March 4, 2021, Thursday

कुटिल नेता र गाईजात्रे चियापान !

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समितिको नाममा कात्तिक १० गते दुई वटा फरक फरक कार्यक्रम भएका छन् ।

नेपाल तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा आइतबार अध्यक्ष जीतजंग बस्नेतले नेतृत्व गरेको तरुण दलले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महामन्त्री भुपेन्द्रजंग शाहीले नेतृत्व गरेको तरुण दलले सामाखुसीस्थित स्काई पार्टी प्यालेसमा एकै समयमा कार्यक्रम गरेको थियो ।

विहान ८ बजे बस्नेत नेतृत्वको तरुण दलले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि शेरबहादुर नेउवा निर्धारित समयभन्दा २ घण्टा ढिला पुगेका थिए । सानेपामा आयोजित कार्यक्रममा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छार, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत संस्थापन पक्षका नेताहरुको उपस्थिति थियो ।

यता सामाखुसीको पार्टी प्यालेसमा आयोजित कार्यक्रममा भने नेताहरु डा. रामशरण महत, डा. शेखर कोइराला, गुरुराज घिमिरे लगायतका नेताहरुको उपस्थिति थियो । पार्टी सभापति देउवा प्रमुख अतिथिको रुपमा बोलाईएको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल आउने भनिए पनि उनी आएनन् । संस्थापनइत्तर पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र शिवप्रसाद हुमागाईं मात्र सानेपामा उपस्थित भएका थिए ।

संस्थापनइत्तरका नेताहरु भने तरुण दलका अध्यक्ष र महासचिवलेल अलग अलग स्थानमा आयोजना गरेको कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीत्रय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केवी गुरुङ कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । संस्थापन पक्षकै महामन्त्री पूर्णबहादुर खड्का, युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे भने कुनै पनि कार्यक्रममा देखिएनन् ।

कांग्रेसले गत २४ भदौदेखि आयोजना गरेको पार्टीको दोश्रो चरणको राष्ट्रिय जागरण अभियानलाई लिएर तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महामन्त्री शाहीबीच बिबाद भएको थियो । एकले अर्कोलाई आरोप लगाउँदै दुवैले एक अर्कालाई संगठनबाट निलम्वन र निस्कासन गरेका थिए । विधान बमोजिम तीन बर्षे कार्यकाल भएको तरुण दलको बस्नेत नेतृत्वको केन्द्रीय समिति चार सदस्यमा सिमित छ ।

तरुण दलमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महामन्त्री शाही र कोषाध्यक्ष विद्धान गुरुङ रहेका छन् । बस्नेत नेतृत्वको तरुण दलको कार्यकाल आगामी मंसिर ३ गते सकिदैछ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवाले बिना डर र त्रास नेपालीले बाँच्न पाउनु पर्ने भन्दै संविधानको पालना गर्ने जिम्मेवारी तरुण र बिद्यार्थीको काँधमा आएको बताएका थिए । सभापति देउवाले तरुण दलको संगठन विस्तार भएको, शसक्त र जुझारु भएको भन्दै प्रशंशा गरेका थिए ।

यसरी आफ्नो पार्टीको सशक्त भातृ संस्थाको रुपमा रहेको संस्थालाई चार जनामा सिमित राख्नु र त्यही चारै जनामध्ये पनि एकले अर्कोलाई निस्कासन गर्ने अधिकार कस्ले दियो एक पटक स्पष्टिकरण समेत नसोधी त्यस्ता चियापानमा जाने नेताले पार्टी कसरी चलाउलान् ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीलाई कारबाही गरिकाे पत्र संसद सचिवालय पेश
प्रधानमन्त्री ओलीलाई कारबाही गरिकाे पत्र संसद सचिवालय पेश
  • २०७६ कार्तिक १९, ०८: २६: ३१

नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...

सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक
सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक
  • २०७६ कार्तिक १९, ०८: २६: ३१

नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...

जेब्रा क्रसिङमा सवारीले ठक्कर दिएर विद्यार्थी मारेको भन्दै कोटेश्वरमा बिरोध प्रदर्शन
जेब्रा क्रसिङमा सवारीले ठक्कर दिएर विद्यार्थी मारेको भन्दै कोटेश्वरमा बिरोध प्रदर्शन
  • २०७६ कार्तिक १९, ०८: २६: ३१

नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...

भर्खरै

TOP