November 24, 2020, Tuesday

फौजदारी अभियोग लाग्न थालेपछि नेकपा भित्रै कलह

आधा दर्जन माननीय जेलदेखि हिरासतसम्म

काठमाडौं । सत्तारुढ नेकपाभित्र आप्mना जनप्रतिनिधिहरु एकपछि अर्को गर्दै फौजदारी अभियोगमा प्रहरी हिरासत पर्न थालेपछि सत्तारुढ नेकपा भित्र कलह शुरु भएको छ ।

संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि गत असोज १३ गते यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेदेखि बहालवाला सांसदमाथिको गिरफ्तारीलाई प्रहरीले अभियानकै रुपमा अघि बढाएको छ ।

जनप्रहरीले महरापछि तीन जना सांसदलाई फौजदारी अभियोगमा पक्राउ गरेसँगै प्रहरीको सक्रियता देखिन थालेको छ । जनताबाट प्रत्यक्ष निर्वाचित सांसदहरु एकपछि अर्को अभियोगमा गिरफ्तार हुन थालेपछि सांसदहरु सार्वजनिकस्थल र समारोहमा समेत सहभागि हुन हिच्किचाउन थालेका छन् ।

तत्कालिन नेकपा माओवादीको तर्फबाट दाङबाट निर्वाचित महरा पक्राउ परेको एक साता नवित्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम प्रक्राउ परेका छन् । प्रहरीले असोज २६ गते रौतहटको राजपुर फरहदवाबाटै पक्राउ गरेको थियो । आलममाथि २०७४ साल चैत २७ रौतहटमा भएको बम विस्फोटनमा परी घाइते भएकालाई इँटाभट्टामा जिउँदै जलाएको आरोप छ ।

त्यस लगत्तै प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई समेत प्रहरीले जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा पक्राउ गरिएको थियो । उनलाई गत असोज २७ गते बुद्ध एयरको काउण्टर तोडफोड गरेको अरोपमा असोज २८ गते प्रहरीले त्रिभुवन विमानस्थलको अन्तरिक टर्मिनल भवनबाट गिरफ्तार गरेपनि उनलाई साधरण तारिखमा अदालतले छोडि सकेको छ ।

यसैगरी प्रहरीले असोज ८ गते दोलखाका सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङमाथि समेत ज्यान मार्ने उद्योगमा पक्राउ गर्ने तयारी गरेको थियो । उनलाई अदालतले वारेन्ट जारी गरेपछि सत्तारुढ नेकपाभित्रै बिबाद उत्पन्न भएको छ । सांसद गुरुङमाथि वीरध्वज खड्कालाई हत्या गर्ने प्रयास गरेको आरोप छ । २०७४ साल बैशाखमा वीरध्वज खड्कालाई कुलबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले खोजी गरिरहेको बेला दोलखाकै स्थानीयबासीले चावहिलमा देखेर नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको सांसद गुरुङले दाबी गरेका छन् ।

तर, सांसद गुरुङले दोलखाका माओवादी नेता वीरध्वज खड्काको हत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन् । माओवादी नेता खड्कामाथि कुलबहादुर तामाङको हत्या गरेको अभियोग लागेका तत्कालिन नेकपा एमाले पक्षधर नेताहरुको दाबी छ ।

सांसद गुरुङमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गर्न महानगरीय प्रहरी बृत्त गौशालाले नमानेपछि महानगरीय प्रहरी परिसर ललितपुरमा सो मुद्धा दर्ता गरिएको थियो । अदालतले वारेण्ट जारी गरेको दिनदेखि ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको थियो । हिजो नै सांसद गुरुङ अदालतमा हाजिर भइसकेका छन् ।

दोलखाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गुरुङ तत्कालिन नेकपाका नेता हुन् भने खड्का तत्कालिन माओवादी नेता हुन् । आरोप प्रमाणीत भएमा सांसद गुरुङलाई १० बर्ष जेल र एक लाख जरिवाना हुनसक्छ । सांसद गुरुङले खड्कालाई हत्याको अभियुक्त भएको दाबी गरिरहेका छन् भने खड्काले आफूलाई सांसदले मार्न खोजेको आरोप लगाएका छन् ।

यो घटनाले दोलखामा नेकपा भित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर ध्रुवीकरण शुरु भएको छ । जसको असन्तुष्टी राजनीतिक प्रतिशोधका कारण यस्तो स्थिति आएको नेकपाका नेताहरुले बताउन थालेका छन् । यता सभामुखबाट राजिनामा दिएका महरा काठमाडौं प्रहरीको निगरानीमा नर्भिक अस्पतालमा छन् ।

आलम रौतहट प्रहरीको नियन्त्रणमा छन् भने साह धनुषा प्रहरीको हिरासतबाट मुक्त भइसकेको छन् । महरालाई १३ दिन र आलमलाई ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आलम रौतहट क्षेत्र न २ बाट र साह सर्लाही क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

राजपाका सांसद रेशम चौधरी भने २०७२ सालमा टिकापुर घटनामा एक जना एसएसपी सहित आठ जनाको हत्याको अभियोग प्रमाणीत भएर हाल जेलमा सजाय भोगिरहेका छन् । उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सांसदहरु गिरफ्तारको घटनापछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल समेत असन्तुष्ट बनेका छन् । उनले पूर्वमाओवादी भएकै कारण सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट समेत राजिनामा दिन लगाउने निर्णय भएकोमा असन्तुष्टी व्यक्त गरेका हुन् ।

नेकपा सचिवालय सदस्य, स्कुल विभाग प्रमुख तथा सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलको निवास पुगेरै अध्यक्ष प्रचण्डले पार्टी र सरकारको नेतृत्वप्रति असन्तुष्टी जनाएका हुन् ।

अध्यक्ष प्रचण्डकै संरक्षण र सल्लाहका कारण महराले सभामुखबाट राजिनामा दिए पनि सांसद सदस्य पदबाट भने अझै राजिनामा दिएका छैनन् । उनले सांसद पदबाट राजिनामा दिनुपर्ने वाध्यता नभएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । उनले सभामुख हुँदै पार्टीबाट राजिनामा दिएको हुनाले महराले सांसद सदस्य पदबाट राजिनामा दिनु पर्ने तर्क गर्दै आएका छन् ।

तर तत्कालिन नेकपा एमाले पक्षधर हाल नेकपाको संसदीय दलका उपनेता समेत रहेका सुभाषचन्द्र नेम्वाङले भने पार्टी सचिवालयले गरेका निर्णयलाई सवैले कार्यान्वयन गर्नु पर्ने बताउँदै आएका छन् । यतिवेला नेकपा भित्र महराले सांसद सदस्य पदबाट राजिनामा दिनु पर्ने वा नपर्ने भन्ने विषयले बहस र बिबाद निम्त्याएको छ ।

एमाले निकटका नेताहरुले यदि महराले आफू कुनै दलमा छैन भनेर जिकिर गरिरहँदा पार्टीले उहाँ नेकपाको सदस्य नभएको भनेर संसद सचिवालय र निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्राचार गरेमा उनको सो पद स्वतः जाने दाबी गर्न थालेका छन् ।

महरालाई यौन दुव्र्यवहारको अभियोगमा पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको घटनाबाट त्रसित बनेका नेकपा भित्रका माओवादीहरुले पुरानो घटनालाई उधिन्न थालेका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा पार्वत गुरुङबिरुद्ध हत्याको अभियोगमा अदालतले बोलाउनुलाई लिन सकिन्छ ।

यता बुद्ध एयरको जनकपुरस्थित काउण्टरमा असोज २८ गते तोडफोड गरेको अभियोगमा असोज २९ गते गिरफ्तार परेका राजपा सांसद प्रमोद कुमार साह शुक्रबार नै रिहा भएका छन् । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा मंगलबार पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलाशले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएको थियो ।

गत सोमबार जनकपुर विमानस्थलमा डिले गरेको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । नागरिक उड्यन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाइ उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा दर्ता गराएको थियो ।

भियोगमा पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको घटनाबाट त्रसित बनेका नेकपा भित्रका माओवादीहरुले पुरानो घटनालाई उधिन्न थालेका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा पार्वत गुरुङबिरुद्ध हत्याको अभियोगमा अदालतले बोलाउनुलाई लिन सकिन्छ ।

यता बुद्ध एयरको जनकपुरस्थित काउण्टरमा असोज २८ गते तोडफोड गरेको अभियोगमा असोज २९ गते गिरफ्तार परेका राजपा सांसद प्रमोद कुमार साह शुक्रबार नै रिहा भएका छन् । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा मंगलबार पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलाशले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएको थियो ।

गत सोमबार जनकपुर विमानस्थलमा डिले गरेको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । नागरिक उड्यन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाइ उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा दर्ता गराएको थियो ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ कार्तिक ७, १०: ००: २४

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ कार्तिक ७, १०: ००: २४

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ कार्तिक ७, १०: ००: २४

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP