काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको भन्दा एक सय ११ मत बढी ल्याएर पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।
उनले एक हजार एक सय ८१ मत प्राप्त गरेका थिए भने आचार्यले एक हजार ७० मत ल्याएका थिए । एनआरएनएको महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।
एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म भएको थियो । मतदाताको विषयलाई लिएर बिबाद उत्पन्न हुँदा महाधिवेशनको समय एक दिन थप गरिएको थियो । विद्युतीय मेसिनबाट मतदान गर्ने विषयमा विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा थिए । अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...