June 19, 2021, Saturday

बलात्कारको अभियोगमा अखिल नेता इन्द्रहाङ राई पक्राउ

काठमाडौं । एक १८ बर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले मुद्धा चलाउने तयारी समेत गरिरहेको छ । आफ्ना नेता बलात्कारकोअ अभियोगमा पक्राउ परेपछि राईलाई कारबाही गरिएको रत्न राज्यलक्ष्मी क्याप्सका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले जनाएका छन् ।

स्ववियू सभापति शाहीले घटनाका बारेमा प्रहरी प्रशासनले थप अनुसन्धान गरी सत्य तथ्य वाहिर ल्याउन र पीडित पक्षलाई न्याय दिलाउनका लागि हर किसिमको सहयोग गर्न संगठन तयार रहेको भन्दै स्ववियूका कुनै पनि गतिविधिमा राईलाई संलग्न नगराईने जनाएका छन् ।

राईले गत साता कात्तिक ११ गते सोमबार साँझ रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत झापाकी किशोरीलाई गोकर्णेश्वर नगरपालिका वडा नं ६ माकलवारीमा बलात्कार गरेका थिए । उनले ति किशोरीलाई देउसी खेल्न भन्दै बोलाएर माकलबारीस्थित डेरामा लगरेर मदिरा सेवन गरी जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७६ कार्तिक १९, ०६: २५: ००

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७६ कार्तिक १९, ०६: २५: ००

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७६ कार्तिक १९, ०६: २५: ००

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP