March 4, 2021, Thursday

महराले सांसद सदस्यबाट राजिनामा नदिने

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूले कुनै पनि हालतमा सांसद सदस्य पदबाट राजिनामा नदिने अडान राखेका छन् ।

उनले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् ।

नेकपाको असोज १४ गते प्रधामनमन्त्री निवास वालुवाटारमा वसेको सचिवालय बैठकले घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्नै बैधानिक आधार भने छैन ।
उनले आफूले किन संसद सदस्यबाट राजिनामा दिनु पर्यो भन्दै आफू अहिले नेकपामा नरहेको भन्दै पार्टीको सुझाव मान्न आफू बाध्य नहुने तर्क गरेका छन् ।

महराको भनाईलाई समर्थन गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि सांसद पदबाट राजिनामा दिने वा नदिने विषय महराको इच्छामा भर पर्ने भन्दै पार्टीको निर्देशन बाध्यकारी नभएको जिकिर गरेका थिए । महरा पक्राउ परेको १२ दिनसम्म पनि उनको बयान लिन प्रहरीले केको छैन । स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आएका छन् । सरकारी अस्पतालमा छोडेर निजी तर महङ्गो अस्पताल नर्भिकमा उपचारको वाहानामा बसेका महराले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको दाबी गर्दै आएका छन् ।

चिकित्सकहरुलाई प्रभावमा पार्दै महराले अस्पताल बाहिर लैजान नमिल्ने भनेर अत्तो थापेका छन् । जसले गर्दा प्रहरीले उनीसँग घटनाको बारेमा बयान लिन सकेको छैन । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई आठ दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको अस्पतालका डाक्टरले बताएका छन् । प्रहरीले गते मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको छ ।

आठ दिनअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा महरालाई उपस्थित गराएर बयान लिने प्रयास गरेको थियो । बयान सुरु गरेसँगै उच्च रक्तचापको समस्या बढेपछि उनलाई तुरुन्तै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

दसैंपछि मंगलबार अदालत खुलेपछि बयान लिने तयारी भएको थियो । तर उनले बारम्बार स्वास्थ्य ठिक नभएको दाबी गर्दै आएका छन् । लगातार २५ दिनसम्म अस्वस्थताका कारण बयान टार्न सकेमा अभियोग नलाइए वाहिर निस्कने दाउमा महरा छन् । प्रहरीले कसैलाई पनि मुद्धा चलाउनुअघि पुर्पक्षको लागि बढीमा २५ दिनसम्म हिरासतमा राख्ने कानूनी प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीलाई कारबाही गरिकाे पत्र संसद सचिवालय पेश
प्रधानमन्त्री ओलीलाई कारबाही गरिकाे पत्र संसद सचिवालय पेश
  • २०७६ कार्तिक ७, ०९: ५३: ५५

नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...

सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक
सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक
  • २०७६ कार्तिक ७, ०९: ५३: ५५

नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...

जेब्रा क्रसिङमा सवारीले ठक्कर दिएर विद्यार्थी मारेको भन्दै कोटेश्वरमा बिरोध प्रदर्शन
जेब्रा क्रसिङमा सवारीले ठक्कर दिएर विद्यार्थी मारेको भन्दै कोटेश्वरमा बिरोध प्रदर्शन
  • २०७६ कार्तिक ७, ०९: ५३: ५५

नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...

भर्खरै

TOP