार विकास हुन्छ । तपाईले तिमी नभनेर तपाई भन्न प्रधानमन्त्रीले भन्नुभयो भनेर भन्नुभयो । त्यो किनभने नेपाली समाज अनुसार आफ्ना बाबु–आमालाई तपाई भन्नुपर्छ । लोकराज बरालले के भन्नुभयो भने मैले तिमी भनेको थिएँ तर मलाई पनि अप्ठ्यारो लाग्यो । मेरो किताबमा तपार्इं भनेको थियो ।

यसले गर्दा मलाई पनि अप्ठ्यारो लाग्यो । तपाई भन्नुपर्छ आफुभन्दा ठुलालाई त्यो भनेको के हो भने नेपाली संस्कार र संस्कृति हो । नेपाली समाज हो । त्यसैले नेपालको विकास गर्नलाई यही समाज संस्कृति र भू–वनोट जोडिन्छ ।

त्यसो भए अब सबैले लेख्दा तपाई शब्द प्रयोग गर्नुपर्छ मिडियाले भन्न खोज्नु भएको हो त ?
तपाई शब्द प्रयोग गर्नुपर्छ भनेर मैले भनेको भन्दा तपाईले नै त्यो विषयको बहस गराउनु भएको छ । त्यो अत्यन्तै राम्रो हो । लोकराजले के भन्नुभयो भन्दा नेपालको समाज संस्कृति अनुसार आफुभन्दा ठुलालाई आदर गर्ने यही नै नेपालको संस्कृति हो ।

पाहुनालाई सम्मान गर्ने, समाजलाई सम्मान गर्ने । त्यो शब्द अत्यन्त राम्रो हो । त्यसैले देशको विकास पनि भू–वनोट अनुसार विकास गर्नुपर्छ । अहिले उच्छृङ्खलता बढ्यो । अरुको भरिया बन्ने । शब्द पनि अरुका विकास पनि अरुका, नेपालमा के आवश्यकता छ ? नेपाली समाजमा सम्मानको के आवश्यकता छ भन्ने कुरा नबुझ्ने फटिचरको हातमा नेपाल जाँदाखेरी जुन स्थिति आएको हो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल कि असफल ? के लाग्छ तपाईलाई ?
चिनियाँ राष्ट्रपति २३ वर्षपछि नेपालमा आउनुनै सबैभन्दा राम्रो कुरा हो । त्यसलाई हामीले अनर्थ लिन सक्दैनौं । पञ्चायतको बेलामा अमेरिकन उपराष्ट्रपतिदेखि चिनियाँदेखी सब परराष्ट्र प्रमुख आउने गर्दथे । विदेशका ठुला प्रमुखहरु नेपालमा आउनु राम्रो कुरा हो । उहाँहरुसित विकासका निम्ति सरसल्लाह गर्नु राम्रो कुरा हो ।

तर नेपाललाई तल पारेर होइन की नेपाललाई माथी पार्ने कुराहरु हुन् । जहाँसम्म चीनको राष्ट्रपतिले नेपालमा आएर आफ्ना कुराहरु राख्नुभयो । नेपाल पहिलो प्रतिपक्षी नेतासँग बसेर कुरा गर्नुभयो, त्यो अत्यन्त सफल हो । राम्रो हो । तर अब यसलाई कार्यान्वयन हामीले गर्नुप¥यो । कार्यान्वयन गर्ने मेकानिज्म हामीले बनाउनुप¥यो ।

नेपालको पहुँच समुन्द्रसम्म पुग्यो, भू–परिवेष्ठित राष्ट्र नेपाल रहेन भनेर चिनियाँ राष्ट्रपतिले भन्नुभयो नि तपाई के भन्नुहुन्छ ?
उहाँले उद्देश्य राख्नुभयो, बनाउँछु भन्नुभयो । यो बनाउनलाई समय लाग्छ । यसकानिम्ति नेपाल सरकार पनि लाग्नुपर्छ । उहाले भन्नुभयो हामी बनाइदिन्छौं, हामी बोल्ने मात्र होइन बोलेका कुरा पुरा गर्छौ भनेर नेपालीलाई पनि सिकाउनुभयो । कम्युनिष्ट पार्टीका नेतालाई के पनि भन्नुभयो भने तिमी साधारण बन ।

जनताप्रति उत्तरदायी बन, तिम्रो पार्टीलाई बनाउ भन्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रपतिलाई थाहा रैछ नि त नेपालका कम्युनिष्ट पार्टीका नेता भ्रष्ट छन् । तडक–भडकमा बाँच्छन् भनेर नै यो प्रश्न आएको हो । ठुलो थप्पड दिनुभएको छ, सरकारमा बस्ने मान्छेहरुलाई । त्यसकारणले यो कुरा कम्युनिष्ट पार्टीको वर्तमान सरकारले बुझ्नुपर्छ भन्ने कुरा हो ।

नेपाली काँग्रेसभित्र छलफल हुन सकेको छैन, कार्यसम्पादन समिति गठन किन हुन सकेको छैन ?
नेपाली काँग्रेसको विधानले दिएको अवधी अवको तीन, चार महिनाभित्र सकिन्छ । अवधी सकिएपछि सभापतिले एकवर्ष म्याद थप्दै हुनुहुन्छ । विधानमा म्याद थप्ने अधिकार पनि छ । तर उहाँले किन म्याद थप्ने भन्ने कुरामा जस्टिफाई गर्नुपर्छ । उहाँलाई कार्यसम्पादन समिति, विभाग र अन्य निकायको गठन गर्न कसैले रोकेको छैन् । सुशील कोइराला पनि सभापति हुँदा पार्टीको केन्द्रीय कार्य समितिको म्याद थप्नु भएको थियो । तर उहाँले त्यसको जष्टिफाई गर्नु भएको थियो ।

गि सत्तापक्ष र प्रतिपक्षबीच एकता, सहकार्य र सहमति होस् भन्ने नेपाली जनताको चाहना हो तर तपाईहरु मिल्न सक्नुहुन्न किन ?
यो कुनै समस्या होइन । चीनको राष्ट्रपति नेपाल भ्रमण आउँदा तपाईले देख्नुभएकै होला । राष्ट्रपति र प्रतिपक्षी नेताहरुको र अरु समस्त नेपालीहरुको भावना देख्नुभयो । कति सम्मान गरे ? कसरी आफ्ना विचारहरु राखे ? न त्यति धेरै फरक नै देखियो । केही दिन अघि कम्युनिष्ट पार्टीको चियापानमा बोलेको कुरा तपाई आफै प्रस्तुत गर्नुभयो । हामीसँग कमजोर भनेको मेकानिज्म हो । यो भ्रष्ट छ । राष्ट्रप्रति इमान्दार छैन ।

त्यसलाई हामीले सच्याउनुप¥यो । त्यो मेकानिज्मको पैसामा राजनीतिक नेताहरु लालायित हुनु भएन । तपाई थानकोटको सडकदेखि लिएर बौद्धको सडक हेर्नुस । महाराजगञ्जतिर जाने सडक हेर्नुस, त्यो किन बनेन् ? मेलम्ची खानेपानी किन आएन ? यस्ता कुराहरुलाई तपाईले हेर्न सक्नुहुन्छ । दोस्रो कुरा हामीले तीस वर्ष अगाडि नै सिद्धबाबा सुरुङ्ग, बुटवल, पाल्पा, गुल्मी जाने हामीले बजेटमा ल्याएका थियौं । अहिलेसम्म कार्यान्वयनमा किन भएन ? यि सबै कुराहरुलाई लिएर हेर्दा हामीले क्षमताको अभ्यास, विकास गर्न आवश्यक छ भन्ने कुरा मलाई लाग्छ ।

तर हाम्रो देशमा समयमा काम हुँदैन, जनताको भावना अनुसार नेताले काम गर्दैनन् र अहिले माननीयहरु बिबाद र काण्डमा परेका छन्, यसलाई के भन्नुहुन्छ ?
हाम्रो देशमा संस्थागत रुपमा नै भ्रष्टाचार मौलाउँदै गएको छ । यिनीहरुलाई कारवाही गर्नुप¥यो । कारवाही ठुलाबाट गर्नुप¥यो ।

जस्तै ः सभामुख काण्ड आयो । सभामुखले उत्तिबेला नै पदबाट राजिनामा दिनुपर्ने हो । सभासद्बाट राजीनामा दिनुपर्ने हो, पार्टीको नेताहरुले गर्छन भने उत्तिखेरै थानकोटको सडक र बौद्धको सडक बनाउने कुरामा तुरुन्तै कारवाही गर्नुपर्छ भन्ने निर्णय किन गर्दैनन् ? बिसौं वर्षसम्म सँगै हिँडेको साथीलाई बिदाई गर्न सक्ने । हिजो भेट भएको व्यक्ति खर्बौ कमाएको छ र त्यसले देशलाई अस्तव्यस्त बनाएको छ भने त्यसलाई तुरुन्तै कारवाही गर भनेर किन गर्दैनन् ? यहि कुरामा सबैभन्दा ठूलो खोट छ ।

तर प्रधानमन्त्रीले आँखा खोलेर हेरेमा विकास धेरै भएको देख्न सकिने प्रतिक्रिया दिनुभएको छ नि ?
प्रधानमन्त्रीले इच्छाशक्ति राख्नु, विकासको कुरा राख्नु, भारत र चीनसँग सम्बन्ध राख्दा मैले विकास गराउँदै जान्छु भन्नु यि अत्यन्तै राम्रा पक्षहरु हुन् । तर उहाँले के देख्नुपर्छ भने हिजोको योजनाहरुमा जति पैसा जान्थ्यो । अहिले हामीसँग जादैनन् । हिजोभन्दा आज नाम परिवर्तन भएको र विकास रेट अत्यन्तै कम भएको छ भन्ने कुरा प्रधानमन्त्रीले बुझ्नुपर्छ । विकास हुन सकेको छैन । नेपाली समाजबाट आफुभन्दा ठुलालाई तपाई किन नभन्ने ? भन्ने कुरामा पनि विवाद छ ।

त्यस्तै विकासमा पनि आफ्नो समाजको वनावट, आफ्नो भू–वनोट अनुसार विकास हुन्छ । तपाईले तिमी नभनेर तपाई भन्न प्रधानमन्त्रीले भन्नुभयो भनेर भन्नुभयो । त्यो किनभने नेपाली समाज अनुसार आफ्ना बाबु–आमालाई तपाई भन्नुपर्छ । लोकराज बरालले के भन्नुभयो भने मैले तिमी भनेको थिएँ तर मलाई पनि अप्ठ्यारो लाग्यो । मेरो किताबमा तपार्इं भनेको थियो । यसले गर्दा मलाई पनि अप्ठ्यारो लाग्यो । तपाई भन्नुपर्छ आफुभन्दा ठुलालाई त्यो भनेको के हो भने नेपाली संस्कार र संस्कृति हो । नेपाली समाज हो । त्यसैले नेपालको विकास गर्नलाई यही समाज संस्कृति र भू–वनोट जोडिन्छ ।

त्यसो भए अब सबैले लेख्दा तपाई शब्द प्रयोग गर्नुपर्छ मिडियाले भन्न खोज्नु भएको हो त ?
तपाई शब्द प्रयोग गर्नुपर्छ भनेर मैले भनेको भन्दा तपाईले नै त्यो विषयको बहस गराउनु भएको छ । त्यो अत्यन्तै राम्रो हो । लोकराजले के भन्नुभयो भन्दा नेपालको समाज संस्कृति अनुसार आफुभन्दा ठुलालाई आदर गर्ने यही नै नेपालको संस्कृति हो ।

पाहुनालाई सम्मान गर्ने, समाजलाई सम्मान गर्ने । त्यो शब्द अत्यन्त राम्रो हो । त्यसैले देशको विकास पनि भू–वनोट अनुसार विकास गर्नुपर्छ । अहिले उच्छृङ्खलता बढ्यो । अरुको भरिया बन्ने । शब्द पनि अरुका विकास पनि अरुका, नेपालमा के आवश्यकता छ ? नेपाली समाजमा सम्मानको के आवश्यकता छ भन्ने कुरा नबुझ्ने फटिचरको हातमा नेपाल जाँदाखेरी जुन स्थिति आएको हो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल कि असफल ? के लाग्छ तपाईलाई ?
चिनियाँ राष्ट्रपति २३ वर्षपछि नेपालमा आउनुनै सबैभन्दा राम्रो कुरा हो । त्यसलाई हामीले अनर्थ लिन सक्दैनौं । पञ्चायतको बेलामा अमेरिकन उपराष्ट्रपतिदेखि चिनियाँदेखी सब परराष्ट्र प्रमुख आउने गर्दथे । विदेशका ठुला प्रमुखहरु नेपालमा आउनु राम्रो कुरा हो । उहाँहरुसित विकासका निम्ति सरसल्लाह गर्नु राम्रो कुरा हो ।

तर नेपाललाई तल पारेर होइन की नेपाललाई माथी पार्ने कुराहरु हुन् । जहाँसम्म चीनको राष्ट्रपतिले नेपालमा आएर आफ्ना कुराहरु राख्नुभयो । नेपाल पहिलो प्रतिपक्षी नेतासँग बसेर कुरा गर्नुभयो, त्यो अत्यन्त सफल हो । राम्रो हो । तर अब यसलाई कार्यान्वयन हामीले गर्नुप¥यो । कार्यान्वयन गर्ने मेकानिज्म हामीले बनाउनुप¥यो ।

नेपालको पहुँच समुन्द्रसम्म पुग्यो, भू–परिवेष्ठित राष्ट्र नेपाल रहेन भनेर चिनियाँ राष्ट्रपतिले भन्नुभयो नि तपाई के भन्नुहुन्छ ?
उहाँले उद्देश्य राख्नुभयो, बनाउँछु भन्नुभयो । यो बनाउनलाई समय लाग्छ । यसकानिम्ति नेपाल सरकार पनि लाग्नुपर्छ । उहाले भन्नुभयो हामी बनाइदिन्छौं, हामी बोल्ने मात्र होइन बोलेका कुरा पुरा गर्छौ भनेर नेपालीलाई पनि सिकाउनुभयो । कम्युनिष्ट पार्टीका नेतालाई के पनि भन्नुभयो भने तिमी साधारण बन ।

जनताप्रति उत्तरदायी बन, तिम्रो पार्टीलाई बनाउ भन्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रपतिलाई थाहा रैछ नि त नेपालका कम्युनिष्ट पार्टीका नेता भ्रष्ट छन् । तडक–भडकमा बाँच्छन् भनेर नै यो प्रश्न आएको हो । ठुलो थप्पड दिनुभएको छ, सरकारमा बस्ने मान्छेहरुलाई । त्यसकारणले यो कुरा कम्युनिष्ट पार्टीको वर्तमान सरकारले बुझ्नुपर्छ भन्ने कुरा हो ।

नेपाली काँग्रेसभित्र छलफल हुन सकेको छैन, कार्यसम्पादन समिति गठन किन हुन सकेको छैन ?
नेपाली काँग्रेसको विधानले दिएको अवधी अवको तीन, चार महिनाभित्र सकिन्छ । अवधी सकिएपछि सभापतिले एकवर्ष म्याद थप्दै हुनुहुन्छ । विधानमा म्याद थप्ने अधिकार पनि छ । तर उहाँले किन म्याद थप्ने भन्ने कुरामा जस्टिफाई गर्नुपर्छ । उहाँलाई कार्यसम्पादन समिति, विभाग र अन्य निकायको गठन गर्न कसैले रोकेको छैन् । सुशील कोइराला पनि सभापति हुँदा पार्टीको केन्द्रीय कार्य समितिको म्याद थप्नु भएको थियो । तर उहाँले त्यसको जष्टिफाई गर्नु भएको थियो ।

सम्बन्धित समाचार

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
  • २०७६ कार्तिक ७, ०९: ३६: ४३

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान...

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
  • २०७६ कार्तिक ७, ०९: ३६: ४३

मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित...

शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
  • २०७६ कार्तिक ७, ०९: ३६: ४३

झापा–शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि...

भर्खरै

TOP