January 16, 2021, Saturday

ग्राण्डी अस्पतालले समेत जनतालाई गलत सूचना प्रवाह गर्दा

प्रधानमन्त्रीे अस्वस्थ हुँदा स्वस्थ भएको दाबी किन ?

काठमाडौं । १३ बर्षअघि भारतको एपोलो अस्पतालमा दुवै मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि पछिल्लो समय उनलाई चिकित्सकहरुले नियमित डायलासिस गर्नु नै उत्तम उपाय हुने सुझाई सकेका छन् ।

देशको कार्यकारी प्रमुखको स्वास्थ्यमा आएको समस्यालाई समेत प्रधानमन्त्रीको सचिवालय, नेपाल सरकार र ग्राण्डि इन्टरनेशनल अस्पतालले समेत लुकाउने र छिपाउने काम गर्दा प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको जानकारी आमनागरिकले पाउन सकेनन् ।

प्रधानमन्त्रीको स्वास्थ्य जस्तो संवेदनशिल बिषयलाई समेत प्रधानमन्त्रीको स्वास्थ्यको नियमित स्वास्थ्य परिक्षण गरिएको भन्दै प्रधानमन्त्रीको सचिवालय र अस्पतालले नेपाली नागरिकलाई झुटा सन्देश प्रवाह गरिहेको छ ।

रधानमन्त्रीको स्वास्थ्य जस्तो संवेदनशिल बिषयलाई समेत प्रधानमन्त्रीको स्वास्थ्यको नियमित स्वास्थ्य परिक्षण गरिएको भन्दै प्रधानमन्त्रीको सचिवालय र अस्पतालले नेपाली नागरिकलाई झुटा सन्देश प्रवाह गरिहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो पटक बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनको मृगौलाले काम गर्न छाडेको निष्कर्ष निकाल्दै अस्पतालले हेमोडायलसिस गरेको थियो । तर, ग्राण्डीका निर्देशक डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ती जारी गरी प्रधानमन्त्री नियमित स्वास्थ्य परिक्षणको लागि अस्पताल आएको बताएका थिए । बुधबार अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको मृगौलाले काम गर्न छाडेको निष्कर्ष निकालेका चिकित्सकहरुले हेमोडायलसिस गरेका थिए ।

प्रधानमन्त्री ओलीको पहिलो दिन बुधबार गरिएको डायलसिस पनि सफल हुन नसकेपछि उनको दोश्रो दिन पनि डायलसिस गरिएको थियो । विरामी भएका देशका प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको यथार्थ जानकारी नदिने प्रधानमन्त्री सचिवालय र अस्पतालको यतिवेला सर्बत्र आलोचना भइरहेको छ । प्रधानमन्त्रीलाई स्वस्थ देखाउन जोर जबर्जस्तीको भाषा प्रयोग गरेर जनतामा भ्रम पैदा गर्ने काम भएको छ ।

मंगलबारदेखि नै ज्वरो आएपछि असजिलो अनुभव गरेका प्रधानमन्त्रीलाई निजी चिकित्सक भएकी ग्राण्डी अस्पतालकै नेफ्रो विभागकी अध्यक्ष रहेकी दिव्या सिंह शाहले भोलीपल्ट बुधबार विहान सोही अस्पताल लगेकी थिइन् ।

बिहिबार प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको जानकारी लिन अस्पताल पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संचारकर्मीको जिज्ञासापछि प्रधानमन्त्री ओलीको डायलासिस गरिएको औपचारिक जानकारी दिएका थिए ।

अघिल्लो दिन प्रधानमन्त्रीको स्वाथ्य परिक्षण मात्र भएको भनेर विज्ञप्ती जारी गर्ने अस्पताल प्रशासन र प्रधानमन्त्रीकी निजी चिकित्सकको भनाईलाई दाहालले जानकारीले झुटो सावित गरेको थियो । प्रधानमन्त्री ओलीको फोक्सोमा रहेको पानी निकाल्ने र मृगौलाले काम नगरेपछि डायलासिस गरिएको घटनालाई समेत नियमित स्वास्थ्य परिक्षण भनेर चिकित्सक र प्रधानमन्त्रीको सचिवालयले समेत झूठो सूचना प्रवाह गरिएको थियो ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यको विषयलाई समेत आफ्नो परिवारको सदस्यको निजी मामला भएको झै अर्थ लगाएर स्वास्थ्यका सबै विवरण सार्वजनिक गर्न जरुरी नभएको दाबी गरेको थियो । केपी शर्मा ओली व्यक्ति मात्र नभएर देशको प्रधानमन्त्री र सार्वजनिक व्यक्तित्व भएको यथार्थलाई नजरअन्दाज गर्दै विरामी भएर थलिए झैं भएका प्रधानमन्त्रीलाई स्वस्थ भएको र नियमित काममा फर्कन सक्ने भनी झुटो सूचना प्रवाह गरेका थिए ।

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका सत्तारुढ नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र नेता भिम रावललाई समेत भेट गर्न नदिई प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका थिए । आईसीयूमा राखेर डायलासिस गरिरहेका प्रधानमन्त्रीलाई आराम गरिरहेको झुटो जानकारी अस्पतालले दिएको थियो ।

तर पछि नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको बुधबार गरिएको डायलासिस सफल नभएकोले विहीबार पनि गरिँदैछ भन्ने जानकारी दिएपछि अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मृगौलाले काम नगरेको स्वीकारेको थियो ।

विहीबार राति आठ बजे अस्पतालबाट बालुवाटार फर्किदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको जनाउँदै संचारकर्मीलाई हात हल्लाएका थिए । शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा समेत ओलीले आफ्नो स्वास्थ्य अवस्था बारेमा जानकारी गराउँदै आफू सिकिस्त नरहेको दाबी गरेका थिए ।

उनले सचिवालय सदस्यलाई समेत आफ्नो स्वास्थ्यमा केही समस्या देखिएको, नियमित डायलासिस गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वन्धि अन्यको ल्याव परिक्षण भएको र त्यसको रिपोर्ट आएपछि चिकित्सकले विश्लेषण गर्ने भएका छन् । ओलीको मृगौलाले काम गर्न छोडेपछि नियमित हेमोडायलासिस गर्ने कि मृगौलाको पुनः प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सकले कुनै सुझाव दिएका छैनन् ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत जानकारी दिएका थिए । प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएर आफू सिस्कित भएको नभई केही समस्या देखिएकाले चकित्सकहरुले परीक्षण गरिरहेको दाबी भने गर्न छाडेका छैनन ।
मृगौला प्रत्यारोपण गरेदेखि नै नियमित औषधि खाइरहेका ओली साउन १८ मा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।

साउन २७ मा स्वदेश फर्किएर पुन भदौ ५ मा सिंगापुर गएका थिए । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्मा फेरोसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी निकालिएको थियो । भदौ २० गते उपचार गरेर नेपाल फर्किएका ओलीको स्वास्थ्यमा फेरि समस्या सुरु भएपछि कात्तिक २ गते पनि ग्राण्डी अस्पताल लगिएको थियो । ओलीको मृगौला सुन्निएको पाइएपछि क्याथेटर भन्ने उपकरण राखिएको थियो । दशैंअघि पनि ओली ग्रान्डी गएका थिए ।

सात दशक उमेर पार गरिसकेका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि या त नियमित डायलसिस गर्नु पर्छ वा मृगौलाको पुनः प्रत्यारोपण । डायलसिस हप्ताको एक वा दुई पटक गर्ने गरिन्छ । सात दशक उमेर कटेका प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सहज नभएको चिकित्सकहरु बताउँछन् ।

रोग प्रतिरोधक क्षमता कमजोर भएको शरिरमा मृगौला प्रत्यारोपणलाई जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि नेपालको कानूनअनुशार आफ्नै परिवारका सदस्यको मात्र मृगौला लिन पाइन्छ । ओलीले १३ बर्ष अघि प्रत्यारोपण गरिएको मृगौला चितवन घर भएकी भाई बुहारीको हो ।

यसै अनुरुप आइतबार बिहानदेखि सचिवालयको बैठक हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालबाट टिचिङ्ग अस्पताल लगि मुटुको जाँच गरिए पश्चात् अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक क्याविनेट बैठक बोलाइएको र स्थगित हँदै पुनः बेलुकी ६ बजेको लागि सारिएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ कार्तिक १९, ०८: ३३: १२

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ कार्तिक १९, ०८: ३३: १२

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ कार्तिक १९, ०८: ३३: १२

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP