June 19, 2021, Saturday

कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयलाई आगामी १४ मंसिरमा हुने उपनिर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत भएको ठहर गरेको छ । कांग्रेसको केन्द्रीय पदाधिकारीको मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास वुढानिलकण्ठमा बसेको बैठकले सरकारको सो निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेतको घटना भन्दै बिरोध जनाएको छ ।

कांग्रेसले संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले बर्खास्त गर्नुलाई सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन नगरी अन्य विषयमा हात हाल्ने सरकारको निर्णयलाई राजनीतिक दृष्टिले पूर्वाग्रहपूर्ण भएको जनाईको छ ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७६ कार्तिक २५, ०७: १०: ००

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७६ कार्तिक २५, ०७: १०: ००

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७६ कार्तिक २५, ०७: १०: ००

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP